निर्वाचन आयोगबाट जसपाको आधिकारिकता आफूहरुले पाउने महतोको दावी

औपचारिक रुपमा फुटको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता आफूले पाउने राजेन्द्र महतो– महन्थ ठाकुर पक्षले दावी गरेको छ ।
शनिवार जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुको स्वागत कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री समेत रहेका नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टीको आधिकारिकता आफ्नो पक्षमा दिने दावी गरे । उनले देशभर रहेको संगठनका ७० प्रतिशत नेता कार्यकर्ता आफ्नो पक्षमा रहेको जिकिर गरे ।
महतोले अहिले सरकारमा पुगेको बेला कति दिन काठमाडाैं बस्ने र कति दिन जिल्लामा गएर संगठन बनाउने भन्नेबारे तालिका बनाएर काम गर्न आग्रह गरे । उनले अहिले जनता समाजवादी पार्टीले जनताको माग पूरा गराउन भूमिका खेलेकाले जनताले सरकारमा जानु ठीक भनिरहेको पनि दावी गरे ।
पार्टी विभाजित मनस्थितिमा रहेका बेला माग मुद्धा सम्बोधन गरेकोले जनता आफ्नो पक्षमा रहेको उनको दावी छ । निर्वाचन आयोगमा आफ्नो मान्यताको स्थापित गरेर अघि बढ्ने महतोको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–पाकिस्तान युद्धविरामपछि यस्तो छ पाकिस्तानी सेयर बजारको अवस्था
-
भावी नेतृत्व जोडिएपछि सशस्त्रको एआईजी बढुवा पेचिलो
-
हेडलाइनमा आउन आफ्नो नाम प्रयोग गरेको भन्दै अभिनेत्री मावरा आक्रोशित
-
यस्तो छ ‘हेल्लो काँशीराम’ को गीत ‘खैजेडीको घेरो’
-
सुरक्षित हुन्छ त पिउने सनस्क्रिन ?
-
एकदिवसीय करियरबाट संन्यास लिनेबारे रोहितले के भने ?