चिरञ्जिवीलाई अन्तिम पटक अँगालो हाल्दै भक्कानिइन् गर्भवती श्रीमती मेघना, दुई वर्ष अघि मात्रै भएको थियो विवाह
चर्चित कन्नड अभिनेता चिरञ्जिवी सरजाको अन्तिम संस्कार सोमबार बेंगलुरुको कनकपुरास्थित उनको फार्महाउसमा गरियो । यसका केही फोटो र भिडियो सोसल मिडियामा सार्वजनिक भएका छन् । यसमा सरजाकी श्रीमती मेघनाले उनलाई अन्तिम विदा गरिरहेको देख्न सकिन्छ ।
पूजा पाठपछि सरजाको पार्थिक शरीरलाई गाड्नका लागि लैजाने तरखर गर्दा मेघनाले अन्तिम पटक उनलाई अँगालो हालिन् र भक्कानिएर रोइन । केहि बेरसम्म उनी सरजाको पार्थिव शरीरलाई अँगालो हालिरहिन् । त्यति नै बेला उनले श्रीमानको निधारमा चुमिन् र गालालाई हातले सुम्सुमाइन् । त्यसपछि उनका आफन्तले उनलाई सम्हाले ।
दुई वर्ष अघि भएको थियो विवाहः
दुई वर्ष अघि चिरञ्जिवीले कन्नड नायिका मेघना राजसँग विवाह गरेका थिए । तर उनी आफ्नो बच्चाको अनुहार हेर्न नपाइ संसारबाट बिदा भए । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार मेघना गर्भवती छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट प्रहरीद्वारा एकै दिनमा २१ जना फरार प्रतिवादी पक्राउ
-
अन्तिम १६ को समीकरण तयार : कसको भिडन्त कोसँग ?
-
तस्बिरमा हेर्नुहोस् निर्माणाधीन तनहुँ जलविद्युत आयोजना
-
राष्ट्रिय ज्येष्ठ नागरिक नीति २०८३ को मस्यौदा तयार, मन्त्रालयले माग्यो सर्वसाधारणसँग राय
-
१७ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
