विवादकै बीच देउवाले फेरि चयन गरे ७ विभागीय प्रमुख, क-कसले पाए जिम्मेवारी ?

काठमाडौं । नेता रामचन्द्र पौडेल पक्षधरको विरोधकै बीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि केन्द्रीय विभाग गठन गरेका छन् ।
देउवाले सोमबार कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम थप ७ केन्द्रीय विभागहरुको प्रमुख मनोनयन गरेका हुन् । विभागको जिम्मेवारी पाउने सबै केन्द्रीय समितिमा रहेका नेताहरु हुन् ।
जसअनुसार एनपी साउँदलाई शुभेच्छुक संस्था समन्वय विभागको जिम्मेवारी दिइएको छ भने अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभागको जिम्मेदवारी दिइएको छ ।
यस्तै ईश्वरी न्यौपानेलाई महिला विभाग, केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग, मोहनबहादुर बस्नेतलाई खेलकूद विभाग, बीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभाग र हरिप्रसाद नेपाललाई शिक्षा विभागको जिम्मेवारी दिइएको छ ।
यसअघि शनिबार देउवाले विभिन्न १३ वटा विभाग गठन गरेका थिए ।
काँग्रेस विधानमा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र विभागलाई पूर्णता दिनुपर्ने उल्लेख छ। पुस ११ गतेको केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीका विभागको संख्या २८ बाट बढाएर ४७ पुर्याउने निर्णय गरेको थियो। काँग्रेस विधानमा २८ वटा विभाग हुने व्यवस्था छ। देउवाले आगामी महाधिवेशन वा महासमितिबाट अनुमोदन गर्नेगरी विभागको सख्या ४७ पुर्याउने निर्णय गरेका थिए।
पौडेल समूहले महाधिवेशनको मिति सार्वजनिक भएपछि आचारसंहिता लागेको भन्दै विभाग गठन भए कानुनतः खारेज हुने बताउँदै आएको छ। काँग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने मिति कार्यतालिकासहित सार्वजनिक गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ दिनमै सकियो एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा ‘फ्लड लाइड’ जडान कार्य
-
बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षाध्यक्ष लम्सालले लिए शपथ
-
आईसीसी नकआउट टुर्नामेन्टबाट आईसीसी च्याम्पियन्स ट्रफी
-
युएसएडका ४ हजारभन्दा बढी कर्मचारी बिदामा, डेढ हजारभन्दा बढीको जागिर गुम्यो
-
पहिरोले करिब ३० मिटर सडक पुरियो, सडकमा विशाल ढुंगा