कृषि विकास बैङ्क चोरी प्रकरण : ६९ लाख रुपैयाँसहित थप तीन जना पक्राउ
शुक्रबार, १० असोज २०७६, १५ : ३२

काठमाडौँ– प्रहरीले कृषि विकास बैङ्कको रकम चोरी प्रकरणमा संलग्न थप ३ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार मालतीदेवी न्यौपाने भट्राई, गणेश बस्याल र यज्ञराज भट्टलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
न्यौपाने र बस्याललाई पर्वतबाट २४ लाख रकमसहित र भट्टलाई महेन्द्रनगरबाट ४५ लाख रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यो सँगै कृषि विकास बैकको रकम चोरी प्रकरणमा अहिलेसम्म १६ पक्राउ परेका छन् ।
यो पनि