पत्रकार सम्मेलनस्थलमा ज्ञानेन्द्र शाहीमाथि हातपात, प्रहरीद्वारा उद्धार
शनिवार धनगढीमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको दुर्व्यवहार र सो घटना किन भयो भनेर आइतबार पत्रकार सम्मेलन गर्दैगर्दा ज्ञानेन्द्र शाहीमाथि हातपात भएको छ ।
ललितपुरको पुल्चोकमा नेपालका लागि नेपालीको कार्यालयमा आइतबार १ बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित केही व्यक्तिहरुले शाहीमाथि हातपात गरेका हुन् ।
ज्ञानेन्द्र शाहीलाई पत्रकार सम्मेलनमा उपस्थित हुनेहरुले सोधेको प्रश्नमा जवाफ दिन नचाहेपछि उनीमाथि हातपात भएको हो ।
ज्ञान बहादुर शाहीले किन ज्ञानेन्द्र शाही नाम लेखे, त्यसको उद्देश्य के हो भन्ने प्रश्न गर्दा उनले प्रचण्डले किन प्रचण्ड लेखे भनेर प्रतिप्रश्न गरे । बरु ज्ञानेन्द्र शाहीले उल्टै तपाईं कुन सञ्चारमाध्यमबाट हो भनी प्रश्न गर्न थालेपछि शाहीमाथि त्यहाँ उपस्थित व्यक्तिहरु आक्रोशित भएका थिए ।
आक्रोशित समूहले शाहीमाथि हातपात गर्न थालेपछि प्रहरीलाई शाहीलाई उद्धार गर्नुपरेको थियो ।
ललितपुर प्रहरीका एसएसपी टेकबहादुर राईका अनुसार सुरक्षा खतरा भएपछि शाहीलाई उद्धार गरी प्रहरी कार्यालयमा लगिएको थियो । राईका अनुसार शाहीको सुरक्षाका लागि पत्रकार सम्मलेनमा प्रहरी खटाइएपनि आयोजकले प्रहरीलाई भित्र पस्न नदिएको कारण घटना घट्न पुगेको बताए ।
सुरक्षा स्थिति हेरेर शाहीलाई साँझ छाडिएको उनले रातोपाटीलाई जानकारी दिए ।
यता, अधिवक्ता सुरेन्द्र भण्डारीले भने पत्रकार सम्मेलनमा उपस्थित योगेश भट्टराईनिकट कार्यकर्ताको झुण्डले शाहीमाथि आक्रमण गरेको आरोप लगाएका छन् । शाहीको उद्धारपछि भएको पत्रकार स्ममेलनमा बोल्दै अधिवक्ता भण्डारीले यस घटनामा पर्यटनमन्त्री भट्टराईले माफी नमागे आफूहरुले राजीनामा माग गर्ने पनि बताए ।
भण्डारीले प्रहरीले गुण्डागर्दी शैलीमा शाहीलाई पक्राउ गरेको पनि दाबी गरे ।
तर शाहीको उद्धारपछि सञ्चारकर्मीसँग बोल्दै घटनास्थलमा खटिएका एकजना प्रहरी निरीक्षकले भने सुरक्षा खतराबारे पहिले नै शाहीलाई जानकारी गराएपनि शाहीले प्रहरीको आग्रहलाई वेवास्ता गर्दा घटना भएको हो । घटनामा ती प्रहरी आधिकारी पनि सामान्य घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण