बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंकाको अफेयरबारे यसो भन्छिन् निक जोनासकी पूर्व प्रेमिका

मङ्गलबार, ०५ असार २०७५, १२ : ४१
मङ्गलबार, ०५ असार २०७५

आजकाल सोसल मिडिया बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासबीच कथित अफेयरको चर्चाले तातेको छ । हालै, यी दुईको रोमान्टिक डेटका थुप्रै तस्बिर सार्वजनिक भएका थिए । मानिसहरु यो कथित अफेयरले प्रभावित भएपनि निककी पूर्व प्रेमिका डेल्टा गुडरेमलाई भने यो खबरले दुःखी बनाएको बुझिन्छ ।

मिडिया रिपोर्टका अनुसार डेल्टालाई जब निकले आफ्नो र प्रियंकाबीचको अफेयरबारे जानकारी दिए तब उनको मन टुटेको थियो । प्रियंका बारे डेल्टाले भनिन्, ‘म प्रियंकासँग प्रतिस्पर्धा गर्न सक्दिनँ किनभने उनीसँग प्रिन्स ह्यारकी श्रीमती मेगन मर्कलजस्ता साथी छन् ।’

स्मरण रहोस्, एक वर्ष एकअर्कालाई डेट गरेपछि निक र डेल्टाको ब्रेकअप भएको थियो । यद्यपी, डेल्टाले आफूहरु पुनः सँगै हुने आशा व्यक्त गरेकी थिइन् ।

प्रियंका चोपडा निक जोनासको हातमाथि हात राखेर यसरी विवाहमा पुगिन् (फोटोफिचर)

डेल्टाले निकसँग सम्बन्धमा रहँदा मिडियासँग भनेकी थिइन्, ‘मेरो जिन्दगीमा निकजस्ता व्यक्ति भएका कारण म निकै भाग्यमानी छु । म अहिले अत्यधिक खुसी छु ।’ डेल्टा अष्ट्रेलियाकी गायिका, कम्पोजर, राइटर र नायिका हुन् ।

१० वर्ष कान्छा प्रेमीसँग डिनर डेटमा भेटिइन् प्रियंका चोपडा

३५ वर्षीया प्रियंका चोपडा २५ वर्षे अमेरिकी गायकको प्रेममा !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप