हामी गोल हान्न खोज्छौं, कांग्रेसले छिर्की हानिहाल्छः प्रधानमन्त्री
मङ्गलबार, ०८ साउन २०७५, ११ : ४८
काठमाडौं– प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कडा आलोचना गरेका छन् ।
कांग्रेसले सरकारको हरेक काममा अवरोध गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै ओलीले आफूहरुलाई काम गर्ने हतारो भएको तर कांग्रेसलाई भने विरोध गर्नै हतारो भएको बताए ।
धुम्बाराहीमा प्रेस सेन्टर र प्रेस चौतारी निकट पत्रकारहरुको आन्तरिक प्रशिक्षणमा बोल्दै ओलीले भने, ‘ हामी काम गर्न लागेका छौं । तर विपक्षिलाई विरोध गर्ने हतारो छ । हामीलाई अलमल्याउन खोज्छन् । गोल गर्न गर्दा छिर्के लगाउँछन्, जर्सी तानेर लडाउन खोज्छन् ।’
उनले राष्ट्रिय आत्मनिर्भरताका लागि सरकारले काम गरिरहेको, ३ वर्षभित्र देशलाई विकसित मुलुकको रुपमा उभ्याउनले लक्ष्य रहेको भन्दै कांग्रेसलाई शान्त हुन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण