बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जब ऋतिकका बेस्ट फ्रेन्डसँग उनकी दिदी डेटमा गइन्...

आइतबार, १७ भदौ २०७५, १० : १९
आइतबार, १७ भदौ २०७५

ऋतिक रोशनकी बहिनी सुनैनाले हालै एउटा ब्लग लेखेकी छिन् । यसमा उनले आफ्ना भाइ ऋतिकबारे यस्ता जानकारी दिएकी छिन् जुन शायद कमै मानिसहरुलाई थाहा होला ।

ऋतिकलाई घरमा मायाले डग्गु भनेर बोलाइन्छ । उनकी दिदी सुनैनाले आफ्नो ब्लगमा ऋतिकका बाल्यकालदेखि अहिलेसम्मका विभिन्न पाटाबारे जानकारी दिएकी छिन् ।

पढ्नुहोस् उनको ब्लग, उनकै शब्दमाः

बाल्यकालमा म र डग्गु एक–अर्काभन्दा निकै फरक थियौं । ऊ निकै लजालु थियो, मलाई भने निकै बोल्नुपर्दथ्यो । ऊ त मेरा साथीहरुसँग कुरा गर्न पनि लजाउँथ्यो । तर हाम्रो भने धेरै नै झगडा पर्दथ्यो । यति झगडा पर्दथ्यो कि हाम्री आमालाई निकै चिन्ता हुन्थ्यो । आज उसलाई जति अनुशासन मन पर्छ, बाल्यकालमा त्यति नै अल्छी । स्कूल ढिला पुग्थ्यो, खाजा खानेबेलामा सबैभन्दा ढिलोसम्म खाइरहन्थ्यो । स्कूल छुट्टी हुँदा सबैभन्दा ढिला गेटबाट निस्कन्थ्यो । यसै कारण मलाई उसँग धेरै नै रिस उठ्थ्यो । तर मेरो यो भाइले मलाई सधैं दाइले झैं केयर गर्दथ्यो । किशोरावस्थामा मलाई आफ्ना साथीहरुसँग केही घण्टाका लागि नाइट–आउटको अनुमती थियो । तर यसको पनि एउटा शर्त थियो – मसँग डग्गु भएमात्र म नाइट आउटमा जान राजी हुन्थें ।

जब ऋतिकको बेस्ट फ्रेन्डसँग डेटमा गइन्ः

एक दिन डग्गुलाई थाहा भयो कि म उसको निकै मिल्ने साथीसँग डेट गरिरहेको छु । त्यस दिनदेखि ती व्यक्ति डग्गुको बेस्टफ्रेन्ड रहेनन् । डग्गु मेरो विषयमा निकै प्रोटेक्टिभ थियो । उसले ममाथि निकै निगरानी राख्दथ्यो । उसलाई जतिबेला मैले गलत गरिरहेको छु भन्ने लाग्थ्यो, सबैभन्दा पहिले मम्मी र पापालाई भनिदिन्थ्यो । तर बाल्यकालमा मम्मी पापाले उसलाई पनि गाली गर्नुहुन्थ्यो किनभने ऊ निकै नै जिद्दी थियो ।

मलाई याद छ कि यदि उसँग पसल गएका बेला उनले भनेको सामान नकिने ऊ भुइँमा नै सुतिदिन्थ्यो । तर म यो पनि भन्न चाहन्छु कि उ निकै नै अबोध थियो । जतिबेला उसको मनले चाहेको कुरा पाउँथ्यो तब त्यो समानलाई उसले निकै सम्हालेर तकिया मुनी राख्दथ्यो । ऊ आज पनि त्यस्तै छ । आज पनि जब उसले केही हाँसिल गर्छ भने उभित्रको बच्चा खुसीले नाच्ने गर्छ । स–सानो कुराले उसलाई खुसी बनाउँछ ।

डाक्टरले भने, नायक बन्ने सपना बिर्सिदेउः

बाल्यकालदेखि नै ऋतिकको डान्सका लागि गज्जबको लगाव थियो । ऊ माइकल ज्याकसनको पूजा गर्दथ्यो । तर ऊ अरुको अगाडि नाच्न भने लजाउँथ्यो । मलाई थाहा भइसकेको थियो कि ऊ भविष्यमा नायक बन्न चाहन्छ तर पापाले यसका लागि पोस्ट ग्रेजुएशन गर्नुपर्ने शर्त राख्नुभएको थियो बताउनुभएको थियो । डग्गुले पापालाई भनेको थियो कि अब ऊ क्यामरा फेस गर्न तयार छ । जति जिद्दी ऊ बाल्यकालमा थियो आज पनि ऊ त्यति नै जिद्दी छ । यदि उसले केही गर्छु भनेर सोचेको छ भने त्यो कसैले पनि रोक्न सक्दैन । आफ्नै यही इच्छा शक्तिका कारण उसले आफूसामू आएको हरेक चुनौती पार गरेको छ ।

जब ऊ आफ्नो पहिलो फिल्मको तयारी गरिरहेको थियो तब डान्स गर्दा उसको कम्मरमा ऐठन भयो । डाक्टरले यो एक वंशानुगत विकार हो भने । डाक्टरले उनलाई नायक बन्ने सपना त्याग्नुपर्ने बताए किनभने यदि ऊ कतैबाट हाम फाले वा डान्स गरे अथवा कुनै एक्सन सीन गरे पाँच वर्षभित्र ह्विलचेयरमा आउनेछन् । त्यतिबेला उनी २१ वर्षमा थिए । डाक्टरको कुरा सुनेर उनको मन भाँच्चियो । तर उसले हिम्मत हारेन । उनले थुप्रै डाक्टरलाई भेटे । विज्ञानले हार मानेको थियो तर उनले विज्ञानलाई नै हराएर देखायो । उसले निकै अनुसन्धान गर्यो, धेरैभन्दा धेरै किताब पढ्यो र आफ्नो रोग आफैंले निको पार्यो ।

भक्भकाउनु उनको समस्याः

डग्गुको अर्को एउटा चुनौती थियो । ऊ भक्भकाउँथ्यो र जिन्दगीभर यसलाई सँगै लिएर बाँच्न चाहँदैनथ्यो । उनका अनुसार यो उनको सबैभन्दा ठूलो लडाईं थियो । मलाई याद छ १३ वर्षको उमेरमा उनी बसीबसी घण्टौंसम्म चर्को आवाजमा बोल्दथ्यो । ऊ बाथरुममा बसेर यस्तो गर्दथ्यो । कहिलेकाँही दिन रात नभनी यस्तो गर्दथ्यो । २२ वर्षसम्म उसले यस्तो कोसिस गरेको मैले देखे । ऊ आफ्नो आवाज रेकर्ड गर्दथ्यो र बारम्बार सुन्ने गर्दथ्यो । उसले त्यो अभ्यास त्यतिबेलासम्म गर्यो तबसम्म उसको आवाज ठिक भएन ।

ऊ आफ्नो कामका लागि निकै सिरियस थियो । आफ्नो पहिलो फिल्म ‘कहो ना प्यार हे’ को एउटा गीत उनले १०३ डिग्री ज्वरो आउँदा पनि सुट गरेका थिए । अर्को रोचक कुरा के छ भने ऊ आफ्नो प्रत्येक भूमिकाका लागि बेग्लाबेग्लै परफ्युम लगाउँथे । क्रिश फिल्ममा जब ऊ रोहित (छोरा) हुन्थ्यो तब ऊ भिन्न परफ्युम लगाउँथ्यो र जब उनी कृष्णा (पिता) हुन्थ्यो तब अर्को परफ्युम लगाउँथ्यो ।

जब ऋतिकले रातभरी मन्दिरमा बिताएः

म र डग्गुबीच निकै गहिरो सम्बन्ध छ । जब मलाई क्षयरोग भयो तब मलाई अस्पतालमा भर्ना गरिएको थियो । डाक्टरले मेरो परिवारसँग अर्को ३६ देखि ४८ घण्टा निकै नाजुक भएको जानकारी दिए । आमाले मलाई पछि भन्नुभयो कि ऋतिक रातभरी मन्दिरमा बसेर मेरा लागि प्रार्थना गरिरह्यो । त्यसपछि जब मलाई क्यान्सर भयो तब ऊ दैनिक पाँचजना डाक्टरलाई भेट्ने गर्दथ्यो ।

ऋतिक निकै सफा मन भएको व्यक्ति हो । उनले कहिले पनि कसैका लागि गलत   गरेका छैनन् । ऊ कसैसँग पनि धेरै कुरा गर्दैन, आफ्नो पीडालाई आफूसँगै राख्छ ।

जब मलाई ऋतिकको दिमागमा रगत जमेको छ र यसका लागि उसको शल्यक्रिया गर्नुपर्छ भन्ने थाहा पाएँ तब त्यतिबेला उसको अगाडि कसरी जाने भन्ने थाहा भइरहेको थिएन । म त्यो दिन असाध्यै रोएको थिएँ । मैले आफूलाई सम्हाल्न सकिरहेको थिइनँ तर जब ऋतिक शल्यक्रिया रुममा गयो तब ऊ हाँसिरहेको थियो ।

डग्गूले मलाई कहिले पनि उसले मेरो लागि केके गरेको छ भनेर भनेका छैन । मैले सबैकुरा आमाबाट थाहा पाएकी हुँ । यतिका वर्ष बितिसक्यो तर हामीबीच केही पनि परिवर्तन भएको छैन । अब हाम्रो दैनिक भेट हुँदैन, दिनदिनै कुराकानी पनि हुँदैन तर मलाई थाहा छ कि जतिबेला मलाई चाहिन्छ, मेरो भाइ सधैं मेरो साथमा नै हुनेछ ।

उसलाई थाहा छ कि म उसको सबैभन्दा ठूलो आलोचक हुँ । उसले मलाई जे सुकै सोध्दा भने म इमान्दारीतापूर्वक उसलाई सल्लाह दिन्छु ।

संसारको लागि ऊ सबैभन्दा सेक्सी पुरुष हुनेछ तर मेरा लागि ऊ एउटा प्यारो भाइ, छोरा र उत्कृष्ट पिता हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप