बेलायतकी महारानी र राजकुमार ह्यारीबीच प्रत्यक्ष वार्ता हुँदै
बेलायतकी महारानी र ड्युक अफ ससेक्सबीच सान्द्रीङ्घममा सोमबार प्रत्यक्ष वार्ता हुने कार्यक्रम निश्चित भएको छ । राजकुमार ह्यारी र डचेज अफ ससेक्सको भविष्यमा राजदरबारसँगको कस्तो सम्बन्ध र भूमिका हुनेछ भन्ने विषयमा छलफल गरिने बताइएको छ ।
बीबीसीका अनुसार प्रिन्स अफ वेल्स, चार्ल्स र ड्यक अफ क्याम्ब्रिज, प्रिन्स विलियम्स पनि उक्त छलफलमा समावेश हुने अनुमान छ ।
ड्युक र डेचज अफ ससेक्सले राजदरबारको ‘वरिष्ठ सदस्य’ को पदबाट आफू हटेको घोषणा गरेका थिए ।
बीबीसीका संवाददाता जोनी डाइमण्डले उक्त छलफलपश्चात् यो जोडीको राजपरिवारसँगको नयाँ सम्बन्धबारे छलफल हुने बताइएको छ ।
डाइमण्डले छलफलको निष्कर्षका लागि अझै थप अड्चन भएको बताएका छन् ।
मेगन र ह्यारीले आर्थिक रुपमा स्वतन्त्र हुन अब काम गर्ने घोषणा गरेपछि विभिन्न छलफलपश्चात् महारानले ह्यारीलाई सोमबार भेट्ने कार्यक्रम निश्चित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’