शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

समाचार प्रभाव : मलेसियास्थित नेपाली दूतावासमा कार्यरत म्यानपावर व्यवसायी निष्कासित

बिहीबार, १० जेठ २०७५, ११ : २३
बिहीबार, १० जेठ २०७५

काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासमा कार्यरत एक कर्मचारीलाई निष्कासन गरिएको छ ।

क्वालालुम्पुरस्थित नेपाली दूतावासमा कार्यरत सवारी चालक प्रविन प्रधानलाई दूतावासले निष्कासन गरेको हो । प्रधानले काठमाडौंको गौशालामा उत्सव एचआर सोलुसन प्रालिको नाममा म्यानपावर कम्पनी सञ्चालन गरिरहेको पाइएको थियो । 

प्रधानलाई यसअघिका राजदूतले सवारी चालकका रुपमा दूतावासमा जागिर दिएका थिए । 

तर, प्रधानले दूतावासको मानमर्दन हुने गरी म्यानपावर व्यवसायमा संलग्न भएको र दूतावासको कर्मचारीको नाममा गलत फाइदा उठाएको भन्दै निष्कासन गरिएको हो । 

बुधबार साँझ दूतावासले विज्ञप्ति जारी गर्दै उनलाई जिम्मेवारीबाट हटाएको बताएको छ । 

रातोपाटीले यसअघि नै प्रधानबारे समाचार प्रकाशन गरेको थियो । 

दूतावासकै कर्मचारी मेनपावर सञ्चालक भएपछि...

रातोपाटीले मलेसियाको वैदेशिक रोजगारीबारे नियमित रुपमा समाचार प्रकाशित गरिरहेको छ ।

हेर्नुहोस् यी समाचार पनि

हेर्नुहोस् रातोपाटीमा प्रकाशित समाचार

सरकारलाई मलेसियन दूतावासको चुनौती – ‘वान स्टप सेन्टरको काम जारी राख्नु’

 

बैदेशिक रोजगारीमा ठगी विरुद्ध प्रहरीको अप्रेशन, ४० भन्दा बढी पक्राउ

मलेसिया रोजगारीमा लुटधन्दा : सिन्डिकेटधारीमाथि श्रममन्त्रीको धावा (भिडियो)

माइग्राम्स र बायोमेट्रिक बन्द

नेपाली कामदारको अतिरिक्त शुल्कबारे मलेसियन दूतावास भन्छ : अहिले जस्तो छ, त्यसरी नै चल्छ

वैदेशिक रोजगारीको अर्को पाटो : हुण्डीमार्फत् वार्षिक ३५ करोड रुपैयाँ मलेसिया जान्छ

मलेसिया रोजगारीमा लुटधन्दा : भीएलएन नेपाल र वान स्टप सेन्टरले यसरी असुल्दै छ रकम

बायोमेडिकल भित्र्याउने पदाधिकारी मालामाल, अरूको बेहाल !

मलेसिया भिसा ‘धन्दा’ : सिन्डिकेटदेखि हुण्डीसम्म

यसरी लुटिन्छन् मलेसिया जाने नेपाली कामदार

मलेसिया रोजगारीमा लुटधन्दा : नेपालको प्राइभेट कम्पनीलाई मलेसियन इमिग्रेसनको अधिकार !

हामीलाई कसैले किन्न सक्दैन, वैदेशिक रोजगारको सिन्डिकेट चाँडै अन्त्य हुन्छ  : श्रममन्त्री गोकर्ण विष्टको अन्तरवार्ता

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप