मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

३५ वर्षीया प्रियंका चोपडा २५ वर्षे अमेरिकी गायकको प्रेममा !

बिहीबार, १७ जेठ २०७५, १० : २५
बिहीबार, १७ जेठ २०७५

बलिउडबाट टाढा आजकाल हलिउडमा सक्रिय प्रियंका चोपडा अहिले चर्चामा छिन् । खबरका अनुसार लामो समयदेखि ‘सिंगल’ रहेकी ३५ वर्षे प्रियंका ‘मिंगल’ भएकी छिन् । उनी आफूभन्दा १० वर्ष कान्छो अमेरिकी गायकसँग डेट गरिरहेको स्रोतले जानकारी दिएको छ ।

प्रियंका २५ वर्षे अमेरिकी गायक निक जेनाससँग सम्बन्धमा रहेको स्रोतले दाबी गरेको छ । यूएस डेलीले नजिकको स्रोतको हवाला दिँदै भनेको छ, ‘यी दुई एक अर्कालाई डेट गरिरहेका छन् र यो निकै नयाँ हो । उनीहरु निकै राम्रा जोडी हुन् र एक अर्कामा एकदम रुची राख्छन् ।’ दुबैका केही फोटो सोसल मिडियामा भाइरल भइरहेको छ जसमा दुबैले क्वालिटी टाइम बिताइरहेको देखिएका छन् ।

प्रियंका र निकलाई पहिले नै सँगै देखिसकिएको छ  तर उनको हालै सार्वजनिक भएको फोटोमा उनीहरु एकसाथ डुङ्गामा बसिरहेको देख्न सकिन्छ ।

यो फोटोमा प्रियंका र निक एक अर्काको निकै नजिक बसिरहेको देख्न सकिन्छ । अहिले प्रियंका क्यालिफोर्नियामा छिन् ।

Are #NickJonas and #PriyankaChopra the new couple in town?

A post shared by Radio Mirchi UAE (@radiomirchiuae) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप