विपक्षी आत्तियो, मार्सी चामलको विज्ञापन गरेर हिँड्यो : प्रधानमन्त्री ओली
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दल नेपाली कांग्रेस सरकारको लोकप्रिय कामको विरुद्धमा लागेको बताएका छन् ।
मंगलबार नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी निकटका पत्रकारहरुसँगको आन्तरिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामबाट आत्तिएर कांग्रेसले मार्सी चामलको विज्ञापन गरेर हिँडेको बताए ।
सरकारले पाँच वर्षभित्र सबैलाई खान पाउने, लाउन पाइने बस्न पाउने व्यवस्था गर्न लागेपछि नेपाली कांग्रेसमा पार्टीको साइबोर्डमात्र रहनेभएपछि उनीहरु आत्तिएको बताउँदै ओलीले भारतबाट आएको बासमती चामल खाएर मार्सी चामलको विरोध नगर्न आग्रह गरे ।
उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा अर्का अध्यक्ष प्रचण्ड र आफू एउटा अर्कै सन्र्दभमा गएर खाना खाएको विषयलाई केही मुद्दा नपाएपछि कांग्रेसले ठूलो मुद्दा बनाएको भन्दै कटाक्ष गरे ।
उनले भने–‘अहिले बासमती चामल खानेहरु कराएका छन् मार्सी चामल खायो भनेर । त्यो कालो चामल त्यति मिठो पनि हुँदैन । हामीले दुर्गाजीकोमा एउटा सन्र्दभमा खाएका हौँ, यसमा लुकाउनुपर्ने आवश्यकता केही छैन । विपक्षी आत्तिएको छ, मुद्दा केही छैन, मार्सी चामलको विज्ञापन गरेर हिँडेको छ ।’
धुम्बाराहीमा केपी ओलीले भने– प्रचण्डको टाउकोको मूल्य तोक्नेले अहिले देखिसहेका छैनन्
उनले ब्रत बसेर मण्डी ओडेर खाने, कण्ठी बाँधेर माछा खाने आफ्नो बानी नभएको उल्लेख गर्दै आफूले सिधा कुरा गर्ने उल्लेख गरे ।
छिर्के लगाउने, जर्सी समातेर तान्ने र गोल हाल्न नदिने खेल भयो
प्रधानमन्त्री ओलीले सरकारले राम्रा काम गर्न थाल्दा प्रतिपक्षी दल कांग्रेसले अहिलेदेखि नै विरोध गर्नु उचित नभएको उल्लेख गरे । उनले फुटबल खेलमा छिर्के लगाउने, जर्सी समातेर तानेर गोल हाल्न नदिने जस्तै आफूमाथि पनि त्यस्तै खेल भएको आरोप लगाए ।
कवि हरिभक्त कटुवालको एउटा कविता स्मरण गर्दै उनले भने–‘कवि हरिभक्त कटुवालको एउटा कविता छ, जुनलाई टाढैबाट हेर प्रिय, नजिकबाटै हेरेर दागधब्दा देखिन्छ । हरिभक्तले टाढाबाट हेर्न भनेका छन् तर म नजिकबाट हेर्न आग्रह गर्छु, दाग धब्दा देखिए झार्दिए हुन्छ ।’
प्रधानमन्त्री ओलीले हिंसात्मक शक्तिलाई भित्र भित्र बढावा गर्ने काम भइरहेको बताँउदै यसलाई सरकारले नजिकबाट हेरिरहेको पनि उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले यो बर्ष ८ प्रतिशत आर्थिक बृद्धिदर गर्ने बताँउदै ३ बर्षमा तीब्र आर्थिक बृद्धिदर भएको मूलक बनाउने उल्लेख गरे ।
हामी गोल हान्न खोज्छौं, कांग्रेसले छिर्की हानिहाल्छः प्रधानमन्त्री
अरु देश विकसित भएका कारण १ प्रतिशत मात्र आर्थिक बृद्धिदर गर्ने अवस्थामा पुगेको बताउँदै उनले हामीसँग विकासका धेरै सम्भाव्यता रहेकाले धेरै बृद्धिदर हाँसिल गर्न सक्ने उल्लेख गरे । प्रधानमन्त्री
ओलीले उर्जा क्षेत्र, पर्यटन बृद्धिका क्षेत्रमा काम गर्ने बताँउदै यसैबर्ष पर्यटक र पर्यटन क्षेत्रमा देखिने गरी विकास गर्ने सरकारको लक्ष्य भएको प्रष्ट पारे ।
उनले जोतिषले हेरेको आधारमा हैन तथ्य तथ्याङ्कका आधारमा विकास गर्ने बताउदै सेवाका क्षेत्रलाई विस्तार र प्रभावकारी बनाउने, रोजगारीको क्षेत्र विस्तार गर्ने, वैदेशिक रोजगारीबाट फर्केकाहरुको सीपलाई प्रयोग गर्न सरकारले ध्यान दिने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीलेसामाजिक न्यायको क्षेत्रमा असाधारण ढंगले विकास भएको बताउँदै हरेक क्षेत्रमा निश्चित समयभित्र महिला सहभागिता ३३ प्रतिशत अनिवार्य गर्ने दाबी समेत गरे ।
उनले हरेकलाई शिक्षा, विद्यालय भर्ना अनिर्वाय मात्र नभई ड्रपआउट रोक्ने गरी काम गर्ने बताए ।
नेपालमा २ तिहाई जनसंख्या कृषिमा आत्मनिर्भर रहेको बताउँदै प्रधानमन्त्री ओलीले कृषि क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताए । उनले इजराइलको उदाहरण दिँदै २ प्रतिशत मान्छे कृषिमा रहेर ९८ प्रतिशतलाई खुवाएर निर्यात गर्ने गरेको भन्दै कृषिको विकास गरेर बाहिर निर्यात गर्ने अवस्थामा पु¥याएको बताए ।
उनले देश, जनताप्रति, पार्टीप्रति मानव जातीप्रति प्रत्येक दिन आफूले सपथ ग्रहण गर्ने गरेको बताउँदै स्तरीय मानव व्यवहार भन्दा तल, गैरकम्युनिष्ट व्यवहार देखियो भने त्यसका विरुद्धमा लाग्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण