थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, ७ जना निको भए
काठमाडौं । नेपालमा थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार गरिएको पीसीआर परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितमा २४, ६० र ७२ वर्षीय पुरुष रहेका छन् । योसँगै कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरुको थप विवरण खुलाइएको छैन ।
यस्तै आज थप दुईनजना गरी ७ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । डिस्चार्ज हुनेमा धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकुका ३२ वर्षीय पुरुष रहेका छन् ।
अहिलेसम्म स्वाव नमुना संकलन (पिसिआर) र ¥यापिड डाइग्नोष्टिक विधिबा गरी ४० हजार बढीको नमुना परीक्षण भएको छ । अहिलेसम्म देशभरी ४० हजार बढी परीक्षण भएका छन् । पिसिआर र ¥यापिड डाइग्नोष्टिक (आरडिटी) विधिबाट गरी ४० हजार ४ सय ३१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
पिसिआर विधिबाट ९ हजार ११ र आरडिटी विधिबाट ३१ हजार ४ सय ३० नमुना परीक्षण भएका छन् । गत २४ घण्टामा ३ हजार ७ सय ३६ परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।
सबै जिल्लामा आरडिटी विधिबाट परीक्षण भइरहेको छ । प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ३ हजार ९७, प्रदेश नम्बर २ मा ३ हजार ९ सय २५ र बाग्मती प्रदेशमा ५ हजार ९ सय १५ परीक्षण भएका छन् ।
यसैगरी गण्डकी प्रदेशमा ४ हजार २ सय ७२, प्रदेश नम्बर ५ मा २ हजार ५ सय ९६, कर्णाली प्रदेशमा ४ हजार ३ सय ८ र सुदुरपश्चिम प्रदेशमा ७ हजार ३ सय ७ वटा परीक्षण भएका छन् । देशभरी ८हजार ५ सय ९५ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ३ र उपत्यका बाहिर ९२ जनासहित देशभरी ९५ जना आइसोलेसनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
