बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ नयाँ शक्ति रुकुम पश्चिमका प्रतिनिधि सभा उम्मेदवार शरुण वाँठा मगरको प्रतिबद्धतापत्र

शुक्रबार, २४ कात्तिक २०७४, १३ : २४
शुक्रबार, २४ कात्तिक २०७४

प्रमुख राजनीतिक दलले चुनावलाई केन्द्रमा राखेर केन्द्रीय स्तरमा आआफ्ना घोषणापत्र बनाएका छन् । त्यसैगरी प्रतिनिधिसभाका उम्मेदवारले पनि स्थानीय मुद्दा समेटेर व्यक्तिगत रूपमा चुनावी घोषणापत्र बनाएका छन् । प्रतिनिधिसभामा उठेका नेताका चुनावी घोषणापत्र कस्ता छन् ? पाठकहरू र मतादाताबीच बहसका लागि हामीले उनीहरूको घोषणापत्रको पूर्ण पाठ कात्तिक २० गतेबाट छाप्न थालेका छौं । तपाईं पनि प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ र आफ्नो घोषणापत्र रातोपाटीमार्फत जनताकहाँ पुऱ्याउन चाहनुहुन्छ भने हाम्रो इमेल [email protected] मा पठाउनुहोला । इमेलमा प्राप्त भएको मितिका आधारमा पालैपालो प्रकाशित हुनेछ । (–सम्पादक)

माओवादी केन्द्र रुकुम (पश्चिम) का उम्मेदवार जनार्दन शर्मा 'प्रभाकर'को यस्तो छ घोषणापत्र

अबको निकास, आर्थिक विकास ! समृद्धि सम्भव छ, हाम्रै पालामा !
नयाँ शक्ति पार्टी नेपाल रुकुम (पश्चिम)
सबैका लागि समृद्धि, सबैलाई सम्मान !
राज्यसत्ताका सबै तहमा सबैको पहुँच समान !


आदरणीय रुकुम (पश्चिम) जिल्लावासी दाजुभाइ तथा दिदीबहिनीहरू, नमस्कार तथा अभिवादन !
हामी हाम्रा केही प्रतिबद्धतासहित तपाईंहरूको घरघरमा आएका छौँ । नयाँ शक्ति पार्टी केवल एउटा राजनीतिक पार्टी मात्र नभएर वर्तमानको समग्र विकल्प हो । हामी वर्तमान राजनीतिको समग्र विकल्प दिन चाहन्छाँै । हामीलाई विश्वास छ, वर्तमानको अरू सुन्दर विकल्प दिन तपार्इं हामी सबै साझा सङ्कल्प गर्न तयार हुनेछौँ । त्यसैले यहाँहरूले हाम्रो चुनाव चिन्ह आँखामा अमूल्य मतदान गर्नु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । 

संविधान सभाबाट संविधान जारी भएपछि पहिलो पटक हुनगइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पहिलो चरणमा यही मङ्सिर १० गते सम्पन्न हुँदैछ । पहिलो पटक संविधानले नै प्रत्याभूत गरेको स्वायत्त र संवैधानिक अधिकारले सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा तपाईं हाम्रै रगत, पसिना, बलिदान र आँशुको मूल्यबाट प्राप्त सरकारका संरचनाहरू हुन् । आजसम्मको राजनीतिले व्यवस्था बदल्यौँ,तर जनताको अवस्था बदल्न बाँकी छ । सबै नेपालीहरूलाई खाना, नाना, छाना, शिक्षा,स्वास्थ्य,खाद्य सम्प्रभूता  र रोजगारको व्यवस्था गर्न अझै पनि बाँकी छ । यसका लागि तीव्र आर्थिक विकास र समृद्धि अनिवार्य छ । त्यसैले “अबको निकास आर्थिक विकास, समृद्धि सम्भव छ हाम्रै पालामा” र “सबैका लागि समृद्धि, सबैलाई सम्मान राज्यसत्ताका सबै तहमा सबैको पहुँच समान” भन्ने प्रतिबद्धताका साथ हामी तपाईंहरूको घर दैलोमा उपस्थित भएका छौँ । पुराना राजनीतिक शक्तिहरूबाट अब यो काम सम्भव छैन । त्यसका निम्ति दूरदृष्टि, सदाचार र दृढ निश्चयी, गतिशील नेतृत्व आजको खाँचो हो । यही खाँचोलाई परिपूर्ति गर्न पश्चिम रुकुम जिल्लालाई भ्रष्टचार मुक्त जिल्ला, आधुनिक, व्यावसायिक, कृषि प्रवद्र्धनयुक्त जिल्ला, युवा स्वरोजगार युक्त जिल्ला, हरियाली र सन्तुलित पर्यावरणीय जिल्ला, गुणस्तरीय प्राविधिक र उद्यमशील जिल्ला, सीप कला संस्कृतिको प्रवद्र्धन, विकास तथा संरक्षण युक्त जिल्ला, स्वच्छ खानेपानी तथा पूर्ण सरसफाइ युक्त जिल्ला, गाउँ–गाउँमा सडक, बिजुली, सञ्चार, इन्टरनेट तथा पूर्वाधार विकासले युक्त जिल्ला, खेलकुद तथा स्वास्थ्य सेवासहितको दुव्र्यसनी, विकृति र विसङ्गतिरहित सभ्य जिल्ला, अशान्ति अराजकतारहित शान्ति सुव्यवस्थित कायम जिल्ला, झञ्जट मुक्त पारदर्शी सरकारी सेवा सञ्चालित जिल्ला, जनसहभागितासहितको विकास निर्माण अभियानलगायतका कार्यक्रमले समृद्ध भएको पश्चिम रुकुम जिल्ला बनाउने प्रतिबद्धतासहित सहिद, बेपत्ता, घाइते अपाङ्गप्रति हार्दिक श्रदाञ्जलि एवम् सम्मान व्यक्त गर्दै हामी नयाँ शक्ति पार्टी नेपालका उम्मेदवारका रूपमा आँखा चुनाव चिन्ह लिएर उपस्थित भएका छाँै । हामीलाई यो विश्वास छ कि तपाईंको अमूल्य मत हामीलाई दिएर तपार्इंहरूकै सेवा गर्ने अवसर दिई सबैको लागि समृद्धि, सबैका लागि खुशी र सुखी जिल्ला बनाउने हाम्रो  दृढ अठोटलाई साथ दिनुु हुनेछ भन्ने विश्वास हामीले लिएका छाँै । स्मरण रहोस, हामीले शीतयुद्धकालीन दुई धु्रवीय विचार– राजनीतिभन्दा माथि उठेको र अगाडि बढेको ‘बाम लोकतान्त्रिक’ र ‘समुन्नत समाजवाद’को विचार राजनीति लिएर उपस्थित भएका छौँ । आखाँमा मतदान समृद्धि, समावेशी र सुशासनको पहिचान ।


प्रतिनिधि सभा निर्वाचनमा
हाम्रा प्रतिबद्धताहरू–२०७४

१. पश्चिम रुकुमको विकास र समृद्धिको संक्षिप्त मार्गचित्र :
नयाँ शक्ति पार्टीले अघिसारेको आर्थिक विकास र समृद्धिको मुख्य नारा र कार्यक्रम नै पश्चिम रुकुम जिल्लामा हाम्रो प्रमुख नारा र कार्यक्रम हो । जसअनुसार आगामी ५ वर्षसम्ममा आम गरिबीको अन्त्य गर्दै मुलुकलाई विकासशील मुलुकमा स्तरन्नोति गर्ने, आगामी १५ वर्षसम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्दै नेपाली जनताको जीवन स्तरलाई विश्वका मध्यम आय भएको मुलुकको दर्जामा पुर्याउने र बेरोजगारीको अन्त्य गर्ने र आगामी २५ वर्षसम्ममा मुलुकलाई विकासको उन्नत तथा उच्च स्तरमा पुर्याई विश्वको उच्च आय भएको अवस्थामा देशलाई पुर्याउने लक्ष्य रहेको छ, सो बमोजिमका नीति तथा कार्यक्रम पश्चिम रुकुममा लागू गरिनेछ । एउटा गरिब देशलाई धनी बनाउन १५–२५ वर्षको समय अवधि पर्याप्त हुन्छ । त्यसैले पश्चिम रुकुम जिल्लालाई सहभागीतामूलक र समुन्नत समाजवादी व्यवस्था उन्मुख सामाजिक न्यायसहितको बजारमुखी मिस्रित अर्थतन्त्रको निर्माण गरी सबैका लागि समृद्धि, सबैलाई समान राज्यसत्ताका सबै तहमा सबैको पहुँच विस्तार गरी सबैका लागि समृद्धि हासील गर्ने नयाँ शक्ति पार्टी, नेपाल पश्चिम रुकुम र हामी सबै उम्मेदवारहरूको मुख्य एवम् दीर्घकालीन आर्थिक मुद्दा रहेको छ ।

२. सुशासन र सदाचार तर्फ ः
    हालको प्रमुख समस्या सबै क्षेत्रमा व्याप्त भ्रष्टाचार र कुशासन हो, सो समस्यालाई नागरिकले अनुभूति गर्ने गरी अन्त्य गरिने छ । 
    प्रत्येक नागरिकहरूलाई जिल्ला, नगरपालिका, गाउँपालिका र वडापालिकाबाट प्रदान गरिने सेवालाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्न  नयाँ विधि र प्रविधिको विकास गरी १ वर्षभित्र झञ्जट मुक्त पारदर्शी सरकारी सेवा प्रदान गरिनेछ ।
    रुकुम (पश्चिम) जिल्लामा रहेका सबै सरकारी र गैरसरकारी कार्यालय, संस्थामा सबैको समान पहुँच अभिवृद्धि गर्दै ती कार्यालयहरूमा हुने अनियमितता, ढिलासुस्ती, भ्रष्टाचार र विकृतिकाविरुद्धमा आवश्यक कानुन बनाएर प्रभावकारी ढङ्गले लागू गरिने छ ।
    नयाँ शक्ति पार्टीको राजनीतिक कार्यदिशा अन्तर्गत–सदाचार र सुशासन, समतामूलक समृद्धि, समानुपातिक समावेशी र सहभागीतामूलक लोकतन्त्र, स्वाधीन तथा सार्वभौमसत्ता सम्पन्न राष्ट्र र समुन्नत समाजवादको राजनीतिक कार्यदिशालाई इमानदारीपूर्वक पश्चिम रुकुम जिल्लामा सिर्जनात्मक ढङ्गले लागू गरिने छ ।
    भ्रष्टाचारमा शून्य सहनशीलता ः नयाँ शक्तिको प्रतिबद्धता भन्ने नारालाई पूर्णतः कार्यान्वयन गर्नका लागि पश्चिम रुकुम जिल्लामा जनताको प्रत्यक्ष सहभागीतामा जाँचबुझ, अध्ययन अनुसन्धान र कानुनी कार्वाहीको सिफारिसका लागि एक शक्तिशाली लोकपालको  स्थापना गरी आफूले पनि आत्मसात गर्ने र अरूलाई पनि गराई भ्रष्टचार मुक्त जिल्ला  निर्माण गरिनेछ ।

३) उत्पादन तथा रोजगार÷स्वरोजगार तर्फ ः  
    “आत्मनिर्भरताका लागि नवीन औद्योगिक क्रान्ति ः स्वदेशमै रोजगारी र घरघरमा शान्ति” भन्ने नारालाई मुख्य ध्यान दिँदै उत्पादन, प्रशोधन र वितरणको वैज्ञानिक योजना बनाएर हरेक नागरिकहरूले अनिवार्य उत्पादनमा भाग लिने गरी एक घर, एक रोजगार र स्वरोजगारको नीति तथा कार्यक्रम बनाएर लागू गरिनेछ । 
    जिल्लामा कृषि उत्पादन क्षेत्रलाई कृषि उद्यमशीलता, व्यावसायिकतामा रूपान्तरण गरी आगामी ५ वर्षमा कुल उत्पादनशील जनसङ्ख्याको ५ प्रतिशत बढोत्तरी गरिनेछ । 
    सेवाक्षेत्र जस्तै शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, पर्यटन, मनोरञ्जन उद्योग आदिलाई ठोस योजना मार्फत विस्तार गरी जिल्लामा ५ वर्षभित्र ५,००० युवाहरूलाई प्रत्यक्ष रोजगारीमा आबद्ध गरिनेछ । 
    भौतिक पूर्वाधारहरू जस्तै ऊर्जा क्षेत्र र साना उद्योगको विस्तार गरी आगामी ५ वर्षभित्र थप ५,००० जनाको रोजगारी सृजना गरिनेछ ।
    जिल्लाभित्रका सबै  घरपरिवारहरूलाई स्वरोजगार बनाउने लक्ष्यका साथ आगामी ५ वर्षभित्र २५,०० घरपरिवारहरूलाई उद्यमशीलतासम्बन्धी तालिमको व्यवस्था गरी उद्यमशील बनाइनेछ । 
४) समावेशी समानुपातिक र लक्षित समुदाय तर्फ ः
    राज्य र पार्टी सङ्गठनका सबै तहमा महिला, दलित, जनजाति, खस–आर्य, किसान, मजदुर, युवा, विद्यार्थी, अल्पसङ्ख्यक, फरक क्षमता भएका अपाङ्ग, ज्येष्ठ नागरिक, बालबालिकाहरूको नीति निर्माण गर्ने तहसम्म अर्थपूर्ण सहभागिता एवं नेतृत्व विकासका लागि ठोस योजना बनाएर लागू गरिने छ । 
    ज्येष्ठ नागरिकहरूका लागि विभिन्न स्थानमा दिवा स्याहार केन्द्र र अनाथ र सहाराविहीन बालबालिकाहरूका लागि बालगृह स्थापना गर्न पहल गरी एक वर्षभित्र निर्माण कार्यको सुरुवात गरिनेछ । 
५) शिक्षा क्षेत्रको विकास तथा सुधार तर्फः
    शिक्षा क्षेत्रमा व्याप्त दलीयकरण र व्यापारीकरणलाई कडाइपूर्वक अन्त्य गरिनेछ । 
    पश्चिम रुकुमका सबै शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान, प्राविधिक क्याम्पसहरूको विकास गरी सबै पूर्वाधारले सम्पन्न बनाउनुका साथै मुसीकोट, चौरजहारी, आठबिसकोट नगरपालिका र अन्य गाउँपालिकाभित्रका सबै विद्यालयलाई पूर्वाधारले सम्पन्न बनाई उच्च प्रविधिमैत्री आईसीटीको प्रयोग गर्ने र गराउने कार्य गरिनेछ ।
    गरिब तथा विपन्न परिवारका बालबालिकाको विद्यालय जाने अवसरको वञ्चितीकरणलाई आगामी ५ वर्षभित्र ० प्रतिशतमा झार्न प्रयत्न गरिने छ । 
    जिल्लाका महिला शिक्षिकाहरूको स्थायी, अस्थायी दरबन्दीमा हालको सङ्ख्यालाई आगामी ५ वर्षभित्र व्यापक रूपमा वृद्धि गरी हालको प्रतिशतमा थप २५ प्रतिशत वृद्धि गरिनेछ ।
    शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र व्यावसायिक बनाउन ठोस नीति तथा कार्यक्रम तय गरी विपन्न तथा सीमान्तकृत वर्ग, समुदायका बालबालिकालाई १२ कक्षासम्म निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउन पश्चिम रुकुममा एउटा व्यवस्थित बहुप्राविधिक क्याम्पस स्थापना गरिनेछ । 
    सबै वडापालिकाहरूमा एकएकवटा सामुदायिक अध्ययन केन्द्र र सबै विद्यालयमा २ वर्षभित्र ई–पुस्तकालय र पुस्तकालयको स्थापना गरिनेछ । 
    निर्वाचन सम्पन्न भएपछि पश्चिम रुकुम जिल्लामा शिक्षा क्षेत्रको विकासको लागि विज्ञहरूको एक शिक्षा विकास कार्यदल गठन गरी शिक्षा क्षेत्र विकासको विस्तृत गुरुयोजना बनाई लागू गरिने छ ।
     सबै नगरपालिका र गापामा विद्यार्थीहरूका लागि प्राविधिक शिक्षालय निर्माण, युवा स्वरोजगार तालिम तथा शिविर सञ्चालन, अस्थायी अनुमति प्राप्त विद्यालयलाई आवश्यकताअनुसार प्रक्रिया पुर्याई स्थायी गरी राज्यले जिम्मा लिने कार्यको सुरुवात गरिनेछ ।  सरकारी विद्यालय र निजी विद्यालयलाई स्वस्थ प्रतिस्पर्धा हुने वातावरण सिर्जना गरी सरकारी विद्यालयलाई गुणस्तरीय  शिक्षा प्रदान गर्नसक्ने स्तरमा पुर्याउने कार्यसमेत गरिनेछ । 
    बालबालिकाहरूको सर्वाङ्गीण विकासलाई सहयोग पुर्याउन पश्चिम रुकुम जिल्लाको सापेक्षतामा अभिभावकहरूलाई थप जिम्मेवार र गतिशील बनाउँदै लिने र विद्यालय, अभिभावक र विद्यार्थीबीचको त्रिपक्षीय सम्बन्धमा नयाँ आयाम सिर्जना गरिने छ । 

 ६)  स्वास्थ्य क्षेत्रको विकासतर्फ
    स्वस्थ जीवन शैली, राम्रो पालनपोषण र गुणस्तरीय शिक्षाले मात्रै स्वस्थ नागरिक उत्पादन हुने भएकाले समृद्ध मुलुक निर्माणका लागि स्वस्थ शरीर, स्वस्थ मानसिकता भन्ने मर्मलाई ध्यान दिई स्वस्थ नागरिक निर्माणमा मुख्य जोड गरिनेछ ।
    जिल्लामा आधारभूत रूपमा निरोधात्मक तथा उपचारात्मक स्वास्थ्य सेवालाई आगामी ५ वर्षभित्र ५० प्रशित निःशुल्क बनाइने छ । 
    खाद्य पोषण सुरक्षा हासिल गर्न रणनीतिक लगानी प्रवद्र्धनमा जोड दिइने छ । 
    सबै नागरिकहरूलाई आधारभूतदेखि अत्याधुनिक स्वास्थ्य सेवामा सहज पहँुच उपलब्ध गराउन अनिवार्य स्वास्थ्य बिमाको नीतिलाई कडाइपूर्वक लागू गर्दै पश्चिम रुकुममा रहेका अस्पताललाई अझ सुविधा सम्पन्न बनाउने र अन्य सबै स्थानीय तहमा पनि सोही क्षमताको अस्पताल निर्माण गर्न आवश्यक पहल गरिनेछ भने सबै वडाहरूमा स्वास्थ्य चौकी स्थापना गरी सुविधायुक्त बनाउनुको साथै आयुर्वेदिक, होमियोपेथिक र योग शिविरहरू पनि सञ्चालन गरिनेछ 
    पश्चिम रुकुमका सबै ७३ वडाहरूमा एम्बुलेन्स सेवा सञ्चालन गरिने छ र मोटरबाटो नपुग्ने ठाउँमा स्टेचरको समेत व्यवस्था गरिनेछ । 
    पश्चिम रुकुम जिल्लामा सबै युवाहरूलाई दुव्र्यसनी र लागूऔषध सेवनबाट मुक्त गरी सक्षम, शिक्षित र अनुशासित सबल नागरिक निर्माणमा जोड गरिनेछ । 

७) कृषि तथा विविधतर्फ ः
      “सम्मानित किसान ः आधुनिक व्यावसायिक कृषि” भन्ने नारालाई आत्मसाथ गर्दै पश्चिम रुकुम जिल्लामा आवश्यकता अनुसार कृषि क्याम्पस स्थापना गरी विद्यार्थीहरूलाई अनिवार्य प्रयोगात्मक कृषि शिक्षा तथा तालिम दिएर नमुना उत्पादनमा जोडिनुपर्ने नीति बनाई लागू गर्ने र किसानहरूलाई आधुनिक कृषि प्रविधि, तालिम, मल–बीउमा  अनुदानको व्यवस्था गरिनुको साथै सर्वसुलभ कृषि ऋण र कृषि बिमा, पशु बिमा, बाली बिमा आदिको पनि व्यवस्था गरिनेछ ।
    आगामी ५ वर्षभित्र प्रत्येक वडा पालिकाहरूमा कृषि तथा भेटनरी प्राविधिकहरूको व्यवस्था गरिनेछ ।
    हाल सञ्चालन भइरहेको निर्वाहमुखी कृषि प्रणालीलाई परिवर्तन गरी आधुनिक व्यवसायीमुखी बनाइनेछ भने प्रत्येक वर्षमा १,००० जना किसानहरूलाई व्यवसायी बनाइने छ । 
८)  भौतिक पूर्वाधार विकास निर्माण तर्फ ः
      “आधुनिक तथा दिगो पूर्वाधार ः समृद्धिको मूल आधार” भन्ने नारालाई व्यवहारत लागू गर्दै जनसहभागितामा आधारित वार्षिक, त्रिवर्षीय र पञ्चवर्षीय विकास निर्माणको रणनीतिक योजना बनाएर लागू गरिनेछ । 
    पश्चिम रुकुममा सञ्चालनमा रहेका तुलसीपुर मुसीकोट जोड्ने राप्ती लोकमार्गलाई स्तरवृद्धि गरी कालोपत्रे गर्न र रुकुम खण्डमा सञ्चालन हुने मध्यपहाडी लोकमार्गलाई यथाशीघ्र कलोपत्रे गरी सञ्चालनमा ल्याउन आवश्यक पहल गरिनेछ । 
    जिल्लाभित्रका गापा र नपा जोड्ने स्थानीय सड्कहरूलाई स्तरवृद्धि गरी ग्राभेल र कालोपत्रेका लागि पहल गरिनेछ । सड्क नपुगेक सबै गाउँमा र टोल–टोलमा सड्क निर्माण गरिनेछ । निर्मित सडकहरूलाई ५ वर्षमा पक्की सडक निर्माण गर्नका लागि पहल गरी सबै वडाहरूमा बाह्रै महिना चल्ने सडक सञ्जाल निर्माण गरिने छ भने निर्माण भएका सड्कहरूलाई स्तरोन्ती गरिनेछ ।
    सबै स्थानमा ग्रामीण विद्युतीकरण कार्यक्रम सञ्चालन गरी सबै घरधुरीमा विद्युत तथा वैकल्पिक ऊर्जाको व्यवस्था गरी प्रत्येक घरधुरीमा ३ वर्षभित्र घरघरमा उज्यालो कार्यक्रम सञ्चालन गरी बिजुलीबत्ति पुर्याइनेछ ।  । 
    घरघरमा धारा, खेत–बारीमा कुलो नारालाई कार्यान्वयन गर्दै खानेपानी क्षेत्रमा एक घर एक धारा कार्यक्रम सञ्चालन गरी सबै घरधुरीलाई स्वच्छ पानीको सहज आपूर्ति गरिनेछ भने निर्मित सिंचाइ आयोजनाहरूको क्षमता अभिवृद्धि गरी अन्य ३ महिनाभित्र साना तथा ठूला सिंचाइ, लिप्ट सिंचाइ योजना निर्माणको सम्भाव्यता अध्ययन गरी ५ वर्षमा सिंचाइ आयोजनाको निर्माण कार्य पूरा गरिनेछ ।
    रुकुममा सञ्चालित सल्ले र चौरजहारी विमानस्थललाई अझ व्यवस्थित गरी नियमित जहाज सञ्चालनको लागि प्रयत्न गरिनुका साथै अन्य सबै गापा र नपामा पनि हेलिप्याड स्थल निर्माणका लागि ३ महिनाभित्र सम्भाव्यता अध्ययन गरी सम्भव भएसम्म ५ वर्षभित्र ३ स्थानमा हेलिप्याड निर्माण गरिनेछ । 
    सबै नगरपालिका र गापाको केन्द्रमा नयाँ मापदण्ड कायम गरी दीर्घकालीन रूपमा व्यवस्थित सहरका रूपमा विकास गरिनेछ भने स्थानीय तहमा पनि बस्तीको केन्द्रीकरण गरिने छ । सहरी क्षेत्र, आवास क्षेत्र, औद्योगिक क्षेत्र, मनोरन्जन उद्योग क्षेत्र आदिको ३ महिनाभित्र सम्भाव्यता अध्ययन गरी सो बमोजिम लागू र कार्यान्वन गरिने छ ।
     “दिगो तथा समावेशी विकास, गरिबी निवारणका लागि निकास” भन्ने मूल नारालाई आत्मसाथ गर्दै सोही बमोजिमका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरिने छ । 
९) पर्यटन बिकास तर्फ ः 
    “पर्यटनको विस्तार ः ग्रामीण विकासको आधार” भन्ने नारालाई आत्मसाथ गर्दै पश्चिम रुकुम सोलावाङदेखि मुसीकोट डिग्रे साइकुमारी मन्दिर हुँदै ठुलीदहसम्म केबुलकार सञ्चालनको विषयमा ५ महिनाभित्र सम्भाव्यता अध्ययन गरी निर्माणका लागि पहल गरिनेछ । 
    पश्चिम रुकुम जिल्लाभित्र रहेका गुफा, मन्दिर, भेरी नदी, तथा उर्वरा फाँट जस्ता प्राकृतिक सांस्कृतिक तथा धार्मिक सम्पदाहरू प्रवद्र्धन, संरक्षण तथा विकास गरी गाउँपालिका र नगरपालिकालाई पर्यटन सहरको प्रमुख केन्द्र बनाएर ग्रामीण पर्यटनको व्यवस्थित बजार केन्द्रहरू बनाउने कुरामा विशेष जोड दिइने छ । 
    पश्चिम रुकुमलाई पर्यटन विकासको प्रमुख केन्द्र बनाएर सम्भव भएसम्म सबै गापा, नपा र वडाहरूमा ग्रामीण पर्यटन विकासको व्यवस्थित योजना बनाई लागू गरिने छ  । 
    पश्चिम रुकुम जिल्लामा पर्यटकीय क्षेत्रमा साहसिक खेलहरू प्याराग्लाइडिङ, गुरिल्लाट्रेल, म्याराथन, र्याफ्टिङ, रकक्लाइम्बिङका लागि आवश्यक पूर्वाधार विकास गर्दै होम स्टे, ट्रि–हाउसहरू सञ्चालन गरिनेछ । 
    पश्चिमभित्रका सबै सम्भावित पर्यटकीय क्षेत्रहरको विकास तथा खोजी गर्न पर्यटकीय पदमार्ग तयार पारी २ वर्षभित्र कार्यान्वयन गरिनेछ ।
१०) द्वन्दपीडित राहत तथा व्यवस्थापन तर्फ ः 
    पश्चिम रुकुम जिल्लाका जनयुद्ध, जनआन्दोलनको क्रममा तत्कालीन राज्य र विद्रोही पक्षबाट भएका सहिद तथा बेपत्ता परिवारलाई राज्यस्तरबाट नै राष्ट्रिय सम्मान प्रदान गर्न आवश्यक पहल गरिनेछ ।
    पश्चिम रुकुम जिल्लामा जनयुद्ध, जनआन्दोलनको क्रममा तत्कालीन राज्य र विद्रोही पक्षबाट भएका सहिद तथा बेपत्ता परिवारहरू, घाइते, अपाङ्ग, सम्पत्ति ध्वंश पारिएका द्वन्द्वपीडितहरूको उचित सम्मान, परिपूरण र व्यवस्थापनका लागि ठोस योजना बनाएर लागू गरिनेछ ।
    पश्चिम रुकुम जिल्लामा जनयुद्ध र जनआन्दोलनका सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग, सम्पत्ति ध्वंश पारिएका सबै द्वन्द्वपीडितहरूको  व्यवस्थापनका लागि एक सहिद, बेपत्ता, घाइते, अपाङ्ग एवम् द्वन्द्व प्रभावित व्यवस्थापन पश्चिम रुकुम विभाग गठन गरी सबैलाई आबद्धसमेत गरी ठोस योजना बनाएर लागू गरिने छ ।
११) फोहरमैला व्यवस्थापन तर्फ ः
    नयाँ शक्तिको रहर, सफा र सुन्दर गाउँ सहर ! भन्ने नारासहित  प्लास्टिकजन्य र घरबाट निस्कने फोहोरहरूलाई व्यवस्थापन गरेर मोहरमा बदल्ने ठोस योजना बनाई लागू गरी हरियाली र पर्यावरणमैत्री जिल्लाको रूपमा स्थापित गरिनेछ । 
१२) सूचना सञ्चार, पत्रकारिता तथा आईसीटी हबतर्फ ः 
    एक घरमा एक अनिवार्य सञ्चारको साधन पुर्याउने गरी रेडियो, टेलिभिजन, टेलिफोन र इन्टरनेट सेवालाई सबै क्षेत्रमा विस्तार गरेर सर्वसाधारण नागरिकहरूलाई सर्वसुलभ रूपमा उपलब्ध गराउने कार्य गरिने छ ।
    पश्चिम रुकुममा रहेका ३ नगरपालिकाहरू मध्ये एक विशिष्ट पहिचानसहित २ नगरपालिका र एक गाउँपालिकालाई आईसीटी हबका रूपमा विकास गरिने छ । 
    जिल्लामा क्रियाशील पत्रकारहरूलाई आवश्यकता अनुसार क्षमता अभिवृद्धि गरी उनीहरूलाई आवश्यक पर्ने स्रोत, सामग्री र प्रविधि तथा सुरक्षा प्रदान गरिनेछ भने टोल–टोलमा पत्रकार उत्पादनमा विशेष ध्यान दिइनेछ । 
    स्वतन्त्र र निष्पक्ष प्रेस, रेडियो, टिभी, अनलाइन जस्ता मिडियाको पूर्ण संवद्र्धन गरिनेछ । 
१३) युवा खेलकूद तथा मनोरञ्जन तर्फ ः 
    “युवालाई काम, मनोरञ्जन र आराम” भन्ने नारालाई आत्मसाथ गर्दै पश्चिम रुकुम जिल्लाका सबै युवाहरूलाई आफ्नो क्षमता अनुसारको काम, खेलकुदलगायतका मनोरञ्जन आदि कुरालाई विशेष ध्यान दिँदै हरेक विद्यालयमा एकजना विषयगत खेल शिक्षक, व्यावसायिक विधागत कला साहित्यिक तालिम केन्द्र निर्माणका लागि ठोस योजनासहित आवश्यक बजेटको व्यवस्था गरिनेछ ।  
     पश्चिम रुकुम जिल्लाको केन्द्रमा एक विशाल खेलकुद रङ्गशाला निर्माण गरी अन्य सबै गाउँपालिका र नगरपालिकाहरूमा स्थान अनुसारका ठूलादेखि सानासम्मका खेलमैदान निर्माणमा जोड गरिनेछ भने ६ वटा स्थानीय तहमा क्रिकेट मैदान निर्माणदेखि युवाहरूका लागि आवश्यकता अनुसारका सबै खेलहरूलाई समेत प्रबद्धन गरिनेछ  । 
    प्रत्येक स्थानीय तहमा सुविधाजनक ठूला पार्कहरू र चिडियाखानाहरूको निर्माण गरिने छ । 
(१४) कला –साहित्य संस्कृतितर्फ
    कला साहित्य र संस्कृतिको विकासका लागि हरेक स्थानीय तहमा एक–एक प्रतिष्ठान खोलिने छ । सो क्षेत्रको विकासका लागि जोड गरिनेछ । 

१५) सामाजिक रूपान्तरण र विकाससम्बन्धी अभियान ः रुढीवादी कुसंस्कार, जातीय भेदभाव, छुवाछूतमुक्त तथा सामाजिक सदभावयुक्त, लैङ्गिक विभेद तथा महिलामाथिको घरेलु हिंसामुक्त, बालमैत्री शासन युक्त, ज्येस्ट नागरिक तथा फरक क्षमता भएकाहरूको सम्मानयुक्त समाज निर्माणका लागि वृहत् सामाजिक जागरणसहितको सांस्कृतिक रूपान्तरणसम्बन्धी अभियानहरू निरन्तर रूपमा चलाइने छ ।  धन्यवाद ।
                  
         हाम्रा नाराहरू
अरूले गर्छन् कुरा हामीले गर्छौं पूरा
राजनीतिक स्थिरताको मूल आधार  ।
 प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय सरकार ।
घर–घरमा नयाँ शक्ति ।
गाँउ–टोलमा विकास समृद्धि ।
नयाँ शक्तिको एउटै लक्ष्य ।
कालो धन र भ्रष्टचारको अन्त्य ।
पुराना शक्तिलाई हेर्यौं पटक–पटक ।
नयाँ शक्तिलाई हेरौं यसपटक ।
अब आँखा खोलौँ ।
आँखा चिन्हमा मतदान गरौँ ।


नयाँ शक्ति पार्टी नेपाल
 प्रचार प्रसार विभाग
 रुकुम (पश्चिम) 

अन्य उम्मेदवारको घोषणापत्र

मोरङ ६ का उम्मेदवार डा. शेखर कोइरालाको यस्तो छ घोषणापत्र

माओवादी केन्द्र रुकुम (पश्चिम) का उम्मेदवार जनार्दन शर्माको यस्तो छ घोषणापत्र

गोरखा २ का उम्मेदवार डा. बाबुराम भट्टराईको यस्तो छ घोषणापत्र

 

 

 


                                        

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप