शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाले एकलौटी विभाग गठन गरेकोप्रति पौडेल पक्षको आपत्ति

शनिबार, १७ फागुन २०७६, २१ : १३
शनिबार, १७ फागुन २०७६

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाले विभाग गठन गरेको विषयमा आपत्ति जनाएको छ । सभापति देउवाले शनिवार १३ विभाग गठन गरेका छन् भने ५ जना नेतालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

पर्साको वीरगञ्जमा दुई नम्बर प्रदेश स्तरिय कार्यकर्ता भेलामा पौडेल पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको अवस्थामा विभाग गठन गरेको भन्दै विरोधमा प्रस्ताव पास गरेको छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेलले मुलुकमा भ्रष्टाचारले व्यप्त भएको वरिष्ठ नेता पौडेलले देशभरका अन्यायमा परेका काँग्रेसहरुलाई न्याय दिनका लागि आफूहरु तयार रहेको बताए । 

क्रियाशील सदस्यता वितरणमा हुने धाँधली रोक्नका लागि वडा तहबाट नै लाग्ने नेता कार्यकर्तालाई निर्देशन दिए । पौडेलले कांग्रेसको विरगञ्ज भेला काँग्रेसलाई पुर्नजिवन दिनका लागि ऐतिहासिक हुने विश्वास पनि व्यक्त गरे  ।

कार्यक्रममा महामन्त्री डा शशांक कोइरालाले सरकारले कर बढाएर जनतालाई सपना बाढ्ने भन्दा बाहेक अन्य काम गर्न नसकेको बताए । उनले कांग्रेस एकताबद्ध हुन नसक्दा नेपालमा कम्युनिष्टहरुको विगविगी भएको बताए।

काँग्रेस नेता प्रकाशमान सिंहले अन्यायका विरुद्धमा लड्दा कार्यकर्ताहरुबाट न्याय पाउने बताउँदै १०औं महाधिवेशनको मुखमा काठमाडौ जिल्ला सभापतिबाट बर्खास्तीमा पर्दा आफुलाई माहाधिवेशनमा तेस्राृे भोट दिएर नेता कार्यकर्ताले न्याय गरेको बताए

नेता डा. रामशरण महतले महाधिवेशनको कार्यतालिनका तय भइसकेपछि पार्टीका विभाग बनाउनु आचारसंहिता विपरित भएको बताए । नेत अर्जुननरसिंह केसीले संसदमा सरकारका विरुद्धमा उत्रन कांग्रेसलाई केले रोकेको भनि प्रश्न गरे ।

नेता केसीले लाउडा काण्डमा ५७ दिन संसद अवरुद्ध गर्ने कम्युनिष्टहरु अहिले सत्तामा रहेर काण्डै काण्ड मच्चाउदा समेत संसदमा काँग्रेस चुप बसेर ज


नतामाथिको भरोसा टुटाउदै गएको बताए । कार्यक्रममा नेताहरु बलबहादुर केसी, मिनेन्द्र रिजाल, सुजाता कोइराला लगायतले कांग्रेस नेतृत्वबाट भएको कमी कमजोरीका बारेमा धारणा राखेका थिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप