एकैदिन कोरोनाभाइरसका ११ संक्रमित थपिए, संक्रमितको संख्या ४२ पुग्यो
काठमाडौं । एकै दिन कोरोनाभाइरस (कोभिड १९) संक्रमण थप ११ जना पुष्टि भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । जसमा ५ जना भने निको भएर घर फर्किसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरका ११ जनामा मंगलबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै आजै काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा थप ३ जनामा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। आजको परीक्षणबाट पुष्टि भएकामा ९ पुरुष २ महिला रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उदयपुरका १०० जनाको पीसीआरको लागि नमुना संकलन भएकामा धरानमा परीक्षण गर्दा यी संख्यामा संक्रमण पुष्टि भएको हो ।
योसँगै उदयपुरमामात्रै कोरोनासंक्रमितको संख्या २४ जना पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण