कृषि विकास बैङ्कको रकम निकाल्ने मुख्य योजनाकार अफ्रिकी मूलका ‘काले’
काठमाडौँ । कृषि विकास बैङ्कको रकम निकाल्ने मुख्य योजनाकार अफ्रिकी मुलका काले भनिने पिटर रहेको प्रहरीले जनाएको छ । नेपालका बैङ्कहरुबाट रकम निकाल्ने योजना नै पिटरेको रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।
लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएका पिटरले नेपालका बैङ्क तथा वित्तीय संस्थाहरुबाट (५० मिलियन डलर) ५ अर्ब नेपाली रुपैयाँ निकाल्ने योजना बनाएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।
एसएसपी थापाका अनुसार मुख्य नाइके भनिएका पिटरले नेपाली भाषा पनि बोल्न जानेका छन् । एसएसपी थापाले भने, ‘पिटरले नेपालीसँगै हिन्दी, अंग्रेजी पनि बोल्न सक्छन् ।’
पिटरले नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास कैङ्क, कैलाश विकास बैङ्क र नबिल बैङ्क तथा पानस रेमिटलगायतका वित्तीय संस्थाको क्रेडिएन्सल हृयाकिङ गरी रकम निकालेको प्रहरीको दाबी छ ।
प्रहरीले बैङ्कबाट रकम चोरी गरेको आरोपमा राजधानीसहित विभिन्न ठाउँबाट १२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका १२ जनामाथि नै बैकिङ कसुर सम्बन्धी संगठित अपराधमा मुद्धा चलाइने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

