ज्ञानेन्द्र शाहीलाई युवा संघद्वारा कास्कीमा प्रवेश निषेध !

काठमाडौँ । नेपालको संविधानले कुनैपनि व्यक्तिको वाक स्वतन्त्रता र कुनै पनि राजनीतिक दललाई आफ्ना गतिविधि गर्न निषेध गरेको छैन । तर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले भने ज्ञानेन्द्र बहादुर शाह (ज्ञानेन्द्र शाही) लाई कास्कीमा प्रवेश निषेधको निर्णय गरेको छ ।
युवा संघ नेपाल कास्कीले आइतबार विज्ञप्ति जारी गर्दै शाहीलाई कास्कीमा प्रवेश निषेध घोषणा गरेको हो ।
तत्कालीन वाइसिएल नेपाल कास्की र तत्कालीन युवा संघ नेपाल कास्कीका अध्यक्षद्वय भोजराज पौडेल र डिल्लीराम सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा शाहीले फेसबुक, युटुव र ट्वीटरजस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्न खोजेको र द्वन्द्व गर्न उक्साएको आरोप लगाइएको छ ।
‘पछिल्लो समय ज्ञानेन्द्र बहादुर शाह (ज्ञानेन्द्र शाही) जस्ता कुपात्रहरुलाई गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गरेको जानकारी गराउदै आम न्यायप्रेमी जनसमुदायमा विधिको शासन, पछिल्लो परिवर्तन तथा उपलव्धिका पक्षमा उभिनुभई सहयोग गर्न अपिल गर्दर्छौँ,’ राष्ट्रिय युवा संघको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रको नीति छैन : दीपशिखा
यसैवीच राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले कुनैपनि राजनीतिक दलका गतिविधि र व्यक्तिको वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने नीति राष्ट्रिय युवा संघको नरहेको प्रस्ट पारेका छन् ।
‘हाम्रो कुनैपनि व्यक्तिको स्वतन्त्रता वा दलका गतिविधिलाई प्रतिबन्ध लगाउने नीति छैन,’ संयोजक सापकोटाले भने, ‘शाहीले पर्यटनमन्त्री लगायतलाई गरेको दुव्र्यवहारप्रतिको आक्रोशमा त्यस्तो निर्णय गरेका हुनसक्छन् । त्यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’
सापकोटाले स्थानीय कमिटीहरु आफ्नो तहमा निर्णय गर्न स्वतन्त्र रहेको पनि बताए । ‘गणन्त्रको विरोध र राजतन्त्रको बहालीका लागि शाहीले खुला रुपमा गतिविधि गरिरहेका छन् । त्यो छुट उनलाई छैन भन्ने जिल्ला तहका साथिहरुको बुझाइले त्यस्तो विज्ञप्ति निकालिएको हुनसक्छ,’ सापकोटाले भने ।
उनले मन्त्रीमाथि दुव्र्यबहार गर्ने अधिकार नभएको र त्यो कानुनीरुपमा दण्डनीय भएको पनि उनले बताए । ‘शाहीले मन्त्री लगायत नेतामाथि गालीगलौज गरिरहेका छन् । त्यो कानुनतः दण्डनीय छ,’ सापकोटाको भनाइ छ ।
शाही छुटे
यसैबीच अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले हिरासतमा राखेका ज्ञानेन्द्र शाही रिहा भएका छन् । आइतबार साँझ पक्राउ परेका शाही अभद्र व्यवहारसम्बन्धी कसूरमा प्रमाण नपुगेपछि सोमबार प्रहरीले आफन्तको जिम्मा लगाएर छाडेको ललितपुर प्रहरीले जनाएको हो । प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ पुर्जी थमाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना