आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गुफामा फसेका १२ किशोर भेटिए, उद्दारका लागि थाइ सेनाले गर्यो यस्तो तयारी

मङ्गलबार, १९ असार २०७५, १५ : ५२
मङ्गलबार, १९ असार २०७५

एजेन्सी–थाइल्याण्डमा बाढीका कारण एउटा गुफाभित्र फसेर हराइरहेका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षक नौ दिनपछि सोमबार फेला परेका छ । 

उनीहरु पानीमा फसेर रहेको दृश्य यहाँका टेलिभिजनहरुले देखाएका थिए । उनीहरुलाई बाहिर निकाल्ने प्रयास जारी रहेको उद्धारकर्ताहरुले जानकारी दिएका छन् । 

सो गुफा हेर्न पुगेका एक विद्यालयका १२ जना विद्यार्थी र उनीहरूका प्रशिक्षक गत नौ दिनदेखि हराइरहेका थिए । उनीहरुलाई फुटबल प्रशिक्षकले नै भ्रमणका लागि सो गुफामा लगेका थिए । 

गुफाभित्रै पानीले घेरिएको र एउटा सानो टापूजस्तो स्थानमा उनीहरु फेला परेका थिए । उनीहरुको उद्धारका लागि राष्ट्रिय सेनाको एक विशेष समूह लागिपरेको छ । 

ती बालक भेटिएको खबरले देशमा खुशियाली छाएको छ । ती बालकका आफन्तहरुले निकै खुशी भएको बताएका छन् । 

उद्धारकर्ताहरुले यो कार्य निकै कठिन भएको जनाएका छन् । तर सेनाको विशेष समूहले ती बालकलाई सकुशल उद्धारका लागि विशेष योजनाका साथ काम गरिरहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप