शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण ऋतिक रोशनको परिवार सुनैनामाथि यस्तो व्यवहार गरिरहेछन्

बिहीबार, १२ असार २०७६, ०९ : ४१
बिहीबार, १२ असार २०७६

पछिल्ला केही दिनदेखि रोशन परिवार चर्चाको केन्द्रमा छ । कंगना रनौतकी दिदी रंगोली चन्देलले सिलसिलावर तरिकाले ऋतिककी दिदी सुनैना रोशनको परिवारसँगको मतभेद ट्वीटरमार्फत् जानकारी दिपछि रोशन परिवारभित्रको कलह सार्वजनिक भएको हो । सुनैनाले पनि रंगोलीको कुरालाई पुष्टि हुनेगरी अन्तरवार्ता दिइन् । यसबारे रोशन परिवारले मुख खोलेको छैन । तर परिवार एक व्यक्तिले भने यस्तो किन भइरहेको छ भन्ने बारे जानकारी दिएका छन् ।

खबरका अनुसार सुनैना जो व्यक्तिलाई प्रेम गर्छिन् उनी बालबच्चा भएका विवाहित व्यक्ति हुन् । रोशन परिवारलाई यही कुराले समस्यामा पारेको छ । बलिउड हंगामाको खबर अनुसार परिवारलाई रुहेल अमिनको वैवाहिक सम्बन्धको विषयमा शंका छ जसका कारण उनीहरु सुनैना रुहेलसँग नबसोस् भन्ने चाहन्छन् ।

दुई महिना रिह्याब सेन्टरमा बसिन् ऋतिक रोशनकी दिदी सुनैनाः भन्छिन्, ‘आमा–बुवाबाट अलग्गिन चाहन्छु’

रोशन परिवारसँग नजिक एक ती व्यक्तिले भने, ‘सुनैना जसलाई प्रेम गर्छिन् उनी विवाहित हुन् र उनका बालबच्चा छन् त्यसकारण गुड्डु (राकेश रोशन) र पिंकी रोशन चिन्तित छन् । सुनैना पहिले नै विवाहबारे गलत निर्णय गरिसकेकी छिन् त्यसकारण उनको परिवार यो गल्ती पुनः दोहोरियोस् भन्ने चाहँदैनन् ।’ स्मरण रहोस्, सुनैनाले यसअघि दुई विवाह गरिसकेकी छिन् ।

जब ऋतिकका बेस्ट फ्रेन्डसँग उनकी दिदी डेटमा गइन्...

सुनैना रोशनले एक अन्तरवार्तामा उनको परिवारले उनलाई पर्याप्त खर्च गर्न पैसा नदिएको पनि बताइन् । उनले परिवारका सबै सदस्यले आफूमाथि उत्पीडन गरिरहेको आरोप लगाइन् । उनले भनेकी थिइन्, ‘मलाई पकेट खर्चका लागि महिनाको ५० हजार मात्र दिइन्छ । ऋतिकले पनि बुवामा प्रभावमा परेर मलाई सहयोग गरिरहेको छैन ।’

ऋतिककी बहिनी सुनैनाका प्रेमीले अन्ततः मुख खोले

रोशन परिवारको समर्थनमा उत्रिइन् रितिककी पूर्वपत्नीः भनिन्, ‘मुश्किल समयमा परिवारलाई सम्मान गर्नुहोस्’

समस्यामा रितिक रोशनको परिवार, बहिनी सुनैनाले लगाइन् विभिन्न गम्भीर आरोप

 

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप