बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यालय समय बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म, कर्मचारीलाई २ सिफ्टमा काम

बिहीबार, २९ जेठ २०७७, १७ : ४१
बिहीबार, २९ जेठ २०७७

काठमाडौं । अब कार्यालय बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुल्ने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सबै सरकारी तथा गैरसरकारी संस्था, शिक्षण संस्था (पठनपाठन कार्य बाहेक), निजी तथा सार्वजनिक संस्थाहरु समेतका कार्यालयहरु २ सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । 

उनका अनुसार अब पहिलो सिफ्ट बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चल्नेछ भने अर्को सिफ्ट दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म चल्नेछ । यो निर्णयले आर्थिक वर्षको अन्त्यमा हुने कामको चापलाई व्यवस्थापन गर्न सहयोग पुग्ने समेत उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप