राजकुमार ह्यारी र मेगनको इच्छालाई बेलायती महारानीको समर्थन तर...
बेलायती महारानी एलिजाबेथले आफ्ना नाती प्रिन्स ह्यारीको त्यो निर्णयलाई समर्थन गरेकी छिन् जसमा उनले आफ्नी श्रीमती मेगनसहित शाही परिवारको भूमिकाबाट अलग्गिएर स्वतन्त्र रुपमा क्यानडा र बेलायतमा समय बिताउन चाहेको घोषणा गरेका थिए ।
बेलायतकी महारानीले आफूले राजकुमार ह्यारी र उनकी श्रीमती मेगनको इच्छालाई पूर्ण रुपमा समर्थन गरेको तर यी दुई शाही परिवारको पूर्णकालीन सदस्य पनि बनेको खण्डमा स्थिती थप सहज हुने बताएकी छिन् ।
भोलिका दिनमा यसबारे पनि निर्णय लिइने कुरामा आफू आशावादी भएको उनले बताएकी छिन् ।
गत बुधबार एक अप्रत्याशित बयानमार्फत् राजकुमार ह्यारीले शाही परिवारबाट अलग्गिएर श्रीमती र छोरासहित स्वतन्त्र रुपमा बस्ने इच्छा इन्स्टाग्राममार्फत् जानकारी दिएका थिए ।
सम्बन्ध चिसिएको भन्ने खबर निराधारः
बेलायतका राजकुमार विलियम र राजकुमार ह्यारीले आफूहरुबीचको सम्बन्ध अप्ठेरो अवस्थाबाट गुज्रिएको भन्ने विवरण अस्विकार गरेका छन् ।
पूर्वी इङ्गल्यान्डस्थित महारानी एलिजाबेथको सन्ड्रिङ्ग्घम इस्टेटमा शाही सम्मेलन चल्दै गर्दा, राजकुमार विलियम र राजकुमार ह्यारीको पछिल्लो प्रतिक्रिया आएको हो ।
पूर्वी इङ्गल्यान्डमा सोमबार शाही परिवारको एक अभूतपूर्व सम्मेलन चलेको थियो ।
यहि बेला केम्ब्रिज र ससक्सका ड्यूकहरूले विगत दुई वर्षको अवधिमा आफूहरूको सम्बन्धमा चिसोपन आएको भन्ने एक पत्रिकामा आएको विवरण अस्वीकार गरेका छन् ।
हानिकारक
एक संयुक्त विज्ञप्ति जारी गर्दै राजकुमारद्वय विलियम र ह्यारीले दुई दाजुभाइबीचको सम्बन्ध बिग्रिएको भन्ने समाचार आपत्तिजनक भएको बताएका छन् ।
उनीहरूले राजकुमार ह्यारी र उनकी श्रीमती मेगनलाई हेप्ने प्रवृत्ति देखाइएको भन्ने विवरण मानसिक स्वास्थ्यका विषयमा निकै संवेदनशील रहेका दाजुभाइका लागि निकै हानिकारक हुनसक्ने उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
-
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत
-
स्पेनिस ला–लिगा फुटबलमा जिरोना र एलाभेसले अंक बाँडे
-
‘गर्भपतन गर्नु कुनै ‘पाप’ होइन’