गाउँपालिका अध्यक्षसँग २ करोड माग्ने लुटेरा समूहमाथि प्रहरीले गोली चलायो, एक जना घाइते

काठमाडौं– काठमाडौंको स्वयम्भुमा गोली चलेको छ । शुक्रबार महानगरीय अपराध महाशाखा काठमाडौबाट खटिएको प्रहरी टोलीले लुटेरामाथि गोली चलाएको हो ।
स्वयम्भुस्थित झिगु क्याफेमा लुटेरा पक्राउ गर्ने क्रममा प्रहरीको तर्फबाट दुई राउन्ड गोली चलाएको थियो ।
प्रहरीको गोली लागेर लुटेरा तामाङ तामाङको घोडामूनी गोली लागि घाइते भएका र अर्का लुटेरा रामेछाप स्थायी घर भएका अमृत तामाङ पनि पक्राउ परेका अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।
दुई करोड मागेका थिए लोप्साङले
प्रहरीको गोली लागि घाइते भएका लोप्साङ तामाङ भन्ने मिलनले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षसँग २ करोड रुपैयाँ मागेका थिए । उनले मागेको रकम नदिए अध्यक्षकी छोरीको ज्यानै लिने धम्की समेत दिएका थिए ।
तामाङको यस्तो धम्कीपछि पीडित परिवारले प्रहरीमा उजुरी दिएको र त्यही उजुरीका आधारमा शुक्रबार स्वयम्भुको विजेश्वरीमा प्रहरीले तामाङको समुहलाई भेटाएको थियो । प्रहरीले नियन्त्रणमा लिन खोज्दा तामाङ भाग्न खोजेपछि गोली चलाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक ३ : १५ बजे बस्ने गरी सूचना टाँसेर स्थगित
-
झापाबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह (तस्बिरसहित)
-
बेनी–जोमसोम–कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
हिमालयन बैंकको ‘ठमेल शाखा’ सञ्चालनमा
-
नेताहरूको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक: देउवा
-
४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट : सूचीमा सिनो हाइड्रो, कोकनदेखि पतञ्जलीसम्म