बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नवनियुक्त मन्त्रीहरुलाई राजेन्द्र महतोको निर्देशनः अहिले पाएको उपलब्धीलाई पार्टीको हितमा प्रयोग गर्नुस्

शनिबार, २२ जेठ २०७८, १७ : २३
शनिबार, २२ जेठ २०७८

उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले पार्टीका तर्फबाट नवनियुक्त मन्त्रीहरुलाई पार्टीको हित हुने काम गर्न निर्देशन दिएका छन् । शनिवार पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा बोल्दै उनले अहिले ऐतिहासिक अवसर आएकोले सबैभन्दा पहिला आफ्नो पार्टीका लागि काम गर्न आग्रह  गरे ।
 
उनले भने, ‘संगठनमा शक्ति हुन्छ, संगठनकै कारण  जनता समाजवादी पार्टीको संसदमा जुन उपस्थिति रहेको छ, उसैको परिणामस्वरुप १० जना हाम्रा मित्र सरकारमा सहभागी भएका छौं ।’
उनले हिजो बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो १ सय २१ सिट भएको पार्टीको ७ मन्त्री र जसपाको २० सिटबाट १० मन्त्री बनाएको पनि सुनाए । उनले आफ्नो पार्टीमा ३४ सिट रहेपनि अरु बिभाजको प्रक्रियामा रहेको बताए । 

उनले यो ऐतिहासिक अवसर भएको बताउँदै पार्टीको लाभका लागि काम  गर्न निर्देशन दिए । उनले भने, ‘यस अवसरको लाभ पार्टीको हीतमा प्रयोग गर्नुपर्छ ।  आफ्नो विभागीय उत्तरदायित्व अनुसार मिलेको अवसर देश, जनता, पार्टी र संगठनको लागि अधिकतम सदुपयोग गर्नुपर्छ ।’

उनले सबै मन्त्रीहरुले पार्टीलाई बलियो बनाउनेगरी काम गर्नेमा आफू विश्वस्त रहेको पनि उल्लेख गरे । उनले सरकार र जनतासँग नजिकको सम्बन्ध राख्न एउटा पद्धतिको विकास गर्नुपर्नेमा जोड दिए । 

उपप्रधानमन्त्री महतोले सरकारमा गएपछि गरम नभई सबैप्रति नरम हुन पनि निर्देशन दिए । उनले देशमा रहेको नियम कानुन संविधान मान्नुपर्ने बताउँदै संविधानले नदिएका कुरामा पार्टीले संघर्ष पनि गरिरहेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप