रोशन परिवारको समर्थनमा उत्रिइन् रितिककी पूर्वपत्नीः भनिन्, ‘मुश्किल समयमा परिवारलाई सम्मान गर्नुहोस्’
ऋतिक रोशन र कंगना रनौतबीचको विवाद जगजाहिर छ । यो निकै अघिदेखि चलिरहेको छ र यो चाँडै रोकिएला जस्तो छैन । हालै रितिककी बहिनी सुनैनाले आफ्नो परिवारलाई विभिन्न आरोप लगाइन् । उनले सोसल मिडियामा विभिन्न पोष्टमार्फत् उनको परिवारमा सबैकुरा ठिकठाक नभएको बताएकी थिइन् । यसबाहेक कंगनाकी बहिनी रंगोलीले सुनैनाको परिवारले उनलाई क्षती पुर्याउन चाहेको पनि आरोप लगाएकी छिन् ।
अब सुजैन खानले आफ्नो इन्स्टाग्राममा एउटा पोष्ट लेखेर ऋतिक र रोशन परिवारको समर्थनमा उत्रिएकी छिन् । उनले लेखिन्, ‘मेरो अनुभवको आधारमा र मेरो जीवनको एउटा हिस्सा यो परिवारको निकै नजिक भएको नाताले सुनैनालाई निकै प्यारी, केयरिङ व्यक्तिको रुपमा चिन्दछु जो एक दुर्भाग्यपूर्ण स्थितीमा छिन् । सुनैनाका पिता स्वास्थ्यको समस्यासँग गुज्रिरहेका छन् । यस्तोमा कृपया परिवारको यो कठिन समयमा उनीहरुलाई सम्मान गर्नुहोस् । हरेक परिवार यस्ता समस्याबाट गुज्रन्छ । मैले यस्तो भन्न आवश्यक ठानेँ किनभने म लामो समयदेखि यो परिवारको हिस्सा थिएँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? : शंकर पोखरेल
-
सुखद सम्बन्धका लागि जीवनसाथीसँग गर्नैपर्ने ६ कुराकानी
-
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
-
मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प
-
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
-
आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण