गर्भवती छिन् अचानक मृत्यु भएका कन्नड अभिनेताकी श्रीमती, विवाहको तस्बिर एकाएक चर्चित
कन्नड फिल्मका चर्चित अभिनेता चिरञ्जिवी सर्जाको आइतबार हृदयघातका कारण निधन भयो । उनी ३९ वर्षका थिए । निधनपछि उनको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि घर पुर्याइयो । उनको अन्तिम संस्कार सोमबार दिउँसो उनको फार्म हाउसमा हुने भारतीय सञ्चार माध्यमले बताएको छ ।
चिरञ्जिवीको निधनपछि सोसल मिडियामा उनका प्रशंसकले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् । यसका साथै चिरञ्जिवि सर्जा र नायिका मेघना राजको तस्बिर पनि एकाएक चर्चित बनेको छ ।
भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार नायिका मेघना राज गर्भवती छिन् । उनको फार्महाउसबाट सार्वजनिक भएको उनको तस्बिरमा मेघनाको तस्बिर देखेर यस्तो अडकलबाजी गरिएको हो ।
यी दुईको विवाह दुई वर्ष अघि २०१८ को मे २ तारिखमा भएको थियो । यी दुईले क्याथोलिक रितिरिवाजमार्फत् विवाह गरेपछि हिन्दु रितिरिवाजमा पनि विवाह गरेका थिए । मेघना र चिरञ्जिविले १० वर्ष डेट गरेपछि विवाह गरेका थिए ।
चिरञ्जिविले फिल्मी करियरको सुरुवात वायुपुत्रमार्फत् गरेका थिए । उनको अन्तिम फिल्म शिवार्जुन थियो जसमा उनले अमृता अयंगर र अक्षता श्रीनिवाससँग मुख्य भूमिका निभाएका थिए । चिरञ्जिवीले कूल २२ फिल्ममा काम गरेका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण