स्वयम्भू गोली प्रकरण : तीनवटा नाममा लुटपाट गर्थे ‘लोप्साङ’

काठमाडौं । रामेछापको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कालाई फोनमार्फत धम्की दिने मिलन तामाङ आफैँ प्रहरीको फन्दामा परेका छन् । तामाङसँगै अमृत तामाङ पनि प्रहरीको फन्दामा परेका हुन् ।
उनीहरुलाई स्वयम्भुस्थित झिगु क्याफेमा बसिरहेका बेला महानगरीय अपराध महाशाखाको टोलीले गोली प्रहार गरी नियन्त्रणमा लिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।
एसएसपी थापाका अनुसार सुरुमा उनीहरुलाई आत्मसमपर्ण गर्न आदेश दिइएको थियो ।
को हुन् मिलन र अमृत ?
लुटपाट तथा धम्की दिँदै रकम असुल्ने मिलन र अमृत रामेछापको लिखु गाउँपालिका–७ का स्थायी वासिन्दा हुन् । उनीहरु लामो समयदेखि लुटपाटमा संलग्न रहँदै आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
पछिल्लो समय तामाङद्धयले लिखु गाउँपालिका अध्यक्ष खड्कासँग मोटो रकम असुल गर्न खोजेका थिए । गाउँपालिका अध्यक्षसँग उनीहरुले २ करोड ‘डिमान्ड’ गरेका थिए ।
मागेजति रकम नदिए तामाङद्धयले छोराछोरी तथा सम्पूर्ण घर परिवारलाई मारिदिने धम्की आएपछि अध्यक्ष खड्काले आफ्नो सुरक्षाको माग गर्दै केही समयअघि महाशाखामा उजुरी दिएका थिए ।
प्रहरीमा उजुरी परेपछि महाशाखाको विशेष टोलीले उनीहरुको खोजीकार्य तीव्र बनाएको थियो । सोही क्रममा शुक्रबार स्वयम्भुस्थित झिगु क्याफेमा बसिरहेको सूचना पाएलगत्तै महाशाखाको टोली त्यहाँ पुगेको थियो ।
यसरी चल्यो गोली ?
क्याफेमा बसिरहेका तामाङद्धयले सादा पोसाकमा पुगेको प्रहरी देख्नासाथ आक्रमणको प्रयास गर्दै भाग्न खोजेको एसएसपी थापाले बताए । उनीहरुलाई पक्राउ गर्न गएको प्रहरी टोलीले सुरुमा आत्मसमपर्ण गर्न आदेश समेत दिएको थियो ।
आदेश नमानेपछि उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले २ राउन्ड गोली प्रहार गरेको हो ।
सोही क्रममा मिलन तामाङलाई घुँडामुनि गोली लागेलगत्तै भुँइमा ढलेको प्रहरीले जनाएको छ । यता अमृत तामाङ भने भाग्दै गर्दा प्रहरीले समात्न सफल भएको थियो ।
मिलनका तीन वटा नाम
काठमाडौं उपत्यकामा कहीँकतै नाम नसुनिएका मिलनले तीनवटा नाम भजाउँदै लुटपाट तथा धाकधम्की दिने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
काठमाडौंको महानगरपालिकास्थित रानीबारी बस्दै आएका मिलनले लोप्सन लामा र बाबुराम तामाङको नामले लुटपाट समेत गर्दै आएको प्रहरीले जनाएको छ ।
मिलन र अमृतले रामेछापको लिखु हाइड्रो र रोड कन्ट्रक्सनबाट सामान तथा नगद लुटपाट गरेको प्रहरीको भनाई छ ।
गोली लागेका मिलनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता