गाउँपालिका अध्यक्षसँग २ करोड माग्ने लुटेरा समूहमाथि प्रहरीले गोली चलायो, एक जना घाइते
काठमाडौं– काठमाडौंको स्वयम्भुमा गोली चलेको छ । शुक्रबार महानगरीय अपराध महाशाखा काठमाडौबाट खटिएको प्रहरी टोलीले लुटेरामाथि गोली चलाएको हो ।
स्वयम्भुस्थित झिगु क्याफेमा लुटेरा पक्राउ गर्ने क्रममा प्रहरीको तर्फबाट दुई राउन्ड गोली चलाएको थियो ।
प्रहरीको गोली लागेर लुटेरा तामाङ तामाङको घोडामूनी गोली लागि घाइते भएका र अर्का लुटेरा रामेछाप स्थायी घर भएका अमृत तामाङ पनि पक्राउ परेका अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।
दुई करोड मागेका थिए लोप्साङले
प्रहरीको गोली लागि घाइते भएका लोप्साङ तामाङ भन्ने मिलनले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षसँग २ करोड रुपैयाँ मागेका थिए । उनले मागेको रकम नदिए अध्यक्षकी छोरीको ज्यानै लिने धम्की समेत दिएका थिए ।
तामाङको यस्तो धम्कीपछि पीडित परिवारले प्रहरीमा उजुरी दिएको र त्यही उजुरीका आधारमा शुक्रबार स्वयम्भुको विजेश्वरीमा प्रहरीले तामाङको समुहलाई भेटाएको थियो । प्रहरीले नियन्त्रणमा लिन खोज्दा तामाङ भाग्न खोजेपछि गोली चलाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण