राजेन्द्र महतोले फेरि भने–नेपाल बहुलताले भरिएको देश हो, एकल राज्य स्वीकार्य छैन
शनिबार, २२ जेठ २०७८, १९ : ४२

जनता समाजवादी पार्टीका नेता एवं उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाल बहुलताले भरिएको देश भन्दै एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको दोहोर्याएका छन् ।
शनिवार जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा बोल्दै उनले एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको भन्दै बहुल समुदाय रहेकोले बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने बताए ।
उनले नवनियुक्त मन्त्रीहरुलाई सबैभन्दा पहिले पाटीको नीतिलाई मुख्य ध्यानमा दिँदै काम गर्न निर्देशन दिए ।
मन्त्री महतोले थरूहट आन्दोलनमा लागेका पार्टीका नेता रेशम चौधरी जेलमा रहेको बताउँदै सर्वोच्चले मुद्धा टुङ्याएपछि राष्ट्रपतिबाट कैद सजाय माफी गराएर चौधरीको रिहाइ गराउने जानकारी गराए । उनले रेशम चौधरीको रिहाइको विषयमा ध्यानमा राखेको जानकारी गराए ।
यो पनि...
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्यभामा माथेमाका तीन कविता
-
बेलायतको सर्वोच्च अदालतको फैसला : ट्रान्स महिलाहरू कानुनी रूपमा महिला होइनन्
-
पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौं : पर्यटनमन्त्री पाण्डे
-
नेवार समुदायमा समाजवादको भ्रूण छ : अध्यक्ष प्रचण्ड
-
२०८२ साल शब्दहरूमा यात्राको स्पन्दन
-
'गणतन्त्रवादी एक हुनुपर्छ, पूर्वराजाको सम्पत्ति छानबिन गर्नुपर्छ'