बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एकजना डिस्चार्ज

बुधबार, १० वैशाख २०७७, १७ : ०१
बुधबार, १० वैशाख २०७७

कैलाली । सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमण पुष्टि भइ उपचाररत थप एक जनाको बुधबार डिस्चार्ज गरेको छ ।

यसअघि अस्पतालले दुई जनाको डिस्चार्ज गरिसकेको छ । आज अस्पतालले कञ्चनपुर बेदकोट नगरपालिकाका ४१ वर्षिया पुरुषलाई डिस्चार्ज गरेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।

उनी कोरोना संक्रमणबाट मुक्त हुने मध्य सुदूरपश्चिमको तेस्रो व्यक्ति भएको उनले बताए । 

 उनको तेस्रो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।  पहिलो र दोस्रो रिपोर्ट भने उनको पोजिटिभ आएको थियो । 

 अघि लम्कीका २१ बर्षिया र धनगढी ५ का ३४ वर्षीय पुरुष डिस्चार्ज भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप