शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चर्चित कन्नड अभिनेता चिरञ्जिवीको ३९ वर्षमा निधन

सोमबार, २६ जेठ २०७७, ०८ : १९
सोमबार, २६ जेठ २०७७

कन्नड फिल्मका चर्चित अभिनेता चिरञ्जिवी सरजाको आइतबार दिउँसो हृदयघातका कारण बेंगलुरुको एक नीजि अस्पतालमा निधन भएको छ । उनी ३९ वर्षका थिए । खबरका अनुसार उनको कोभिड–१९ परीक्षण पनि गरिएको छ जसको रिपोर्ट हाल प्राप्त भएको छैन ।

भारतीय सञ्चार माध्यमका अनुसार दिउँसो करिब १ बजे उनी फोनमा आफ्ना पितासँग कुरा गरिरहेका थिए, त्यति नै बेला उनलाई पसिना आउन थाल्यो र उनी अचानक ढले । उनलाई तत्काल अस्पताल पुर्याइयो जहाँ उनलाई मृत घोषित गरियो ।

उनको अन्तिम संस्कार सोमबार गरिने कार्यक्रम छ ।

अस्पताल बाहिर प्रशंसकको भीडः

चिरञ्जिवीको निधनको खबर फैलने बित्तिकै बेंगलुरुस्थित अपोलो अस्पताल बाहिर उनका प्रशंसकको भीड लाग्न सुरु भयो ।

२२ वटा फिल्ममा गरे कामः

फिल्मी परिवारसँग सम्बन्ध राख्ने चिरञ्जिवीले सन् २००९ मा कन्नड फिल्म ‘वायुपुत्र’ मार्फत् डेब्यू गरेका थिए । आफ्नो करियरमा उनले २२ वटा कन्नड फिल्ममा काम गरे । उनको अन्तिम रिलिज भएको फिल्म ‘शिवार्जुन’ थियो जुन लकडाउन हुनु केहि दिनअघि रिलिज भएको थियो । उनका हजुरबुवा शक्ति प्रसाद र काका अर्जुन सरजा पनि फिल्मी स्टार हुन् । यस्तै, उनका भाइ ध्रुव सरजा पनि यो क्षेत्रमा निकै सक्रिय हिरो हुन् ।

दुई वर्ष अघि भएको थियो विवाहः

चिरञ्जिवीको जन्म १७ अक्टोबर सन् १९८० मा भएको थियो । उनको विवाह दुई वर्ष अघि भएको थियो । उनले सन् २०१८ को मे २ मा कन्नड फिल्म अभिनेत्री मेघना राजसँग विवाह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप