यौन उत्पीडनको आरोपबीच ‘इन्डियन आइडल’ बाट हटे अनु मलिक
एजेन्सी । चार गायिकाले यौन उत्पीडनको अरोप लगाएपछि संगीतकार अनु मलिक सोनी एन्टरटेन्मेन्ट च्यानलमा प्रशारित हुने ट्यालेन्ट हन्ट शो इन्डियन आइडलको १० औँ सिजनबाट हट्ने भएका छन् ।
एक बयानमा मलिकले बताएका छन् कि उनले कार्यक्रमबाट हट्ने फैसला गरेका छन् किनभने उनी आफ्नो काममा ध्यान दिन पाइरहेका छैनन् ।
उनी सन् २००४ देखि इन्डियन आइडलको जज प्यानलमा रहँदै आएका छन् ।
मलिकले भनेका छन्, ‘म, अनु मलिक, ले इन्डियन आइडलबाट ब्रेक लिने फैसला गरेको छु किनभने म आफ्नो काममा ध्यान केन्द्रीत गर्न पाइरहेको छैन । च्यानल पनि यो कदमबाट राजी रहेको छ । धन्यवाद ।’
सोनी टिभीले उनलाई इन्डियन आइडल–१० को जजबाट हटाउने तयारी गरेको समाचारका बीच यो बयान आएको हो ।
सोनी एन्टरटेनमेन्ट टेलिभिजनबाट जारी गरेको बयानमा यस कुराको पुष्टि गरिएको छ ।
टिभी च्यानलले जारी गरेको विज्ञप्तिमा अन्य दुई जज विशाल डडलानी र गायिका नेहा कक्कडलाई साथ दिन अर्को जजको खोजी भइरहेको बताइएको छ ।
अनु मलिकमाथि गायिका सोना मोहपात्रा र श्वेता पण्डित तथा दुई नयाँ गायिकाले यौन उत्पीडनको आरोप लगाएका छन् ।
यता, मलिकका एक वकिलले ‘मीटू’ अभियानलाई उनको चरित्र हत्या गर्न प्रयोग गरिएको दाबी गरेका छन् । मलिकले लगातार आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै आइरहेका छन् ।
यो पनि पढ्नुहोस्
अनु मलिकमाथि यौन उत्पीडनको आरोप : मेरो अगाडि पाइन्ट खोले
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण