शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कलङ्की अन्डरपासमा ‘हिट एन्ड रन’ केसः मोटरसाइकललाई ठक्कर दिने टिपर फेला पर्‍यो

बिहीबार, २३ माघ २०७६, १३ : ५५
बिहीबार, २३ माघ २०७६

काठमाडौँ । कलङ्कीस्थित अन्डरपास सडकमा बुधबार राति मोटरसाइकललाई ठक्कर दिएर फरार रहेको टिपरको पहिचान भएको छ । उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको थियो । मोटरसाइकल चालक राकेशकुमार चौधरी र पछाडि सवार मुन्ना चौधरीको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार दुर्घटनामा संलग्न टिपर नख्खुस्थित एउटा ग्यारेजमा फेला परेको हो । उनले दुर्घटनामा बा ४ ख ८५६९ नम्बरको टिपर संलग्न रहेको र उक्त टिपरलाई फेला पारिएको रातोपाटीलाई जानकारी दिए ।

चारवटा टिपर एकसाथ आएकोमा ओभरटेक गर्ने क्रममा बा४ख ८५६९ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिएको बोगटीको भनाइ छ । उक्त टिपर रामेछापका अरुण खड्काको स्वामित्वमा रहेको र खड्का सम्पर्कमा आइसकेको उनले जनाए ।

टिपरका चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप