बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउन : अझै के - के सञ्चालन गर्न पाइँदैन ?

बिहीबार, २९ जेठ २०७७, १८ : ०६
बिहीबार, २९ जेठ २०७७

काठमाडौं । सरकारले आगामी असार १ गतेबाट लकडाउन केही खुकुलो बनाएपनि केही क्षेत्रको लकडाउन भने यथावत रहेको जनाएको छ ।
 
जिमखाना, सपिग मल, समूहमा खेलिने खेलमैदान र प्रस्तुतीहरु र सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु र क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल खोल्न नपाइने प्रवक्ता सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा . युवराज खतिवडाले जानकारी दिए ।

यस्तै यात्रुबहाक सार्वजनिक सवारी साधन र काठमाडौ उपत्यकाको हकमा उपत्यका भित्र र अन्य जिल्लाको हकमा सोही सम्बन्धीत जिल्लामा मात्र जोरविजोर प्रणालीमा सञ्चालन हुने निजी सवारी साधन बाहेकका अन्य निजी सवारी साधनहरु हाल सञ्चालनमा नपाइने उनले बताए । 

तत्कालन नखुल्ने  १३ वटा क्षेत्र

शैक्षिक संस्था, विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टर र तालिम केन्द्र,

अनुमति प्राप्तबाहेक आन्तरिक र अन्तर्राष्ट्रिय उडान,

तोकिए बाहेकका अन्तराष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत,

सबै प्रकारका तालिम, गोष्ठी, सभा र सेमिनार,

सबै प्रकारका प्रदर्शन भेला र सम्मेलन,

सिनेमाहल, पार्टी प्यालेस, डान्स बार लगायतका मनोरञ्जनस्थल,

सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडियाखाना, सैलुन र ब्युटीपार्लर,

स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब,

सपिङ महल,

समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति,

सबै धार्मिक तथा सार्वजनिक स्थलहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप