केन्द्रीय संस्करण

यसकारण मैले श्रीमानलाई छाडेँ...

person access_timeमाघ २९, २०७४ chat_bubble_outline0

बीबीसी

मलाई त्यो रात उज्यालो हुने छैन भन्ने लागिरहेको थियो । मेरो टाउका फुट्लाझँै हुँदै थियो र म निरन्तर रोइरहेकी थिएँ ।

रुँदारुँदै कतिबेला सुतेँ । बिहान ६ बजे निन्द्रा खुल्दा मेरो श्रीमान् अगाडि थियो । अघिल्लो रातको कुरा लिएर उसले सोध्यो– ‘के सोच्यौ तिमीले ? तिम्रो उत्तर हो अथवा होइन ?

मैले केही पनि बुझिरहेकी थिइनँ । आखिरीमा हिम्मत गरेर बोलँ, ‘तपाईं आज अफिस जानुहोस् प्लिज । म तपाईंलाई साँझसम्म फोन गरेर भन्ने छु, प्रतिबद्धता भयो ।’

उसले धम्क्याउँदै भन्यो– ‘ठीक छ । म स्वयम् चार बजे तिमीलाई फोन गर्नेछु । मलाई जवाफ चाहियो र त्यो पनि होमा नै जवाफ चाहियो नत्र राति सजाय भोक्न तयार रहनू ।’

साजयको अर्थ थियो एनल सेक्स । उसलाई थाह थियो, मलाई यसले धेरै दुख्थ्यो । यसकारण उसले यसलाई टर्चर गर्ने तरिका बनाएको थियो ।

नौ बजेसम्म ऊ र उसकी दिदी अफिस गइसकेका थिए । म घरमा  एक्लै थिएँ । घण्टाँै सोचेपछि मैले बुबालाई फोन गरे भने म अब योसँग बस्न सक्दिनँ । मलाई डर थियो, बुबा रिसाउने छन् तर उनले भने ‘झोला बोकेर त्यहाँबाट हिँड तिमी ।’

आफ्ना सक्कल प्रमाणपत्र र एउटा किताब लिएर बस पार्कतिर गएँ । श्रीमानलाई म्यासेज पठाएँ, मेरो जवाफ हुँदैन, म माइत गएँ । फोन स्विच अफ गरेँ ।

केही समयपछि म आफन्तहरूसँग आफ्नो माइती घरमा थिएँ । मैले विवाह भएको दुई महिनामा नै श्रीमानको घर छोडेकी थिएँ । मेरो श्रीमान साहिल, जोसँग म आजभन्दा करिब तीन वर्ष पहिलो ग्र्याजुएसन गरिरहेको बेला अन्तिम वर्ष भेटेकी थिएँ ।

ऊ धेरै हाँस्थ्यो । मलाई त्यसको नजिक बस्न धेरै आन्द लाग्थ्यो र यसरी नजिक बस्दा नै प्रेम भयो । हामी घुम्न जान्थ्याँै, घण्टाँै कुराकानी गथ्र्यांै । जीवन धेरै नै खुशी थियो । तर यो गलाबी रोमान्स धेरै दिन टिक्न सकेन ।

विस्तारै विस्तारै मलाई के लाग्न थाल्यो भने यो बरबरीको नता होइन, जुन म चाहन्थे । यो सम्बन्ध त्यस्तै भइरहेको थियो जस्तो मेरो आमाबुबाको थियो । फरक यति थियो, मेरी आमा केही भन्दिनथिन् म चुप बस्दिनँ थिएँ ।

बुबा ससाना कुरामा आमासँग कराउँथे, पिट्थे । आमा केवल रुन्थिन् । साहिलसँग बहस हुन्थ्यो त ऊ प्राय धक्का मुक्की गर्न तम्सन्थ्यो र नजिक आउने कोसिस गथ्र्यो । म यस्तो गर्ने होइन भन्दा कराउँथ्यो ।

एक पटक उसले मलाई सोध्यो, ‘भन त यदि मैले कहिल्यै तिमीलाई पिटँे भने ? म आश्चर्यमा परेँ । आफ्नो रिसलाई काबुमा राखेर भने ‘म त्यही दिन तिमीलाई छोड्ने छु ।’

उसले तुरुन्त भन्यो, ‘यसको मतलब तिमी मलाई माया गर्दैनौँ । मायामा त कुनै शर्त हुनुहुँदैन ।’ यसपछि एक महिनासम्म हाम्रो बोलचाल नै बन्द भयो ।

बिस्तारै लडाइँ बढ्दै गयो । कैयौँ पटक मैले नाता सम्बन्ध तोड्ने कोसिस गरेँ तर हरेक पटक माफी माग्थ्यो ।

म स्वयम् सधैँका लागि साहिलबाट छुट्टिन चाहन्थे तर थाह छैन किन यस्तो गर्न सकिनँ । यसैबीच विवाहको दबाब थियो । म शिक्षण पेसामा थिएँ । म कक्षा कोठामा हुन्थँे र आमाबुबाको फोन आउँथ्यो ।

फोनमा हरेक पटक त्यही कुरा हुन्थ्यो, ‘विवाहको बारेमा के सोचेकी छौ ? साहिलसँग नै विवाह गर । उसले गर्दैन भन्यो भने हामीले मन पराएको केटासँग गर । आफ्ना दुई बहिनीको बारेमा पनि सोच आदि आदि ।

घरमा केही गडबड भयो भने मैले विवाह नगर्दा भएको भन्न थाले । आमाको स्वाथ्य बिग्रेमा पनि मैले विवाह नगर्दा भएको । बुबाको व्यापारमा घाटा भए मैले विवाह नगर्दा भएको हो ।

म यति दुःखी भएँ कि विवाह गर्न बाध्य भएँ । म तयार त्यो समयमा पनि थिइनँ, साहिलको प्रतिबद्धता, जुन उसले यस्तो काम गर्ने छैन कि जुन कुराले मलाई दुःख नहोस्, भरोसा पनि थिएन ।

विवाहपछि मैले मानेको डर सत्य बनेर अगाडि आयो । साहिल मलाई कठपुतलीझँै आफ्नो इसारमा नचाउन थाल्यो ।

मेरो कविता लेख्ने बानी थियो । म फेसबुकमा आफ्ना कविता सेयर गर्थें । उसले यसमा पनि रोक लगायो । म कपडा पनि उसको चाहनाअनुसार लगाउन पाउँथे ।

मलाई सम्झना छ, उसले भनेको ‘रातिसम्म आफ्नो लेखाइ पढाइको काम सक्नु । मलाई खुशी बनाएनौँ भने म अन्त जानेछु ।’

उसले भन्थ्यो, तिमीले मलाई खुशी गर्न सक्दैनौँ । यसकारण पोर्न फिल्म हेरेर केही सिक्न भन्थ्यो र उसको दिमागमा हिरो बन्ने शौक बढ्यो । ऊ मलाई छोडेर मुम्बै जान चाहन्थ्यो ।

उसले भन्यो– ‘तिमी यहीँ बसेर नोकरी गर र मलाई पैसा पठाउनू । म तिम्रो नाममा ऋण लिएर घर किनिदिन्छु ।’

यसका लागि उसलाई मेरो अनुमति चाहिएको थियो । त्यो रात हुन्छ भन्ने सुन्नका लागि उसले मलाई धक्का दिएर बेडमा फाल्यो र जबरजस्ती गर्ने कोसिस गर्यो ।

सीमा नाघ्यो । त्यही बिहान मैले मेरो श्रीमानलाई छोडिदिएँ । म पढेलेखेकी महिला थिएँ, स्वयम् काम गर्न सक्थेँ । आफ्नो बलमा बाँच्न सक्थे । फेरि पनि जब म साहिलको घर छोडेर हिँडँे त मेरो कलेजो मुखसम्म आएजस्तो लाग्दै थियो ।

समाजको डर थियो र आफ्नाको पनि । तर मेरो दिलदिमागमा भएको डर योभन्दा धेरै ठूलो थियो । आमाबुबा र दुई बहिनीले घेरिएको म आफ्नो घर पुगेँ । मेरो कपाल छरपस्ट थियो र आँखा सुन्निएका थिए रातभरि रुएको कारण ।

विवाह भएको दुई महिनापछि छोरी माइत आउँछे त उसको अनुहारमा भिन्न चमक हुन्छ, तर मेरो अनुहार चाउरिएको थियो । छिमेकीका चलाख आँखाले मेरो सच्चाइ थाह पाइहाले ।

मेरो माइतीघरमा आउनेहरूको लाइन लाग्यो, हामीसँग नराम्रो भयो । केही मानिसलाई साहिलले मलाई फिर्ता लैजाने छ भन्ने आशा थियो ।

कसैकसैको भनाइ के थियो भने यति सानो कारणले यति ठूलो निणर्य गर्नु हुँदैन । जति मानिस थिए त्यति नै कुरा तर यी सबै कुराले मेरो निर्णय बदलिएन ।

साहिलको घर छोडेको मलाई सात महिना भइसक्यो र अब म आफ्नो बाटो स्वयम् तय गरिरहेकी छु । मैले फिलोसिप पाएकी छु । म नोकरी गरिरहेकी छु र साथै पढिरहेकी छु ।

यी सबैको साथ म अदालत र थाना जान्छु किनकि कानुनी रूपमा तलाकको प्रक्रिया पूरा भएको छैन ।

आज पनि म कैयौँ पटक सुतेको समयमा  झस्केर उठ्छु । अहिले पनि म नराम्रा सपना देख्छु । मसँग जे घटेको थियो, आज पनि म त्यसलाई बिर्सन सकिरहेकी छैन तर अगाडि बढ्ने मेरो कोसिस जारी छ ।

नाता र प्रेमसँग मेरो विश्वास हल्लिएको छ तर टुटेको छैन । मैले सोचेकी छु, आफूलाई तीन वर्षको समय दिउँ । यो सयमा म आफ्नो माया आफैमा फर्काउने छु र आफूलाई बलियो बनाउने छु ।

म आफैमा गर्व छ, म चुप बसिन, सहेर बसिन बरु समयको साथै यो नातालाई तोडिदिएँ । यसकारण मलाई के विश्वास छ भने मेरो भविष्य हिजो र आजभन्दा धेरै राम्रो हुनेछ ।

यस शृृंखलाका अरु कथा पढन यहाँ जानुहोस्

..र परपुरुषहरुसँग फेसबुकमा जिस्किने गर्छु

जब मेरा पति एक महिलासँग सम्बन्धमा बसे...

जब यी महिलाले पति नपुंसक भएको थाहा पाइन्....

जब म २१ वर्षमै कुमारी आमा बने...

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ