बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँची बामगठबन्धनका प्रतिनीधिसभा उम्मेदवार टोपबहादुर रायमाझीको यस्तो छ घोषणापत्र

मङ्गलबार, ०५ मङ्सिर २०७४, ११ : ४७
मङ्गलबार, ०५ मङ्सिर २०७४

प्रमुख राजनीतिक दलले चुनावलाई केन्द्रमा राखेर केन्द्रीय स्तरमा आआफ्ना घोषणापत्र बनाएका छन् । त्यसैगरी प्रतिनिधिसभाका उम्मेदवारले पनि स्थानीय मुद्दा समेटेर व्यक्तिगत रूपमा चुनावी घोषणापत्र बनाएका छन् । प्रतिनिधिसभामा उठेका नेताका चुनावी घोषणापत्र कस्ता छन् ? पाठकहरू र मतादाताबीच बहसका लागि हामीले उनीहरूको घोषणापत्रको पूर्ण पाठ कात्तिक २० गतेबाट छाप्न थालेका छौं । तपाईं पनि प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ र आफ्नो घोषणापत्र रातोपाटीमार्फत जनताकहाँ पुऱ्याउन चाहनुहुन्छ भने हाम्रो इमेल [email protected] मा पठाउनुहोला । इमेलमा प्राप्त भएको मितिका आधारमा पालैपालो प्रकाशित हुनेछ । (–सम्पादक)

टोपबहादुर रायमाझीको यस्तो छ घोषणापत्र

संविधान निर्माण र स्थानिय निकायको निर्वाचन पछि देश अस्थिर राजनीतिको नमिठो अध्यायबाट अघि बढेको छ । राजनीतिले अग्रगामी छलाङ्ग मारे सँगै विकास र समृद्धिका बलिया आधार तयार भएका   छन् । त्यही आधारहरुमा टेकेर देशलाई उन्नति र प्रगतिको बाटोमा डो¥याउनैपर्ने चुनौतीपूर्ण मोडमा हामी उभिएका छौ । विकसित देशको गौरवान्वित नागरिक बन्ने हाम्रो सपना साकार पार्न चाहिने सक्षम जनमुखी र उर्जाशील नेर्तृत्वका लागि मैले अर्घाखाँचीबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएको छु ।
 
गर्नुपर्ने काम धेरै छन् । विदेशिएका दिदीबहिनी– दाजुभाईहरुलाई उचित वातावरण सहित फिर्ता ल्याउनु छ, गाउँ–गाउँमा विकासका पुर्वाधार प¥याई गाउँलाई झिलिमिली पार्नु छ , उद्योग धन्दा, कल कारखाना स्थापना गराई रोजगारीका अवसर सृजना गनुपर्ने छ, समग्रमा अर्घाखाँची विकासका जल्दो बल्दो नमुना बनाउनु छ । अर्घाखाँचीलाई विकास भुमि बनाउन धेरै अध्ययन र अनुसन्धान पछि “अब्बल अर्घाखाँची” को अवधारणा अनुरुप यो घोषणापत्र तयार गरिएको हो ।
 
पछिल्लो दुई पटकको निर्वाचनमा हजुरले दिनुभएको मतको सम्मान गर्दै संविधान निर्माणमा त्रियाशील भूमिकासँगै जिल्लाको विकास निर्माणमा गतिशीलता दिएको सर्व–विदितै छ । अझ बढी अनुभव, परिपक्वता, बुझाई र नया जोश जाँगरसहित हजुर माझ आएको छु । “अब्बल अर्घाखाँची” बनाउने मेरो संकल्पलाई यथार्थमा परिणत गर्न गोलाकार भित्रको हसिया हतौडामा र प्रदेश सभामा उम्मेदवार दिनुभएको साथीहरुलाई सूर्य चिन्हमा भोट गरि भारी मतका साथ विजयी गराउनु हुनेछ भन्ने पुर्ण विश्वास लिएको छु ।
 
हाम्रो प्रतिवद्धताहरु
१)     ५ वर्षमा १० हजार र १० वर्षमा ३० हजार विदेशिएका अर्घाखाँचीका दाजुभाइ, दिदीबहिनीलाई उचित अवसर सृजना गरि अर्घाखाँची फिर्ता गराउने
२)     गाउँ–गाउँमा आवश्यक पुर्वाधार (बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थय, वित्तीय व्यवस्था) पु¥याई गाउँ–गाउँ समृद्ध बनाउने
३)     अर्घाखाँचीलाई उद्योग, कल–कारखाना स्थापनार्थ विशेष आर्थिक क्षेत्र घोषणा गर्ने
४)     भ्रष्टचारमा शुन्य सहनसीलता र चुस्त सरकारी सयन्त्र मार्फत शुशासन कायम गराउने
५)     उत्पादनमुखी र उद्यमशील समाजको आधार तयार गर्ने
६)     श्रमको उचित सम्मान हुने साथै रोजगारीको अवसर सृजना गर्ने
७)     अर्घाखाँचीलाई विकास र सकारात्मक परिवर्तनका लागि नमुना जिल्ला बनाउने
३)हाम्रा नाराहरु
१)अब्बल अर्घाखाँची
२)युवा फर्किन्छ जब, गाउँ बन्छ तब
३)भरिनेछन्÷जाग्नेछन् फेरि हाम्रा गाउँहरु
४)पढ्नेछ अर्घाखाँची, बढ्नेछ अर्घाखाँची
५)गाउँ गाउँमा रोड, विकासमा जोड
६)कृषिमा लगानि, मिठो खाना राम्रो आम्दानी
७) स्वास्थ सेवा, सबैलाई मेवा
८) विकासको बाटोमा अर्घाखाँची, विदेशिने छैन कोही सपना साँची
९) फर्किनेछन् दिदी बहिनी दाजुभाइ, जब हुनेछ पसिना अनुसारको कमाई
१०)बाम एकता चम्किनेछ, अर्घाखाँची विकासतिर लम्किनेछ
 
विकसित अर्घाखाँचीका लागि हामीले देखेका आधारहरु
सडक

 केन्द्रिय स्तरका रणनीतिक सडकहरु कालेपत्रे गर्ने सम्बन्धि
१) सालजण्डि– सन्धिखर्क–ढोरपाटन
२) रिडि–सुर्खेत
३) भालवाङ्ग–ऐरावती–नुवाकोट–खरवाङ्ग
४)चाक्ला–जुकेना– दुरवाङ्ग–प्युठान
५)पटौटी–कुखुरेदेउराली–फज्र्याङ्ग–सिमिचौर–तम्घास
६)खाचीकोट–नुवाकोट–अर्घाकोट–वल्कोट
७)पावरा–सिमलपानी–चाक्ला–भालुवाङ्ग
 
क्ल्च्त्ए बाट सञ्चालीत सडकहरु कालोपत्रे गर्ने सम्बन्धमा
१)गच्छे–भालुवाङ्ग
२) सन्धिखर्क–वल्कोट–तम्घास
३)घुम्ति–पाल्पा
४)सन्धिखर्क–धारापानी–ढाकावाङ्ग–प्युठान
५)सन्धिखर्क–नुवाकोट–खिल्जि–असुरकोट–प्युठान
६)सन्धिखर्क–अर्घा–हिले–राइखन्ने
उर्जा
- गाउँ–गाउँलाई उज्यालो बनाउन प्रसारण लाईनको स्तरोन्नती गरिनेछ ।
- राष्ट्रिय प्रसारण लाईन नपुगेको ठाउँमा नविकरणीय उर्जा(सौर्य, लघु जलविद्युत आदि) को मार्पmत उर्जाको माग व्यवस्थापन गरिनेछ ।
- नौमुरे जलविद्युतको निर्माण कार्यलाई अगाडी बढाउन पहल गरिनेछ ।
- खाना पकाउनको लागि दाउरको विकल्पमा वायो ग्याँस निर्माण गरि वैकल्पिक उर्जाको व्यवस्था घरघरमा पु¥याईनेछ ।
 
 
शिक्षा
- जनसंख्या अनुसार आवश्यकता अध्ययन गरि विद्यालयहरु स्थापना गरिनेछ ।
- जिल्लामा भएका विद्यालयहरुको अनुगमन गरि आवश्यकता अनुसार स्तरोन्नती गरिनेछ ।
- प्रत्येक वडा कम्तिमा एक एक विद्यालयमा फ्रि–वाईफाई सहित आधुनिक शिक्षण प्रणाली कार्यन्वयन गरिनेछ ।
- दलित, जनजाति र आर्थिक रुपमा पिछडिएका विधार्थीका लागि विशेष व्यवस्था गरि उचित शिक्षाको सुनिश्चितता गरिनेछ ।
- जिल्लाभरि प्राविधिक जनशक्ति विकास गर्ने हिसाबमा प्राविधिक केन्द्रहरु स्थापना गरिनेछ (ऋःब्, अनमी, प्लम्बर, ईलेक्ट्रसियन)
- अर्घाखाँचीलाई विशिष्ट शैक्षिक केन्द्रको रुपमा स्थापना गरि जिल्ला बाहिरका विद्यार्थी पढ्न आउने वातावरण सृजना गरिनेछ ।
स्वास्थ्य
- प्रत्येक गाउँमा एउटा प्राथमिक उपचार केन्द्र खोलिनेछ ।
- सदरमुकाममा ५० रोपनीको सुविधा सम्पन्न अस्पतालको निर्माण गरिनेछ ।
- गरिब, दलित र जनजातिको स्वास्थमा पहुँच बढाउने उद्देश्यले सहुलियत दरको सुविधा सहितको व्यवस्था गरिनेछ ।
 
कृषि
१)     जिल्लाभरमा ४ वटा शित भण्डारण(ऋयमिकतयचभ) केन्द्र स्थापना गरि सिजनमा उत्पादन भएका तरकारी र फलपूmल भण्डारण गरिनेछ र अफ सिजनमा विक्री गरिनेछ ।
२)     आधुनिक कृषिका लागि कृषि शिक्षा र कृषि विज्ञहरु अत्यावश्यक हुन्छन । कृषि शिक्षा दिने प्राविधिक शिक्षालय हरेक स्थानिय तहमा खडा गरिनेछ ।
३)     कृषि सहकारी मार्फत स्रोत आदान प्रदान गरि उत्पादनलाई सहि बजार र मुल्य हरेक किसानहरुलाई प्रोत्साहन गर्न प्रदेश स्तरबाट कर छुट गरिनेछ ।
४)     उन्नत जातका विउँहरुको प्रयोगबाट उत्पादकत्व बढ्ने हुनाले उन्नत जातका विउका लागि विज भण्डारण स्थापना गरिनेछ ।
५)     अर्घाखाँची जिल्लाभर उच्च स्तरिय कृषि विज्ञ समिति बनाई त्यहाँका सुझावहरु कार्यान्वयन गरिनेछ ।
६)     कृषि बजार प्रवद्र्धन गर्न ठाउँ ठाउँमा हाट बजारको लागि पुर्वाधार स्थापना गरिनेछ ।
७)     ठाउँहरु पहिचान गरि जिल्लामा उन्पादन हुने तरकारी फलफूल र माछा मासुका पकेट क्षेत्र घोषणा गरि त्यस सँग सम्बन्धित कृषि उत्पादनलाई जोड दिइनेछ ।
 
 
युवा विकास र खेलकुद र उद्यमशीलता
- पत्येक गाउँमा सुविधा सम्पन्न खेल मैदान बनाई विभिन्न खेलकुदहरुलाई प्रोत्साहन गरिनेछ ।
 
- सदरमुकाममा खेल प्रशिक्षण केन्द्र खोलि क्षमतावान् खेलाडीलाई प्रशिक्षित गराई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तर सम्म पु¥याउने कोशिस गरिनेछ ।
 
- युवा क्लबहरु गठन गरि युवाहरुलाई सामाजिक काम, शिप विकाशतर्फ केन्द्रित गरिनेछ ।
 
- अर्घाखाँचीभित्र काम गर्ने युवा उद्यमीहरुलाई प्रोत्साहन हुने गरि नीति तथा कार्यक्रम ल्याईनेछ ।
 
पर्यटन
- जिल्लाका अति महत्वपूर्ण धार्मिक र सांस्कृतिक संरचनाहरुको प्रवद्र्र्धन गरि पर्यटक भित्रयाउन आवश्यक पुर्वाधार खडा गरिनेछ ।
- पहाड तथा जंगलहरुको सम्भाव्यता अध्ययन गरि साहसिक पर्यटनका आयाम किटान गरिनेछ ।
 
शुशासन
- विदेशिएका दाजुभाइ दिदी बहिनीको गुनासाहरु संम्बोधन गर्नका लागि ज्यतष्लिभ को स्थापना गरिनेछ ।
-  सरकारी काम कारवाहि चुस्त बनाउन आवश्यक कदम चालिनेछ ।
 
खानेपानी
-अर्घाखाँची जिल्लामा रहेका प्रत्येक वडाहरुको सम्भाव्यता अद्यययन गरि ग्राभिटिबाट तथा सोलार पम्पिङ्ग, ईलेक्ट्रकल पम्पिङ्गको प्रयोग गरि हरेक घरमा स्वच्छ पानीको व्यवस्था गरिनेछ ।
 
उद्योग विकास
·        उद्योगका लागि चाहिने आवश्यक विजुली खानेपानीको व्यवस्था गरिनेछ ।
·       अर्घाखाँचीमा उत्पादन हुने विशेष वस्तुहरुमा कर राहतका व्यवस्था गरि त्यस्ता वस्तुको उत्पादनलाई प्रोत्साहन गरिनेछ ।
·       आवश्यक पुर्वाधार सहितको अध्ययन अनुसार विशेष आर्थिक क्षेत्र घोषणा गरिनेछ ।
एयरपोर्ट निर्माण
·       अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा बन्न गईरहेको एयरपोर्टको सम्पूर्र्ण सम्भाव्यता अध्ययन, ड्रईङ्ग, डिजाईन सम्पूर्ण कार्य सम्पन्न भएकोमा उक्त एयरपोर्ट निर्माण कार्यलाई यथाशिघ्र अगाडी बढाईनेछ ।

अन्य उम्मेदवारको घोषणापत्र

 

यस्तो छ लोकतान्त्रिक गठबन्धन रसुवाका उम्मेदवारको प्रतिबद्धता पत्र

यस्तो छ नयाँ शक्ति रुकुम पश्चिमका प्रतिनिधि सभा उम्मेदवार शरुण वाँठा मगरको प्रतिबद्धतापत्र

मोरङ ६ का उम्मेदवार डा. शेखर कोइरालाको यस्तो छ घोषणापत्र

माओवादी केन्द्र रुकुम (पश्चिम) का उम्मेदवार जनार्दन शर्माको यस्तो छ घोषणापत्र

गोरखा २ का उम्मेदवार डा. बाबुराम भट्टराईको यस्तो छ घोषणापत्र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप