ती पाँच कुरा जसमा ह्यारी र मेगनले शाही प्रोटोकल तोडे (भिडियोसहित)
ड्युक र डचेज अफ ससेक्सले आफूहरु बेलायती राजपरिवारको ‘वरिष्ठ सदस्य’ को पद त्याग्ने घोषणा गर्दै व्यावसायिका रुपमा स्वतन्त्र हुन अब काम गर्न सुरु गर्ने बताए ।
बेलायती राजपरिवार ह्यारी र मेगनको यस्तो निर्णयमा ‘दुःखी’ भएको बताइएको छ ।
यो जोडीले यसअघि पनि केही कुराहरु भिन्न शैलीमा अपनाएका छन्, त्यसबारे जानकारी लिऔंः
१. जब एउटा कार्यक्रममा उपस्थित हुँदा मेगनले आफ्नो कारको ढोका आफैंले बन्द गरिन् तब उनले शाही प्रोटोकल तोडेको बताइयो ।
२. मेगनले विवाहको दिन मात्रै नभई रिसेप्सनमा पनि आफ्नो भाषण तयार गरेको बताइन्छ । जुन शाही बेहुलीका लागि असाधारण थियो ।
३. राजकुमार ह्यारीले छोराको जन्मको घोषणा अनौपचारिक पहिरनमा गरे । यो पनि शाही प्रोटोकलभन्दा भिन्न थियो । यो जोडीले छोरालाई केही दिनपछि मात्रै सार्वजनिक गरेका थिए, त्यो पनि भिन्न शैलीमा ।
४. उनीहरुको छोराको नाम पनि अर्को विषय थियो । आर्चीलाई शाही नामको दर्जा दिइँदैन । आर्चीलाई मेगन र ह्यारीले शाही पद पनि दिएका छैनन् ।
५. अब उनीहरुले राजपरिवारको वरिष्ठ सदस्यको पदबाट बाहिरिएको घोषणा गरेका छन्, त्यो पनि इन्स्टाग्राममार्फत् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
