शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यौन उत्पीडनको आरोपबीच ‘इन्डियन आइडल’ बाट हटे अनु मलिक

सोमबार, ०५ कात्तिक २०७५, ११ : ३९
सोमबार, ०५ कात्तिक २०७५

एजेन्सी । चार गायिकाले यौन उत्पीडनको अरोप लगाएपछि संगीतकार अनु मलिक सोनी एन्टरटेन्मेन्ट च्यानलमा प्रशारित हुने ट्यालेन्ट हन्ट शो इन्डियन आइडलको १० औँ सिजनबाट हट्ने भएका छन् ।

एक बयानमा मलिकले बताएका छन् कि उनले कार्यक्रमबाट हट्ने फैसला गरेका छन् किनभने उनी आफ्नो काममा ध्यान दिन पाइरहेका छैनन् ।

उनी सन् २००४ देखि इन्डियन आइडलको जज प्यानलमा रहँदै आएका छन् ।

मलिकले भनेका छन्, ‘म, अनु मलिक, ले इन्डियन आइडलबाट ब्रेक लिने फैसला गरेको छु किनभने म आफ्नो काममा ध्यान केन्द्रीत गर्न पाइरहेको छैन । च्यानल पनि यो कदमबाट राजी रहेको छ । धन्यवाद ।’

सोनी टिभीले उनलाई इन्डियन आइडल–१० को जजबाट हटाउने तयारी गरेको समाचारका बीच यो बयान आएको हो ।

सोनी एन्टरटेनमेन्ट टेलिभिजनबाट जारी गरेको बयानमा यस कुराको पुष्टि गरिएको छ ।

टिभी च्यानलले जारी गरेको विज्ञप्तिमा अन्य दुई जज विशाल डडलानी र गायिका नेहा कक्कडलाई साथ दिन अर्को जजको खोजी भइरहेको बताइएको छ ।

अनु मलिकमाथि गायिका सोना मोहपात्रा र श्वेता पण्डित तथा दुई नयाँ गायिकाले यौन उत्पीडनको आरोप लगाएका छन् ।

यता, मलिकका एक वकिलले ‘मीटू’ अभियानलाई उनको चरित्र हत्या गर्न प्रयोग गरिएको दाबी गरेका छन् । मलिकले लगातार आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै आइरहेका छन् ।

यो पनि पढ्नुहोस् 

अनु मलिकमाथि यौन उत्पीडनको आरोप : मेरो अगाडि पाइन्ट खोले

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप