केन्द्रीय संस्करण

जब यी महिलाले पति नपुंसक भएको थाहा पाइन्....

person access_timeमाघ ८, २०७४ chat_bubble_outline0
प्रतिकात्मक तस्विर

भारतीय महिलाको वास्तविक जीवनमा आधारित कथा जसले आधुनिक भारतीय महिलाको विचार र उनका अगाडि रहेका विकल्प, आकाङ्क्षा, प्राथमिकता र इच्छाहरु दर्साउँछ ।

एजेन्सी– मेरो विवाहको पहिलो रात थियो । म पहिलो रात कुनै पुरुषसँग अन्तरङ्ग हँुदै थिएँ । नजिकका साथीहरुसँग भएका कुराकानी र हेरेका पोर्न भिडियोले मेरो दिमागमा सपना र इच्छाहरुका कैयौँ तस्बिर बुनेको थिए । 

हातमा दूधको गिलास लिएर टाउको झुकाएर जब म मेरो सुत्ने कोठामा गएँ । त्यति बेलासम्म सबै सोचे अनुरुप नै थियो । तर मलाई के थाहा थियो र त्यो रातले मेरो जीवनमा यति ठूलो उतारचढाव ल्याउने छ । 
मेरा श्रीमानले मलाई कसेर अँगालो हाल्नेछन्, म्वाई खानेछन् र रातभरी मलाई माया गर्छन् भन्ने सपना सजाएर जब म कोठामा पसेँ वास्तविकता त्योभन्दा भिन्न उनी पहिले नै सुतिसकेको थिए ।

म ३५ वर्षसम्म कुमारी नै थिएँ, श्रीमानले मेरो अस्तित्व नस्विकारेकोमा मलाई सारै दुःख लागेको थियो । कलेजका दिनहरुमा मात्र होइन, अफिसमा पनि मैले कैयौँ केटाकेटीहरुबीच गहिरो मित्रता देखेकी थिएँ । उनीहरु आफ्ना पार्टनरका काँधमा आफ्नो टाउको राख्थे । हात समातेर घुम्थे । 

म मेरो पनि त्यस्तै कोही साथी हुनेछ भनेर सोच्थेँ । हाम्रो ठूलो परिवार थियो । चार भाइ, एक बहिनी र बूढा आमाबुबा । यत्रो परिवार हँुदा पनि मलाई सधैँ एक्लै छु जस्तो लाग्थ्यो । 

बढ्दो उमेरमा पनि एक्लै थिएँ 
मेरा सबै भाइबहिनीको विवाह भइसकेको थियो । उनीहरुको आआफ्नो परिवार थियो । मेरो उमेर बढेसँगै उनीहरु कहिलेकाहीँ मेरोबारे वास्ता गरिरहेको जस्तो मलाई लाग्थ्यो । मेरो मनमा पनि माया गर्ने इच्छा थियो तर यी सबै कुरा मेरो कल्पनामा मात्र थियो । मलाई कहिलेकाहीँ मोटी भएका कारण हो कि मलाई कसैले नहेरेको भन्ने लाग्थ्यो । 

के पुरुषहरू मोटी केटी मन पराउँदैनन् ? के मेरो परिवार मेरो शारीरिक तौलका कारण मेरा लागि जीवनसाथी खोज्न असफल भएको हो त ? के म सधैँ एक्लै रहने छु ? मेरो मनमा यस्ता प्रश्नहरु खेलिरहन्थे । 

विवाहपछि मेरो दुविधा 
जब म ३५ वर्षकी भएँ ४० वर्षको एउटा पुरुष मसँग विवाहका निम्ति आए । उसलाई भेटेकै दिन मैले आफ्ना भावनाहरुका बारेमा उसलाई सामान्य कुराहरु भनेँ । तर उसले यो विषयमा ध्यान दिएन । न त यसको बारेमा कुनै जवाफ नै । 

ऊ अलिकति आत्तिएको जस्तो देखियो । आफ्नो टाउको हल्लाउँदै तल हरेर चुपचाप बसिरह्यो । मैले के सोचेँ भने आजभोलि महिलाभन्दा पुरुष बढी लजाउँछन् । त्यही भएर मेरो हुनेवाला श्रीमानमा पनि कुनै अपवाद नहुन सक्छ । 

यही भएर कुनै जवाफ दिएन । तर विवाहको पहिलो रात म निकै दुविधामा परेँ । किन उसले यस्तो गर्यो भन्ने मलाई थाह थिएन । दोस्रो दिन बिहान मैले उसलाई सोधेँ, उसले भन्यो मलाई सन्चो थिएन । तर पछि पनि केही परिवर्तन भएन । हाम्रो दोस्रो, तेस्रो र कयौँ रातहरु यस्तै गरी बिते । 

सासूले श्रीमानको बचाउ गरिन्

यी सबै कुरा जब मैले आफ्नी सासूलाई भनेँ, उनले त्यसलाई गम्भीरताका साथ लिनुको सट्टा मेरो श्रीमानको बचाउ गर्नतर्फ लागिन् । उनले भनिन्– ‘ऊ सानैदेखि लजालु स्वभावको छ र केटीहरुसँग बोल्न रुचाउँदैन्थ्यो । उसले केटाहरु मात्रै पढ्ने स्कुलमा पढेको हो । घरमा न उसकी बहिनी छ न कुनै महिला साथी ।’

यद्यपि यो कुराले मलाई अस्थायी राहत दियो । तर यो बारे नसोची बस्न मलाई सहज थिएन । मेरो सम्पूर्ण आशा, सपना र इच्छा दिनदिनै टुक्रिरहेका थिए । मेरो छटपटीको मूल कारण यौन जीवन मात्र थिएन । 
मलाई कुन्नि किन सधैँ मेरो उपेक्षा भइरहेको छ भन्ने लाग्थ्यो । उनी मसँग कुरा पनि गर्दैनथे । ऊ मभन्दा टढा भाग्थ्यो छुन, समात्न त परैजाओस् । 

मेरो धैर्यताले सीमा नाघ्यो 
कुनै महिलाले आफ्नो लुगा अलिकति मिलाए भने पनि पुरुषहरु त्यतातर्फ हेर्न चाहन्छन् तर म भने राति जम्मै लुगा खोलेर सुते भनेँ पनि मेरा श्रीमान उदासीन हुन्थे । के मेरो मोटोपनाका कारण उसको त्यस्तो व्यवहार भएको हो ? अथवा उसले मसँग दबाबमा विवाह गरेको हो ?

यी सबै कुरा कोसँग भन्नुपर्ने हो मलाई त्यो पनि थाह थिएन । यी सबै कुराहरु म मेरो आफ्नै परिवारलाई पनि भन्न सक्ने अवस्थामा थिइनँ । किनभने सबैले म धेरै खुशी छु भन्ने सोचेका थिए । तर मेरो धैर्यताले सीमा नाघ्दै थियो । मैले यसको समाधानको बाटो पहिल्याउनै पर्ने थियो । 

बिदाको दिन कहिल्यै पनि ऊ घरमा बस्दैन थियो । कहिले आफ्ना साथीहरुको जान्थ्यो, त कहिले आमाबुबालाई घुमानउ लैजान्थ्यो । संयोगले ऊ एक दिन घरमै थियो । म कोठाभित्र गएँ र ढोका भित्रबाट लगाएँ । 

ऊ त दौडन लागे जस्तो गरी बिस्तराबाट उठ्यो । म उसको नजिक गएर सोधेँ– ‘के तपाईं मलाई मन पराउनु हुन्न ? हामी अहिलेसम्म एक पटक पनि अन्तरङ्ग भएनौँ । न त तपाईंले अहिलेसम्म आफ्ना भावना पोख्नु भयो । तपाईंको वास्तविक समस्या के हो ?’

उसले झोक्किएर जवाफ दियो, ‘मलाई कुनै समस्या छैन ।’

जब मलाई थाह भयो...
उनले त्यस्तो भनेपछि मलाई लाग्यो यो नजिक जाने उपयुक्त अवसर हो । म उनीसँग शारीरिक रुपमै जिस्कन थालेँ । मैले के सोचेकी थिए भने यसले उनलाई केही प्रभाव पर्नेछ । तर उनीमाथि कुनै प्रभाव परेन । उनमा उत्तेजनाका कुनै भाव नै देखिएनन् । 

त्यसपछि मैले यसबारे गम्भीर ढङ्गले सोच्नुपर्ने भयो । जसरी पुरुषहरु महिलाको सुन्दरताको आँकलन गर्छन्, मैले पनि आफ्नो श्रीमानको शारीरिक गुणहरुका बारे किन अवलोकन नगर्ने ? भन्ने कुरा मेरो मनमा आउन थाल्यो । 

अन्ततः मलाई एक दिन थाहा भयो । मेरा श्रीमान नपुंसक थिए । डाक्टरले यसको पुष्टि हाम्रो विवाहभन्दा अघि नै गरेका थिए । जुन कुरा उनलाई र उनका आमाबुबालाई राम्रोसँग थाहा थियो तर मलाई भने धोका दिइयो । 

मैले सत्य कुरा थाह पाएपछि उनलाई लाज त लाग्यो तर पनि उनले आफ्नो गल्ती कहिल्यै स्वीकारेनन् । समाज सधैँ महिलाका स–साना कुराहरुलाई बढाई चढाई प्रस्तुत गर्छ । तर यदि पुरुषबाट गल्ती भएमा त्यसको दोष पनि महिलालाई दिइन्छ ।

मेरा आफ्न्तले ‘यौन जीवन नै सबै कुरा होइन, तिमी धर्मपुत्र धर्मपुत्री अँगाल्न सक्छौँ भन्ने सुझाव दिन थाले ।’ सँगसँगै मेरो घर र माइतीतर्फकाले ‘यदि यो कुरा समाजले थाहा पाएमा हामी सबैको बेइज्जती’ हुन्छ भनेर नभन्न आग्रह गर्न थाले ।  

तर श्रीमानले भनेपछि मन कुँडियो 
यो समग्र कुरालाई मेरो परिवारले भाग्यसँग जोडेर यसो हुनुमा मेरो भाग्य जिम्मेवार रहेको कुरा गर्न थाले । तर मेरा श्रीमानले भनेको कुराले मलाई निकै पीडा दिने गर्छ । उनले भने– ‘तिमीलाई जे राम्रो लग्छ त्यही

गर, अरुसँग सुत्न चाहन्छौँ भने पनि सुत, म तिमीलाई केही पनि भन्ने छैन । यदि त्यसरी बच्चा जन्मियो भने पनि म त्यसलाई स्विकार्नेछु ।’ यस कुराले मेरो मन निकै कँुडियो । 

कुनै पनि महिलाले आफ्नो श्रीमानको मुखबाट यस्तो कुरा सुन्न चाहँदैनन् । ऊ खराब थियो र आफू र आफ्नो परिवारको सम्मान बचाउनका लागि यस्तो भनिरहेको थियो ।

ऊ मेरो खुट्टा छोएर रुँदै भन्न थाल्यो– ‘प्लिज यसलाई अरुसँग नभन र मलाई तलाक पनि नदिनू ।’

उसले जे भने त्यो मैले सोचेकी पनि थिइनँ । अब मसँग एक मात्र विकल्प के थियो भने म उसलाई छोडौँ कि जीवन साथी मानेर आफ्ना  इच्छाहरु त्यागिदिउँ ।

अन्त्यमा मेरो भावनाको जित भयो । मैले श्रीमानको घर छोडेँ । मेरा आमाबुबाले पनि मलाई स्वीकारेनन् । 

म आफ्नो साथीको सहयोगमा एउटा महिला होस्टेल गएँ । मैले रोजगरी पनि पाएँ । विस्तारै आफ्नो जीवन सम्हालेँ । मैले अदालतमा तलाकको लागि सबै कागजात पेश गरेँ । 

म अहिले पनि भर्जिन छु 
मेरो श्रीमान र उसको परिवारले लाजै नमानी विवाह भएपछि अरुसँग सम्बन्ध राखी भनेर मलाई नै के आरोप लगाए । 

मैले अदालतमा मुद्दा लडेर मेडिकल जाँच गराएँ । यसका लागि तीन वर्ष लाग्यो । अन्तिमा मलाई तलाक दियो । मैले सोचेँ मेरो पुनरजन्म भयो । 

अहिले म ४० वर्षकी भएँ । अहिले पनि म भर्जिन हुँ । तलाक भएपछि धेरै पुरुषहरु मसँग नजिक हुन खोजे । उनीहरु श्रीमानले मलाई यौन सन्तुष्टि दिएन भन्ने सोच्थे । उनीहरु मसँग यौन सम्बन्ध राख्न चाहन्थे । 

यो मेरो सम्बन्धमा गलत र बकबास कुरा थियो । म भने यस्ता पुरुषहरुबाट टाढा रहेँ । यीमध्ये कोही पनि मसँग विवाह गर्न अथवा समर्पित भएर नाता कायम गर्न चाहँदैन थिए । 

आखिरमा महिलाहरुमा पनि संवेदना हुन्छ
जुन पुरुषले मलाई माया गर्छ उसलाई नै म मेरा आफ्नो इच्छा, सपना र भावना व्यक्त गर्न चाहन्छु, । मेरो हेरविचार गरोस, मेरो भावना बुझोस् र  जीवनभरी मसँग बसोस् । 

म त्यस्तोे पुरुषको पर्खाइमा छु । त्यो समयसम्म म आफ्ना साथीहरुसँग यौन जीवनको बारेमा कुरा गरेर खुशी छु । 

मेरो दिमागमा जब यौनको कुरा आउँछ, त्यो समयमा मेरो सबैभन्दा राम्रो साथी इन्टरनेट नै हो । 

यस्ता मान्छेहरुको पनि कमी छैन, जसले मलाई आँक्छन् । म के मान्छु भने यस्ता मान्छेहरु महिलालाई केवल उपभोग्य वस्तु मात्र ठान्छन् । तर महिलामा पनि धेरै संवेदना हुन्छ । 

(यो लेख दक्षिण भारतकी एक महिलाको वास्तविक कथा हो । उनको आग्रहमा उनको नाम गोप्य रोखिएको छ ।)
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X