कलङ्की अण्डरपासमा ‘हिट एन्ड रन’ केस : टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु
काठमाडौँ । उपत्यकाको कलङ्की अण्डरपास सडकमा गत राति टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुने दुवैजना बल्खुस्थित बयोधा वर्कसपमा काम गर्दै आएका थिए ।
अन्दाजी १२ः४५ बजे बल्खुबाट कलङ्कीतर्फ जाँदै गरेको टिपरले कलङ्कीबाट सितापाइलातर्फ जाँदै गरेको प्रदेश २, ०३–००४ प ५५० नम्बरको निलो पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार मृत्यु हुने दुवैजनाको घर रौतहटको कटहरिया हो । टिपरको ठक्करबाट मोटरसाइकल चालक १९ वर्षीय राकेश कुमार चौधरी र पछाडी सवार २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको हो ।
यता, दुर्घटनालगत्तै टिपरसहित चालक फरार भएका छन् । डीएसपी बोगटीका अनुसार नम्बर खुल्न नसकेको टिपर र चालक दुवैको खोजीकार्य भइरहेको छ ।
अत्याधिक स्पिडमा रहेको टिपरले मोटरसाइकललाई ठक्कर दिएको डीएसपी बोगटीले बताए । उनले भने, ‘कलङ्की आसपास क्षेत्रको सीसीटिभी क्यामेरा हेर्दैछौँ ।’
मृतकहरुको शव त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण