तनुश्री दत्ताले अनु मलिकसँगै निर्णायक बनेकी नेहा कक्कडमाथि उठाइन् प्रश्न

भारतमा आफ्नो बयानले मीटू अभियानको सुरुवात गर्ने नायिका तनुश्री दत्ताले अब अनु मलिकलाई निर्णायक बनाउने रियालिटी शो ‘इन्डियन आइडल’ र कार्यक्रमका निर्मातामाथि प्रश्न उठाएकी छिन् । यस्तै तनुश्रीले नेहा कक्कडलाई हालैको एक कार्यक्रममा आफूले पनि शोषण झेले पनि च्यानलको निर्णयमाथि चुप बसेको भन्दै कटाक्ष गरेकी छिन् । तनुश्रीले च्यानललाई प्रश्न गरेकी छिन्, ‘के च्यानलको टिआरपी मानवीय मूल्यभन्दा माथि छ ?’ स्मरण रहोस्, यो कार्यक्रममा अनु मलिक, नेहा कक्कड र विशाल ददलानी निर्णायकको रुपमा देखिएका छन् ।
भारतीय समाचार माध्यम मिड डेलाई दिएको आफ्नो अन्तर्वार्तामा तुनश्रीले भनिन्, ‘म सोना महापात्रा र यस्ता सबै महिलाका लागि उभिएर ताली बजाउन चाहन्छु जसले अनु मलिकविरुद्ध आफ्नो कुरा राखिरहेका छन् । मलाई सबैभन्दा अचम्म के लागेको छ भने सोनी जस्तो पारिवारिक च्यानललले यस्ता व्यक्तिलाई आफ्नो कार्यक्रममा निर्णायक बन्न अनुमती दिएको छ जबकी थुप्रै प्रतिष्ठित महिलाले यी व्यक्तिले गरेको हिंसाबारे जानकारी साझा गरेका छन् । के मानवीय मूल्यभन्दा पनि माथि छ टिआरपी ? ’
तुनश्रीले भनिन्, ‘नेहालाई पनि उक्त कार्यक्रममा एक प्रतिस्पर्धीले जबर्जस्ती चुम्बन गरेका थिए । यस्तो घटनापछि एक महिलाले कस्तो महसुस गर्छिन् त्यो कुरा उनले पनि महसुस गरेकी छिन् । नेहाले जसरी अनु मलिकसँग निर्णायक बन्ने निर्णय लिइन् त्यसरी नै उनले यो घटनामा पनि कुनै प्रतिक्रिया दिएकी छैनन् ।’
स्मरण रहोस् अनु मलिकमाथि सोना महापात्रा र श्वेता पण्डितजस्ता चर्चित गायिकाले हिंसा गरेको आरोप लगाएका थिए । गायिका नेहा भासिनले पनि अनु मलिकको व्यवहारमाथि टिप्पणी गरिसकेकी छिन् । पछिल्लो एक वर्षसम्म यो विषयमा मौन बसेका अनु मलिकले हालै सोसल मिडियामा मुख खोलेका थिए । अनु मलिकले यी सबै घटनालाई झुटो बताउँदै आफूलाई निर्दोष बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा सेभिया र मलोर्काले अंक बाँडे
-
ठेक्का अवधि सकियो तर सडक कालोपत्र भएन
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म