‘अनु मलिकविरुद्ध भनिएको, लेखिएको एक–एक शब्द साँचो हो’
हालै म्युजिक डायरेक्टर अनु मलिकमाथि विभिन्न महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए । त्यसपछि उनले रियालिटी शो ‘इंडियन आइडल १० ’ मा जजको रुपमा काम पनि छोडेका छन् । वास्तवमा अनुमाथि यौन उत्पीडनको आरोप लागेपछि च्यानलले नै उनलाई जजको पदबाट हटाएको स्रोतले बताएको छ ।
गायिका सोना महापात्र र श्वेता पंडितले अनु मलिकमाथि यौन उत्पीडनको आरोप लगाएका थिए । यीबाहेक अन्य दुई महिलाले पनि आफ्नो पहिचान लुकाएर अनुमाथि आरोप लगाएका थिए । यद्यपी, अनु मलिकका वकिलले यी आरोप अस्विकार गर्दै यस्तो आरोप उनको क्लाइन्टको मानहानीका लागि गरिएको बताए ।
डेक्कन क्रोनिकल्सको रिपोर्ट अनुसार गायिका अलिशा चिन्नोई पनि अब यो मामलामा सार्वजनिक भएकी छिन् र अनु मलिकविरुद्ध लागेको सबै आरोप वास्तविक भएको दाबी गरेकी छिन् । उनले भनिन्, ‘अनु मलिकबारे भनिएको, लेखिएको एक एक शब्द साँचो हो ।’ साथै, अलिसाले ती सबै महिलाको समर्थन गरेका छन् जो आफूमाथि भएको यौह हिंसाबारे खुलेर कुरा गरिरहेका छन् ।
स्मरण रहोस्, ९० को दशकमा पनि अलिशा चिन्नोईले अनु मलिकमाथि यौनहिंसाको आरोप लगाएकी थिइन् । यो विषयमा अदालतले पनि अलिशाको समर्थनमा निर्णय सुनाएको थियो । उक्त घटनापछि अलिसा अत्यधिक मानसिक तनावमा गुज्रिएको बताइन्छ । ठूला फिल्मनिर्माता लगातार अनु मलिकसँग काम गरिराख्ने भएकाले उनको व्यवहारमा कहिले सुधार हुन नसकेको उनले बताइन् ।
उक्त घटनापछि अलिशाले अब कहिले पनि आफू अनुसँग काम नगर्ने बताएकी थिइन् । तर सन् २००२ मा फिल्म ‘इश्क विश्क’ मा सँगै काम गरे । साथै, अलिशा र अनु सिंगिंग रियालिटी शो ‘इंडियन आइडल’ मा पनि जजको रुपमा सँगै देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण