बेलायतकी महारानी र राजकुमार ह्यारीबीच प्रत्यक्ष वार्ता हुँदै
बेलायतकी महारानी र ड्युक अफ ससेक्सबीच सान्द्रीङ्घममा सोमबार प्रत्यक्ष वार्ता हुने कार्यक्रम निश्चित भएको छ । राजकुमार ह्यारी र डचेज अफ ससेक्सको भविष्यमा राजदरबारसँगको कस्तो सम्बन्ध र भूमिका हुनेछ भन्ने विषयमा छलफल गरिने बताइएको छ ।
बीबीसीका अनुसार प्रिन्स अफ वेल्स, चार्ल्स र ड्यक अफ क्याम्ब्रिज, प्रिन्स विलियम्स पनि उक्त छलफलमा समावेश हुने अनुमान छ ।
ड्युक र डेचज अफ ससेक्सले राजदरबारको ‘वरिष्ठ सदस्य’ को पदबाट आफू हटेको घोषणा गरेका थिए ।
बीबीसीका संवाददाता जोनी डाइमण्डले उक्त छलफलपश्चात् यो जोडीको राजपरिवारसँगको नयाँ सम्बन्धबारे छलफल हुने बताइएको छ ।
डाइमण्डले छलफलको निष्कर्षका लागि अझै थप अड्चन भएको बताएका छन् ।
मेगन र ह्यारीले आर्थिक रुपमा स्वतन्त्र हुन अब काम गर्ने घोषणा गरेपछि विभिन्न छलफलपश्चात् महारानले ह्यारीलाई सोमबार भेट्ने कार्यक्रम निश्चित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण