कलंकीको अन्डरपासमा दुई जनाको ज्यान लिने चालक सिन्धुपाल्चोकबाट पक्राउ
काठमाडौँ । बुधबार राति कलंकीको अन्डरपासमा बा४ख ८५७९ नम्बरको टिपरले प्रदेश २–०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान लिने चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार राति प्रहरीले २६ वर्षीय अनिल लामालाई सिन्धुपाल्चोकबाट पक्राउ गरी शुक्रबार बिहान काठमाडौँ ल्याएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले बताए ।
मोटरसाइकललाई ठक्कर दिएर चालक लामा टिपरसहित फरार भएका थिए । टिपर बिहीबार दिउँसो प्रहरीले नख्खुस्थित चन्द्र सूर्य ग्यारेजमा लुकाइएको अवस्थामा फेला परेको थियो ।
सीतापाइलाबाट बल्खुतर्फ गइरहेको टिपरको ठक्करबाट मोटरसाइकल चालक रौतहट कटहरिया गाउँपालिका–४ का १९ वर्षीय राजेशकुमार चौधरी र पछाडि बसेका कटहरिया–७ का २४ वर्षीय मुन्ना चौधरीको ज्यान गएको थियो ।
पक्राउ परेका चालकमाथि अथप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेबारे चार जिल्ला अदालतको समान निष्कर्ष
-
हिउँदमा मनाङ घुम्न आए ४६ देशका पर्यटक
-
चरा–चुरुंगीलाई बाधा पुर्याउँदै लहरे बत्ती, तस्बिरमा हेर्नुहोस्
-
कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन
-
सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध विराटनगरमा प्रदर्शन
-
काठमाडौँ महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड दिने