प्रियंकाको अफेयरबारे यसो भन्छिन् निक जोनासकी पूर्व प्रेमिका
आजकाल सोसल मिडिया बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासबीच कथित अफेयरको चर्चाले तातेको छ । हालै, यी दुईको रोमान्टिक डेटका थुप्रै तस्बिर सार्वजनिक भएका थिए । मानिसहरु यो कथित अफेयरले प्रभावित भएपनि निककी पूर्व प्रेमिका डेल्टा गुडरेमलाई भने यो खबरले दुःखी बनाएको बुझिन्छ ।
मिडिया रिपोर्टका अनुसार डेल्टालाई जब निकले आफ्नो र प्रियंकाबीचको अफेयरबारे जानकारी दिए तब उनको मन टुटेको थियो । प्रियंका बारे डेल्टाले भनिन्, ‘म प्रियंकासँग प्रतिस्पर्धा गर्न सक्दिनँ किनभने उनीसँग प्रिन्स ह्यारकी श्रीमती मेगन मर्कलजस्ता साथी छन् ।’
स्मरण रहोस्, एक वर्ष एकअर्कालाई डेट गरेपछि निक र डेल्टाको ब्रेकअप भएको थियो । यद्यपी, डेल्टाले आफूहरु पुनः सँगै हुने आशा व्यक्त गरेकी थिइन् ।
प्रियंका चोपडा निक जोनासको हातमाथि हात राखेर यसरी विवाहमा पुगिन् (फोटोफिचर)
डेल्टाले निकसँग सम्बन्धमा रहँदा मिडियासँग भनेकी थिइन्, ‘मेरो जिन्दगीमा निकजस्ता व्यक्ति भएका कारण म निकै भाग्यमानी छु । म अहिले अत्यधिक खुसी छु ।’ डेल्टा अष्ट्रेलियाकी गायिका, कम्पोजर, राइटर र नायिका हुन् ।
१० वर्ष कान्छा प्रेमीसँग डिनर डेटमा भेटिइन् प्रियंका चोपडा
३५ वर्षीया प्रियंका चोपडा २५ वर्षे अमेरिकी गायकको प्रेममा !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण