शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नवनियुक्त प्रदेश प्रमुखको सपथ आज

मङ्गलबार, १९ कात्तिक २०७६, ०८ : ३२
मङ्गलबार, १९ कात्तिक २०७६

काठमाडौँ । नवनियुक्त प्रदेश प्रमुखहरुले आज सपथ लिदैछन् । प्रदेश प्रमुखहरुलाई मङ्गलबार बिहान नौ बजेपछि राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथ ग्रहण गराउन लागिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सरकारले आइतबार सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेर सोमबार नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो । राष्ट्रपतिबाट सपथ लिएसँगै प्रदेश प्रमुखहरुले पदभार ग्रहण गर्नेछन् ।

संविधानको धारा १६३ को २ बमोजिम राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा सोमबार साँझ कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश १, बाँकेका तिलक परियार प्रदेश २, झापाका विष्णु प्रसाईं प्रदेश ३ र चितवनका अमिक शेरचन गण्डकी, सिराहका धर्मनाथ यादव प्रदेश ५, बैतडीका गोविन्द कलौनी कर्णाली प्रदेश र काठमाडौंकी सर्मीला कुमारी पन्तलाई सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप