प्रधानमन्त्री ओलीद्वारा दोश्रोपटक सिंगापुरबाट मन्त्रीहरुसँग 'छलफल'
![प्रधानमन्त्री ओलीद्वारा दोश्रोपटक सिंगापुरबाट मन्त्रीहरुसँग 'छलफल'](https://rpcdn.ratopati.com/media/albums/EDhoR7tUEAEq2gm_1w8Dq3Vlob.jpg)
काठमाडौं– सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिप्रिजेन्स प्रविधिमार्फत दोश्रो पटक क्याविनेट सदस्यहरुसँग छलफल गरेका छन् ।
आज १ बजेर १० मिनेटदेखि प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग छलफल गरेका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो उपचारबारे जानकारी दिने र मन्त्रीहरुले आफ्नो कामका बारे प्रधानमन्त्रीलाई अपडेट गर्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छ ।
यसअघि पनि प्रधानमन्त्री ओलीले टेलिप्रिजेन्स प्रविधिमार्फत सिंगापुरबाटै मन्त्रिपरिषद् बैठक सञ्चालन गरेका थिए ।
त्यतिबेला विदेशबाट मन्त्रिपरिषद् बैठक गरेको भन्दै सरकारको चर्को आलोचना भएको थियो । साथै, बैठकको वैधानिकता, गोपनियता र साइबर सुरक्षाबारे पनि प्रश्न उठाइएको थियो ।
आलोचना भएपछि मन्त्रिपरिषद् बैठक आयोजनाको विषयमा प्रधानमन्त्री र सरकारकै प्रवक्ताको कुरा बाझिएको थियो । सञ्चारमन्त्री गोकुलप्रसाद बासकोटाले सो बैठक मन्त्रीपरिषद् बैठक नभएको बताए पनि प्रधानमन्त्री स्वयम्ले भने सिंगापुरबाट मन्त्रिपरिषद् बैठक सम्पन्न गरिएको जानकारी दिएका थिए ।
त्यही भएर यसपटक भने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले मन्त्रीहरुसँग ‘छलफल’ भनेर उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको भविष्य समाप्त नपार्न इप्पानको आग्रह
-
कोटीहोम विवादमा महानगरलाई ट्रष्टको जवाफ : जग्गा भाडामा दिन महानगरलाई सोध्नुपर्दैन
-
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम फागुन ४ गते
-
बजारमा ग्यास अभाव : के भन्छन् व्यवसायी ?
-
लुम्बिनी प्रादेशिक अस्पताल निर्माणबारे मुख्यमन्त्री आचार्यको चासो
-
यस्तो छ गोलरक्षक एञ्जिला अभिनीत फिल्म ‘अञ्जिला’को टिजर