धुम्बाराहीमा केपी ओलीले भने– प्रचण्डको टाउकोको मूल्य तोक्नेले अहिले देखिसहेका छैनन्
काठमाडौं– प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको टाउकोको मूल्य तोक्ने नेताहरुले अहिले देखिनसहेको बताएका छन् ।
धुम्बाराहीमा प्रेस सेन्टर र प्रेस चौतारी निकट पत्रकारहरुको आन्तरिक प्रशिक्षणमा बोल्दै ओलीले कांग्रेसको नामै नलिइकन भने, ‘ प्रचण्डको टाउकोको मूल्य तोक्ने दलका नेताले प्रचण्डलाई यो ठाउँमा देखि सहन सकेका छैनन् ।’
उनले पार्टीले प्रगति गर्दा देखिनसकेका लागि आफूहरुको केहि भन्नु नरहेको बताउँदै भने, ‘हामी पहिला चप्पल लगाउथ्यौं, अहिले जुत्ता लगाउँदा सहन सकेको छैनन् ।’
उनले कांग्रेसलाई आफू नेतृत्वको सरकार अपदस्त रहेको भएपनि त्यसका लागि पनि प्रक्रिया चाहिने बताए । ‘ काँग्रेसलाई सरकार अपदस्थ गर्ने अधिकार छ तर प्रक्रियाबाट’, उनले भने, ‘ हामी जसरी यो असवस्थामा आएका छौ त्यसैगरी प्रक्रियामा जानुपर्छ, सडकमा रडाको मच्चाएर अर्थ छैन ।’ उनले जनताले आफूहरुलाई राम्ररी बुझेको दाबी गर्दै सत्ता बाहिर हुँदैमा कांग्रेसले रुवाबासी गर्नुको अर्थ नभएको बताए ।
सरकार भ्रष्टाचार नियन्त्रण, कृषिमा आधुनिकीकरण, उद्योगधन्दाको विस्तारलगायतमा लागेको तर त्यसमा पनि कांग्रेसले अवरोध गरिरहेको ओलीको आरोप थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण