देउवाले चयन गरे १३ विभाग प्रमुख : क- कसलाई दिइयो जिम्मेवारी
काठाडौं । नेपाली काँग्रेसको सभापति शेरबादुर देउवाले पार्टीका १३ वटा केन्द्रीय विभाग गठन गरेका छन् । सभापति देउवाले शुक्रबार अपरान्ह वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफूले पार्टीका विभाग गठन गर्ने तयारी गरेको भन्दै विभागमा राख्नुपर्ने नेताहरुको नाम दिन आग्रह गरेका थिए ।
उनले आफ्नो तर्फबाट नाम दिन अस्वीकार गरेपछि देउवाले एकलौटी रुपमा केही विभाग गठन गरेका हुन् । देउवाले विधानको धारा ३७ (१) (ग) बमोजिम पार्टीका केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरेका हुन् ।
काँग्रेस विधानमा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र विभागलाई पूर्णता दिनुपर्ने उल्लेख छ। पुस ११ गतेको केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीका विभागको संख्या २८ बाट बढाएर ४७ पुर्याउने निर्णय गरेको थियो। काँग्रेस विधानमा २८ ओटा विभाग हुने व्यवस्था छ। देउवाले आगामी महाधिवेशन वा महासमितिबाट अनुमोदन गर्नेगरी विभागको सख्या ४७ पुर्याउने निर्णय गरेका थिए।
पौडेल समूहले महाधिवेशनको मिति सार्वजनिक भएपछि आचारसंहिता लागेको भन्दै विभाग गठन भए कानुनतः खारेज हुने बताउँदै आएको छ। काँग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने मिति कार्यतालिकासहित सार्वजनिक गरिसकेको छ।
विभाग प्रमुखहरु
संगठन विभाग : गोपालमान श्रेष्ठ
संघीय मामिला तथा प्रदेश समन्वय विभाग : रमेश रिजाल
मुस्लिम विभाग : फरमूल्लाह मन्सुर
स्थानीय तह समन्वय विभाग : अर्जुनप्रसाद जोशी
वित्तिय तथा सहकारी संस्था समन्वय विभाग : आनन्दप्रसाद ढुंगाना
तराई–मधेश समन्वय विभाग : अजयकुमार चौरसिया
यातायात व्यवसायी समन्वय विभाग : महेन्द्र यादव
तरुण विभाग : शंकर भण्डारी
आदिवासी जनजाति विभाग : सीता गुरुङ
नेपाली जनसम्पर्क समिति समन्वय विभाग : गोविन्द भट्टराई
उद्योग व्यापार विभाग : चिनकाजी श्रेष्ठ
सूचना, संचार तथा प्रचार विभाग : विश्वप्रकाश शर्मा (प्रवक्ता)
श्रमिक तथा टे«ड युनियन विभाग : शिवप्रसाद हुमागाँइ
पछिल्लो समय भट्टराई, चिनकाजी श्रेष्ठ, ढुंगाना र हुमागाईँ संस्थापन इतबाट देउवा क्याम्पमा सरेका थिए । भट्टराई, श्रेष्ठ, ढुंगाना पौडेल र हुमागाईँ कृष्णप्रसाद सिटौला समूहबाट देउवा क्याम्पमा सरेका हुन् । अन्य सबै १३ औँ महाधिवेशदेखि नै देउवासँग थिए ।
यस्तै पार्टीको विधान तथा नियमावलीको व्यवस्था बमोजिम देउवाद्वारा केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य दाङका कृष्ण किशोर घिमिरे झापाका गोपालकुमार बस्नेत, झापाका सुधीरकुमार शिवाकोटी , धनकुटाका मनोहर नारायण श्रेष्ठ र तनहुँका ध्रुव वाग्लेलाई मनोनयन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात सेवा कार्यालय विस्तार गर्ने विषयमा बागमतीका मुख्यमन्त्री र यातायातमन्त्रीबिच मतभेद
-
प्रणाली सुधार्ने खालको मौद्रिक नीति ल्याउन आवश्यक छ : पूर्वगभर्नर नेपाल
-
दैलेख पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा
-
प्रलोपाले भन्यो– सरकार अधिनायकवादतर्फ उन्मुख
-
मौद्रिक नीति कसिलो बनाउनुपर्ने कुनै कारण छैन : पूर्वगभर्नर अधिकारी
-
प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण