कलङ्की अन्डरपासमा ‘हिट एन्ड रन’ केसः मोटरसाइकललाई ठक्कर दिने टिपर फेला पर्यो
काठमाडौँ । कलङ्कीस्थित अन्डरपास सडकमा बुधबार राति मोटरसाइकललाई ठक्कर दिएर फरार रहेको टिपरको पहिचान भएको छ । उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको थियो । मोटरसाइकल चालक राकेशकुमार चौधरी र पछाडि सवार मुन्ना चौधरीको मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार दुर्घटनामा संलग्न टिपर नख्खुस्थित एउटा ग्यारेजमा फेला परेको हो । उनले दुर्घटनामा बा ४ ख ८५६९ नम्बरको टिपर संलग्न रहेको र उक्त टिपरलाई फेला पारिएको रातोपाटीलाई जानकारी दिए ।
चारवटा टिपर एकसाथ आएकोमा ओभरटेक गर्ने क्रममा बा४ख ८५६९ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिएको बोगटीको भनाइ छ । उक्त टिपर रामेछापका अरुण खड्काको स्वामित्वमा रहेको र खड्का सम्पर्कमा आइसकेको उनले जनाए ।
टिपरका चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण