कृषि विकास बैङ्क ह्याकिङ प्रकरण : एक करोड रुपैयाँसहित फरार दीपक पक्राउ

काठमाडौँ । कृषि विकास बैङ्कको क्रिडेन्सीयल ह्याकिङ गरी एक करोड रकमसहित फरार भएका दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ्गको रङ्गेली नगरपालिका–२ बस्ने दीपकले नाइजेरियन र भारतीय नागरिकसँगहरु मिलेर बैङ्क तथा वित्तीय संस्थाहरुबाट ५ अर्ब नेपाली रुपैयाँ भन्दा बढी लुट्ने योजना बनाएका थिए ।
सोही योजना अनुसार विभिन्न नेपाली नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैङ्क ह्याक गरी रकम निकालेका थिए ।
४३ वर्षीय नेपाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत पुस १८ गते पक्राउ गरेको थियो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसारका अनुसार उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
कृषि विकास बैङ्कको रकम निकाल्ने मुख्य योजनाकार अफ्रिकी मुलका काले भनिने पिटर रहेको प्रहरीले जनाएको छ । नेपालका बैङ्कहरुबाट ५ अर्ब नेपाली रुपैयाँ भन्दा बढी रकम निकाल्ने योजना नै पिटरेको रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।
यसअघि यस प्रकरणमा १६ जनालाई पक्राउ गरिसकेको छ ।
कृषि विकास बैङ्क श्रोतका अनुसार बैङ्कको लहान शाखाबाट विभिन्न ७ जना व्यक्तिको नाममा रकम ट्रान्सफर गरिएको थियो । ७ जना व्यक्तिका नाममा करिब ४ करोड रुपैयाँ ट्रान्सफर गरिएको थियो । जसमध्ये डेढ करोडभन्दा बढी रुपैयाँ उनीहरुले निकालिसकेका थिए भने बाँकी रकम निकाल्ने क्रममा दुई जना पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल बैंकका तीन सञ्चालकको निर्वाचन नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश
-
गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
-
रुपन्देहीको सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
गलकोट बहुमुखी क्याम्पसमा क्रान्तिकारीका साहानी निर्वाचित
-
महाराजगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी पोखरेल निर्वाचित, एक मतले हारेपछि अनेरास्ववियुको विरोध
-
‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन