लकडाउन खुकुलो बनाउने सरकारको निर्णय : मोटरसाइकलमा दुई जना यात्रा गर्न नपाइने, रेस्टुरेन्टबाट प्याकिङको सुविधा
काठमाडौं । सरकारले जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।
पत्रकार सम्मेलनमा अर्थ र सञ्चारमन्त्री समेत रहेका खतिवडाले स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला गर्ने निर्णय भएको जानकारी दिए । जसअनुसार निजी क्लिनिक समेत सञ्चालन हुनेछन् ।
यसैगरी सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ भने उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको खतिवडाले बताए । तर सपिङ मल भने खोल्ने निर्णय भएको छैन ।
यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ ।
यसैगरी व्यक्तिहरुको पैदल आवागमन खुला गरिएको छ । तर भिडभाड नगर्न र सुरक्षा अपनाउन सरकारले अनुरोध गरेको छ।
यस्तै सरकारले साइकल र मोटरसाइकल चल्न दिने निर्णय गरेको छ । तर, मोटरसाइकलमा दुई जना यात्रा गर्न रोक लगाइएको छ । यस्तै काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइने छ । तर जोरबिजोरको आधारमा चल्ने सवारीसाधनमा चालकबाहेक थप २ जना मात्रै सवार हुन पाइने खतिवडाले बताए ।
यसैगरी सरकारले बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला गर्ने सरकारी निर्णय छ । यस्तै नर्सरी र बनजन्य व्यवसाय, विकास आयोजना, निजी क्षेबाट प्रवर्द्धित आयोजना पनि निर्वाध रुपमा सञ्चालित हुनेछन् भने नदीजन्य ढुवानी पनि खुला गरिएको छ।
यसैगरी रेस्टुरेन्टको क्षेत्रमा प्याकिङको माध्यमबाट सेवा लिन सकिने भएको छ ।
रेस्टुरेन्ट खोल्न पाइने भएपनि त्यहाँ ग्राहकले भिडभाड गर्न पाउने छैनन् । ग्राहकले रेस्टुरेन्टसम्म पुगेर सुरक्षितरुपमा प्याकिङको अर्डर गरेर घर तथा अफिसमा लगेर खान सक्ने सरकारको निर्णय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
-
वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
