केन्द्रीय संस्करण
विचारमन्थन

मार्टा हर्नेकरको संघर्षका लागि विचार : ‘भावी वामपन्थी आन्दोलनको चेक लिष्ट’- ३

आम जनसाधारण राजनीति सफा होस्, पारदर्शी र सहभागितामूलक होस् र राजनीतिमाथिको विश्वासमा पुनर्जागरण हुन सकोस् भन्ने चाहन्छन्

person explore access_timeअसार १०, २०७६ chat_bubble_outline0

 राजनीतिक वामपंथ र सामाजिक वामपंथ एकजुट हुनु पर्ने आवश्यकता

१ वहुसंख्यक जनताले हाम्रो महादेशमा थोपरिएको भूमण्डलीकरणको तिरष्कार गर्ने क्रम झन् झन् बढ्दै गइरहेको छ | भूमण्डलीकरणले हाम्रा जनताका ज्वलन्त समस्यालाई समाधान गर्न सकेन | ठूला सैन्य शक्ति तथा संचार घरानाले धाप दिएका बृहत बहुराष्ट्रिय वित्तिय पुँजीले कार्यन्वयन गरेका नवउदारवादी नीति जनताका त्यस्ता समस्यालाई समाधान गर्न नाकामी मात्र रहेनन् त्यसको उल्टो तिनले नाटकीयरुपमा एकातिर गरिवी र सामाजिक वहिष्करणलाई बढाउन र अर्कातिर झन् झन् थोरै मानिसको हातमा सम्पतिको संकेन्द्रिकरण गर्न मद्दत गरेका छन् | त्यस्ता वित्तिय पुँजीका मुख्यालय भने अमेरिकामा पाउन सकिन्छ |

नव उदारवादी आर्थिक अभ्यासको दुष्परिणाम स्वरुप अत्यधिक मारमा परेका भनेकै शहरी तथा ग्रामिण भेगका श्रमजीवी जनताका परम्परागत क्षेत्र हुन् | त्यसले तिनलाई मात्रै होइन अन्य सामाजिक क्षेत्रमा उस्तै जकडेको छ,

२ नव उदारवादी आर्थिक अभ्यासको दुष्परिणाम स्वरुप अत्यधिक मारमा परेका भनेकै शहरी तथा ग्रामिण भेगका श्रमजीवी जनताका परम्परागत क्षेत्र हुन् | त्यसले तिनलाई मात्रै होइन अन्य सामाजिक क्षेत्रमा उस्तै जकडेको छ, जस्तो कि गरिव तथा सिमान्तकृत जनसमुदाय, निर्धन मध्यम वर्गीय तप्का, साना तथा मध्यमस्तरीय व्यवसायिक समुह, अनुपचारिक क्षेत्र, साना तथा मझौला ग्रामीण उत्पादकहरू, वहुसंख्यक पेशाकर्मीहरु, बेरोजगारहरुको भीड, सहकारीका कामदारहरु,पेन्सन प्राप्त प्राप्त गर्नेहरु, सेना तथा प्रहरीका मातहतका कनिष्ट जवानहरु | यसका साथै, हामीले आर्थिक रुपले मारमा परेकाहरुलाई मात्रै होइन महिला, युवा, बालबालिका, बृद्ध, आदिवासी, अश्वेत, कुनै कुनै धार्मिक समुह र सम-लैंगिकहरुको ख्याल गर्नु पर्दछ |

३ नव उदारवादले हाम्रा मुलुकका अत्यधिक बहुसंख्यक जनतालाई सामाजिक-आर्थिक हिसावले मात्रै होइन, मनोगत हिसावले पनि कंगाल बनाउँछ |

४ कुनै-कुनै सामाजिक क्षेत्र त शक्तिशाली आन्दोलनमा रुपान्तरण भएका छन् | नामै लिनु पर्दा, ती भनेका महिला, आदिवासी तथा उपभोक्ता अधिकार आन्दोलन, मानव अधिकार तथा पर्यावरण बचाउँ आन्दोलन हुन् |

५ यी आन्दोलन शास्त्रीय श्रमिक आन्दोलनभन्दा कतिपय मानेमा भिन्न छन् | तिनीहरुका मंच जोडदार मुद्दामा केन्द्रित छन् र ती विभिन्न वर्ग र पिंडीका मुद्दामा फैलिएका छन् | तिनीहरुको संगठनात्मक ढाँचा अतितको जस्तो नभएर कम सोपानायुक्त/ढाँचागत र बढी सामाजिक संजालमा भरपर्ने खालका छन् | तिनीहरुका ठोस काम-कार्वाही आनका तान फरक पर्ने खालका पनि छन् |

६ यस बीचमा नयाँ-नयाँ सामाजिक अभियन्ताहरु पनि देखापरेका छन् | उदाहरणको निम्ति युवाहरुको जन परिचालन गर्ने क्षमता आश्चर्यजनक रुपमा बढेको छ, तिनले वास्तविक रुपमा विद्यमान रहेको भूमण्डलीकरणलाई अस्वीकार गर्ने हेतुले प्रमुख रुपमा विद्युतीय माध्यम (इण्टरनेट, मोवाइल फोन आदि)बाट ठुल-ठूला जन परिचालन गरेका छन्, तिनले नव उदारवादी उपायहरुको प्रयोग गर्ने कुराको प्रतिरोध गरेका छन्, युद्ध र सैनिक अतिक्रमणका विरुद्धमा अत्यन्त शक्तिशाली जन परिचालन गरेका छन् र क्रान्तिकारी संघर्षका अनुभवहरु साटेका छन् जसले गर्दा वामपन्थी तथा प्रगतिशील विचारमाथि थोपरिएको संचार नाकाबन्दीलाई तोड्न मद्दत पुगेको छ |

७ उनीहरुको यस किसिमको अस्वीकृति प्रतिरोध र संघर्षका विविध तथा वैकल्पिक व्यवहारमा प्रदर्शित भएका छन् |

८ विभिन्न मुलुकहरुमा नवउदारवादको विरोधमा वामपन्थी पार्टी, मोर्चा या राजनीतिक प्रक्रिया सुदृढ़ हुनु अनिवार्य छ | अरु मुलुकमा पनि सशक्त सामाजिक आन्दोलन उठेका छन् | ती नव उदारवादी भूमण्डलीकरणको विरुद्धको रणमोर्चामा महत्त्वपूर्ण विपक्षी शक्तिको स्थान ओगट्दै आफैं महत्त्वपूर्ण राजनीतिक अभियन्तामा रुपान्तरण भएका छन् |

नव उदारवादी मोडल क्रियाशील रहेका मुलुकमा गहिरिँदै गएको संकटले यति व्यापक र यति धेरै जनसमुदायलाई प्रभावित पारेको छ कि त्यसभित्र वहुसंख्यक जनता लपेटिन पुगेका छन् | समाज भित्रबाट रङ्गीविरङ्गी मागहरु उठेका छन्, तिनको कुनै सुनवाई भएको छैन |

९ नव उदारवादी मोडल क्रियाशील रहेका मुलुकमा गहिरिँदै गएको संकटले यति व्यापक र यति धेरै जनसमुदायलाई प्रभावित पारेको छ कि त्यसभित्र वहुसंख्यक जनता लपेटिन पुगेका छन् | समाज भित्रबाट रङ्गीविरङ्गी मागहरु उठेका छन्, तिनको कुनै सुनवाई भएको छैन | यी सबले विराट सामाजिक शक्ति सहितको नवउदारवादविरोधी सामाजिक ब्लक निर्माण गर्ने अत्यन्त अनुकुल परिस्थिति निर्माण गरेको छ | यति हुँदा हुँदै पनि, यी विकासशील प्रतिरोध र संघर्षका अभिव्यक्ति प्रचलित व्यवस्थामा साँच्चिकै खतरा उत्पन्न गर्न पर्याप्त छैनन् |
१० नव उदारवाद विरोधी विस्तृत सामाजिक ब्लक निर्माण गर्ने यी अनुकुल वस्तुगत परिस्थितिको समानान्तर प्रतिकूल आत्मगत अवस्था पनि छन् | तिनले गम्भीर समस्या खडा गरी दिएका छन् | यसको एउटा कारण चाहिँ, मेरो विचारमा, वामपन्थीहरु छरपष्ट हुनु हो |

११ यसै कारण नवउदारवादविरोधी प्रभावकारी संघर्ष गर्ने हो भने, मेरो विश्वास चाहिं, विभिन्न वामपन्थी तप्कालाई वामपंथ भनेको पुँजीवादी प्रणाली र त्यसको नाफामुखी तर्कका विरुद्धमा उभिएका तथा मानवतावाद र ऐक्यवद्धताका आधारमा श्रमजीवी वर्गका हितमा निर्मित समस्त शक्ति हुन् भन्ने कुरा बुझाउनु रणनीतिक रुपमा पनि जरुरी छ |

१२ त्यसैकारण, वामपंथ भनेको वामपन्थी पार्टी या त्यस्ता राजनीतिक संगठनमा मात्र सीमित गरेर बुझ्नु हुँदैन, त्यो भनेको पार्टी भन्दा बाहिरका सामाजिक अभियन्ता र आन्दोलन पनि हुन् | अक्सर गरेर यिनीहरु पार्टी भन्दा पनि बढी गतिशील र जुझारु छन् तर कुनै राजनीतिक पार्टीमा सम्वन्धित नभएका या सम्वन्धित छौं भन्न नरुचाउने हुन्छन् | पार्टीमा रुपान्तरणलाई भरथेग गर्न भनेर त्यस्ता संस्थाहरुलाई उपयोग गरेर शक्ति संचय गर्नु पर्छ भन्ने मानिसहरु हुन्छन् भने सामाजिक अभियन्ता र आन्दोलन भने त्यो कुरा मान्दैनन् |

१३ अझ यसलाई सरलीकरण गर्ने हो भने राजनीतिक पार्टी या संगठनलाई मैले राजनीतिक वामपंथ र सामाजिक अभियन्ता र आन्दोलनको समुहलाई सामाजिक वामपंथ भनेर उल्लेख गर्ने निधो गरेकी छु | यद्यपि व्यवहारमा यस किसिमको अवधारणात्मक विभाजन त्यति सुस्पष्ट हुँदैन | वास्तवमा, बढ्ता विकसित सामाजिक आन्दोलनले सामाजिक-राजनीतिक आयाम हासिल गर्दै जान्छ |

१४ निस्कर्षमा, वामपंथका विविध अभिव्यक्तिहरुका जुझारु प्रयत्नलाई एकतावद्ध गरेर मात्रै हामी नव उदारवाद विरोधी ब्यापक सामाजिक ब्लक निर्माण गर्न सक्छौं, तव मात्रै प्रगतिशील उम्मेदवार निर्वाचित गर्न मद्दत गर्न सक्छौं र त्यहाँबाट पूंजीवादको विरुद्धमा विकल्प हुने दिशामा अघि बढ्न सक्छौं | त्यसैले रणनीतिक कार्यभार भनेको राजनीतिक तथा सामाजिक वामपन्थलाई यसरी सम्झाउनु हो कि यस दृष्टिकोणबाट मात्रै विकाशील र छरिएका सामाजिक विपक्षलाई एउटै विराट कतारमा उभ्याउन सक्छौं |


मार्टा हर्नेकरको संघर्षका लागि विचार : ‘भावी वामपन्थी आन्दोलनको चेक लिष्ट’

पहिलो भाग:अरुलाई सम्मान गर्नेले, अरुसंग जिम्मेवारी बाँडचुड गर्नेले मात्रै जनतालाई गोलबन्द गर्न सक्दछ

दोस्रो भाग: दुर्भाग्यवश, अहिलेका हाम्रा धेरैजसो नेता आदेशको भरमा जनताको नेतृत्व गर्नु पर्छ भन्ने शिक्षादीक्षामा हुर्केका छन्


 

राजनीति र राजनीतिज्ञ प्रतिको जनताको संशयका कारण

१ मैले चर्चा गरी सकेकै छु, नव उदारवाद विरोधी सशक्त आन्दोलन गर्नको निम्ति त्यसका दुष्परिणामका भुक्तभोगी सबै जन समुदायलाई स्पष्ट पार्नु पर्दछ र त्यो उद्धेश्य प्राप्त गर्न स्वयं वामपन्थीहरूबाट सुरु गर्नु पर्दछ | हाम्रो मुलुकमा वामपन्थीहरु भने छितरिएका छन् | यो कामलाई रोकावट गर्ने थुप्रै अवरोधहरु छन् | पहिलो काम भनेको उनीहरुलाई ती अवरोध बारे सचेत गराउनु र तिनलाई सामना गर्न तैयार बनाउनु हो |
२ एउटा अवरोध चाहिँ राजनीति र राजनीतिज्ञ प्रतिको जनताको बढ्दो संशय हो |

३ यस संशयलाई सम्वोधन गर्नको निम्ति हामीले अन्य कुराका अतिरिक्त हाम्रो लोकतान्त्रिक प्रणालीमा रहेका बडेमाका अवरोधहरु हटाउनु पर्दछ | यी अवरोधहरु सैनिक तानाशाहीको बेलामा रहेका भन्दा विछुट्टै बेग्लै छन् |

४ यी कछुवाको गति भएका, नियन्त्रित, सीमित या निगरानीमा राखिएका लोकतान्त्रिक शासन प्रणालीले लोकतान्त्रिक ढंगले चुनिएका अधिकारीहरुको कार्य क्षमतालाई जबरदस्त रुपमा सीमित गर्दछन् | सर्वाधिक महत्वपूर्ण निर्णयहरु अनिर्वाचित संस्थाबाट हुने गर्दछ - त्यसैकारण तिनले निर्वाचन परिणामले ल्याएका परिवर्तनको कुनै मान मनितो राख्नुपर्ने हुँदैन | राष्ट्रिय सुरक्षा समिति,केन्द्रिय बैंक, आर्थिक परामर्श संथा, सर्वोच्च अदालत, लोकपाल, संवैधानिक अदालत र संचार आदि जस्ता क्षेत्र यसै कोटी भित्र पर्दछन् |

यस्ता निर्णयमा राजनितिज्ञहरु होइनन् कर्मचारीहरुको हालीमुहाली, कम्तिमा निर्णायक प्रभाव, रहन्छ | देख्दामा तटस्थ र अराजनीतिक छवि भए पनि तिनै भित्र छिपेर वर्चश्वशाली वर्गले आफ्नो राजनीति गरेको हुन्छ |

५ यस्ता निर्णयमा राजनितिज्ञहरु होइनन् कर्मचारीहरुको हालीमुहाली, कम्तिमा निर्णायक प्रभाव, रहन्छ | देख्दामा तटस्थ र अराजनीतिक छवि भए पनि तिनै भित्र छिपेर वर्चश्वशाली वर्गले आफ्नो राजनीति गरेको हुन्छ | तिनले गर्ने निर्णय पार्टीहरुको संयन्त्र भन्दा बाहिर रहेर गरिन्छ | हामीले यहाँ चर्चा गरेको प्रसङ्ग भनेको यस्तो नियन्त्रित लोकतन्त्रको हो जहाँ नियन्त्रक स्वयं भने कुनै लोकतान्त्रिक संयन्त्रको मातहतमा बस्नु पर्दैन |

६ त्यति मात्र होइन, संचार जस्ता सहमति निर्माण गर्ने संयन्त्र सत्ताधारी वर्गले एकलौटी बानाएका मात्र होइनन् आफैंमा तिलस्मी रुपमा परिस्कार भएका पनि छन् र तिनले जनतालाई धेरै हदसम्म आफूले भनेको सत्य नै सत्य हो भन्न विवश बनाएका छन् | यसैकारण जनताको झिनो अल्पमतको हितको प्रतिरक्षा गर्ने सबभन्दा अनुदारवादी पार्टी समेत, संख्यात्मक रुपमा ठूला जन पार्टी बन्न पुगेका छन् | त्यसैकारण, कम्तिमा लेटिन अमेरिकामा, तिनका उम्मेदवारलाई समर्थन गर्ने सामाजिक आधार भनेको शहरी सिमान्त क्षेत्र र ग्रामिण भेगमा रहेका निर्धनतम तप्का हुन् | सुखद पक्ष चाहिँ विगत केही दशकमा यस स्थितिमा परिवर्तन आएको छ |

७ यस किसिमको संशय बढाउन उत्प्रेरित गर्ने अन्य तत्त्वमा, एकातिर, दक्षिणपन्थीहरुले सुधार, संरचनात्मक परिवर्तन, गरिवी बारे चासो, रुपान्तरण आदि जस्ता वामपन्थीहरुको भाषाको निर्लज्ज दोहन गर्नु हो, तिनले पनि सारा समस्याको एउटै उपचार बजार मात्रै हो भन्ने विचार माथि प्रश्न उठाउन र राज्यको हस्तक्षेपकारी भूमिकाको समर्थन गर्न थालेका छन् जुन आजभोलि तिनको आम बहसको एउटा अभिन्न अंश बन्न पुगेको छ | अर्कातिर केही वामपन्थी पार्टीहरुले बारम्बार जस्तो परम्परागत पार्टीहरुको नानी देखि लागेको बानीको भन्दा भिन्न भनेर छुट्याउनै नसकिने राजनीतिक अभ्यास गर्न थालेका छन् |

८ हामीले के कुरा ख्याल राख्नु पर्दछ भने चुनावको मुखमा मात्रै टुप्लुक्क पुग्ने झिल्के, बाबुसाहेवी, अपारदर्शी र भ्रष्ट पार्टीहरुलाई जनता उत्तरोत्तर तिरष्कार गरीरहेका छन् ; तिनमा देखिने गरेको गुटगत सांघातिक बाझो र तिनको क्षुद्र उद्धेश्य, जन स्तरका समितिको कुनै राय सल्लाह नै न लिई पार्टीका माथिल्ला अभिजातले लिने निर्णयको परिपाटी र सामुहिक नेतृत्व भन्दा वैयत्तिक नेतृत्व हावी रहने तिनका चाल चलनबाट जनता वाक्क-दिक्क भएका छन् | जनता झन् झन् बड्दो रुपमा कर्ममा कहिल्यै अनुवाद नहुने तिनका वाचालाई तिरष्कार गर्न थालेका छन् |

आम जनसाधारण भने परम्परागत राजनीतिक प्रणालीबाट वाक्क-दिक्क भएका छन् र त्यसको नविकरण चाहन्छन, उनीहरु सकारात्मक परिवर्तन चाहन्छन्, राजनीति गर्ने नयाँ तरिका चाहन्छन्, उनीहरु राजनीति सफा होस्, पारदर्शी र सहभागितामूलक होस् र राजनीति माथिको विश्वासमा पुनर्जागरण हुन सकोस भन्ने चाहन्छन् |

९ आम जनसाधारण भने परम्परागत राजनीतिक प्रणालीबाट वाक्क-दिक्क भएका छन् र त्यसको नविकरण चाहन्छन, उनीहरु सकारात्मक परिवर्तन चाहन्छन्, राजनीति गर्ने नयाँ तरिका चाहन्छन्, उनीहरु राजनीति सफा होस्, पारदर्शी र सहभागितामूलक होस् र राजनीति माथिको विश्वासमा पुनर्जागरण हुन सकोस भन्ने चाहन्छन् |

१० राजनीति र राजनीतिज्ञहरु प्रतिको यस किसिमको अबिश्वास दिनहुँ बढ्दो छ र यो राजनीतिक वाम्पपन्थमा मात्र सीमित नरहेर सामाजिक वामपन्थमा पनि छिरेको छ | वामपन्थको निम्ति यो जति गम्भीर समस्या बनेको छ त्यति नै दक्षिणपन्थको निम्ति भने बनेको छैन | दक्षिणपन्थीहरु राजनीतिक पार्टी नहुँदा पनि मजाले क्रियाशील हुन सक्दछन् जस्तो कि उनीहरुले तानाशाही कालखण्डमा देखाई सकेका छन् | तर वामपन्थीहरु भने कुनै राजनीतिक पार्टी, कुनै राजनीतिक मोर्चा या अन्य कुनै संयन्त्र जस्ता राजनीतिक उपकरण नभईकन कामै गर्न सक्दैनन् |

११ सोभियत समाजवादको असफलता र युरोपियन सामाजिक प्रजातान्त्रवादीहरुले अघि सारेको लोक कल्याणकारी राज्य र लेटिन अमेरिकाको सस्तो जनमुखी विकास (developmental populism)को संकट पछि वामपन्थीहरु बीचको एकताको अर्को तगारो भनेको नविन विश्व वास्तविकतालाई मध्ये नजर गरेर पूंजीवादको विरुद्धमा सशक्त र भरपर्दो विकल्प प्रस्तुत गर्नमा उनीहरुमा रहेको ठुलो कठिनाई हो |

१२ पुँजीवादले आफैंलाई पुनर्आविष्कार( re-invent) गर्ने विशाल क्षमता प्रदर्शित गरेको छ र आफ्ना उद्धेश्यको निम्ति नयाँ-नयाँ प्राविधिक क्रान्तिलाई उपयोगमा ल्याएको छ : श्रमजीवी वर्गलाई तितरवितर बनाएको छ, त्यसको सम्झौता क्षमता सीमित गरीदिएको छ र वेरोजगारीको भयावह अवस्था सृजना गरिदिएको छ | यसै बीचमा, वामपन्थीहरु भने धेरै जसो मामिलामा अतितकै डम्फु बजाउन व्यस्त छन् | रोगको भरमार चिरफार त भएको छ तर निदानको शुन्यता छ | अक्सर गरेर हामी राजनीतिक दिशा बिनाको यात्रामा निस्केका छौं |

१३ समस्त वामपन्थिहरुलाई एकतावद्ध गर्ने प्रयासमा भाँजी हाल्ने माथि उल्लेखित अधिकांश तगाराहरु हामी माथि थोपरिएका वास्तविकता हुन्, तर हामी भित्रै बाट सिर्जिएका तगाराहरु पनि छन् |

१४ एकातिर विगत दशकहरुमा राजनीतिक वामपन्थमा सामाजिक आन्दोलनहरुसंग मिलेर काम गर्न र नयाँ सामाजिक शक्तिहरुको मन जित्नमा थुप्रै कठिनाईहरु थिए | अर्कातिर, सामाजिक वामपन्थमा नव उदारवाद विरोधी संघर्षमा पार्टीहरुलाई बेवास्ता गर्ने र आफ्नो भूमिकालाई बढाईचढाई गरेर हेर्ने प्रवृत्ति प्रवल थियो | यस दृष्टिकोणले वामपन्थीहरुलाई एकजुठ हुन मद्दत गरेन | अर्को लेख यिनै विषयमा केन्द्रित हुनेछ |

 

वामपन्थले संघर्षका कार्यसूची निर्धारण गर्ने जिम्मा दक्षिणपन्थलाई दिनु हुँदैन

१ अघिल्लो लेखमा मैले हालसालैका दशकमा राजनीतिक वामपन्थको एउटा ठुलो हिस्सामा सामाजिक आन्दोलनसंग मिलेर काम गर्न र नयाँ सामाजिक शक्तिसंग सम्वन्ध विस्तार गर्न निकै कठिन भएको चर्चा गरेकी थिएँ | यसो हुनुमा थुप्रै कारण छन् |

दक्षिणपन्थीहरुले ठुल-ठूला राजनीतिक पहलकदमी प्रदर्शन गरेका छन्, वामपन्थीहरु भने प्रतिरक्षात्मक देखिन्छन् | दक्षिणपन्थीहरुले राजकीय संस्था र आम संचारका माध्यममा भएको आफ्नो नियन्त्रणको भरपुर फाइदा उठाएका छन् |

२ दक्षिणपन्थीहरुले ठुल-ठूला राजनीतिक पहलकदमी प्रदर्शन गरेका छन्, वामपन्थीहरु भने प्रतिरक्षात्मक देखिन्छन् | दक्षिणपन्थीहरुले राजकीय संस्था र आम संचारका माध्यममा भएको आफ्नो नियन्त्रणको भरपुर फाइदा उठाएका छन् | त्यति मात्र होइन तिनले आफ्नो आर्थिक प्रभावलाई समेत वित्तिय तथा एकाधिकारी पुँजीको सेवामा बनाईएको आफ्नो नयाँ मोडल लाद्न प्रयोग गरेका छन् र, एकातिर, सामाजिक विभाजन र पार्टी विरोधी,खासगरी राजनीतिक वामपंथ विरोधी जनभावना उराल्न निजीकरण, श्रम विनियमन र नवउदारवादी आर्थिक कार्यक्रमका तमाम हथकण्डाको प्रयोगमा तीव्रता ल्याएका छन्, अर्कातिर, राजनीतिक वामपंथले भने आफ्नो कामलाई विद्यमान वैधानिक व्यवस्थाको उपयोगमा लगभग पुरै जसो सीमित गरेको छ, विरोधीहरुले लाधेको खेलको नियममा आफूलाई बाँधेको छ र मुस्किलले यसलाई अन्यथा ठानेको छ | मुर्खताको हद यहाँ सम्म पुगेको छ कि वामपन्थको संघर्षको पात्रो नै दक्षिण पन्थले कोरी दिएको छ |

४ अर्कातिर प्रभुत्वशाली वर्गले थोपरेका प्रचलित खेलका नियम वामपन्थी एकताको निम्ति भाँजो हाल्ने खालका छन् र तिनले व्यक्तिको करिश्मामा आधारित राजनीतिलाई मलजल गर्दछन | कुनै कुनै मुलुकमा त वामपन्थीहरु वृहत्तर मोर्चाको हितलाई भन्दा आफ्नै पार्टीको हितलाई हेर्न वाध्य छन्, किनभने तिनले त्यसो न गर्ने हो भने तिनको पार्टी राजनीतिक परिदृश्य बाटै अलप हुने खतरा हुन्छ |

५ यसको अर्थ हो, जब निर्वाचनामा हार खाइन्छ निराशा, थकावट र निर्वाचन अभियानमा भएको खर्चको जोडजाम गर्दा राजनीतिक लाभ शुन्य हुनुले समयको बर्बाद भएको मनोभावना पार्टि भित्र देखापर्दछ | यदि निर्वाचन अभियानलाई जन चेतना र जन संगठनलाई विस्तार गर्ने गरी शैक्षणिक दृष्टिकोणले अनुभूत गरिएको भए यो स्थिति भिन्न हुन सक्दथ्यो | त्यस स्थितिमा निर्वाचन परिणाम त्यति अनुकुल नभए पनि अभियानको दौरानमा खर्च गरिएको समय र मेहनत खेर जाने थिएन |

६ कसै कसैले तर्क गर्न सक्छन्, सत्ताधारी प्रणालीले क्रान्तिकारी वामपन्थको किल्ला भित्र छिराई दिएको ट्रोजन हर्स भनेको संस्थाको पुजा(cult of institution) हो जसले गर्दा वामपन्थीहरुलाई उनीहरु भित्रै बाट आक्रमण गर्न सजिलो हुन्छ | यो कुनै आश्चर्यजनक तर्क होइन |

७ कार्य संयोजनको जिम्मा सार्वजनिक तथा प्रशासनिक ओहोदामामा बसेकाका क्रमशः माथिला तहका मानिसहरुलाई दिने गरिएको छ | अधिकांश जसोको जोड भने सामुहिक काम- कारवाहीलाई हतोत्साही गर्ने र ससदीय कामामा निर्देशित गर्ने या संचारमा छाउने खालको हुन्छ |

८ संगठनको जुझारु काम भनेको निर्वाचनको बेलामा पोस्टर टाँस्नु या त्यस्तै अन्ठसंठ सार्वजनिक काम गर्नुमा अधपतन हुन पुगेको छ |

९ अझ निकम्मा काम त के भएको छ भने पार्टीको वित्तीय खर्च उठाउने जिम्मा संसद, स्थानीय सरकार र निर्वाचन बोर्ड जस्ता राजकीय संस्थामा काम गर्ने कार्यकर्ताको थाप्लोमा छोडिएको हुन्छ | यी सबले गर्दा पराश्रयीपन र अनावश्यक दवाव झेल्नु पर्ने हुन्छ |

वामपन्थको राजनीतिक गतिविधि भनेको कुनै संस्थाको चुनाव जित्नु मात्र होइन | यसका गतिविधि त ती संस्था परिवर्तन गरेर यथास्थितिको रुपान्तरारण गर्न सक्षम बनाउने तर्फ पो परिलक्षित हुनु पर्दछ |

१० वामपन्थको राजनीतिक गतिविधि भनेको कुनै संस्थाको चुनाव जित्नु मात्र होइन | यसका गतिविधि त ती संस्था परिवर्तन गरेर यथास्थितिको रुपान्तरारण गर्न सक्षम बनाउने तर्फ पो परिलक्षित हुनु पर्दछ | शक्तिहरु बीचको यस्तो नयाँ सहसम्वन्ध सिर्जना गर्नु पर्दछ ताकि आवश्यक परिवर्तन लागू गर्न सकियोस | हामीले के कुरा बुझ्न जरुरी छ भने सामाजिक शक्तिको निर्माण बेगर राजनीतिक शक्ति निर्माण गर्न सकिदैन |
११ यसका साथ साथै हामीले सारा पहलकदमी र आफू संग रहेका समस्त सामाजिक आन्दोलनलाई 'पार्टीकरण' गर्ने कुराबाट बच्नु पर्दछ | बरु हाम्रा प्रयत्न तिनका व्यवहारलाई एउटै राजनीतिक परियोजनामा जोड्ने हुनु पर्दछ |
१२ यसका अतिरिक्त, राजनीतिक वामपन्थ नयाँ यथार्थमा समायोजन हुन निकै अप्ठ्यारो घडिमा छ | धेरै जसो अवसरमा यो कठोर अवधाराणात्मक संरचनामा जेलियो | त्यसले उसलाई नयाँ नयाँ सामाजिक शक्तिको सम्भावनालाई स्वीकार्नबाट रोकेर ट्रेड युनियन जस्ता परम्परागत ढंगले परिचालन आएका शक्तिमा एक छत्ररुपमा केन्द्रित गर्यो | तर आज भने ती शक्ति विभिन्न कारणले कमजोर परेका छन् |
१३ अन्त्यमा, सामाजिक वामपन्थसंग मिलेर काम गर्नमा राजनीतिक वामपन्थमाथि रहेको ठुलो समस्या भनेको त्यो दृष्टिकोण हो जसले सामाजिक आन्दोलनलाई संदेशवाहक क्षेत्र मात्रै ठान्दछ | आन्दोलनको नेतृत्व, नेतृत्वदायी अंगमा जीम्मेवारीको निर्धारण, संघर्षको रुपरेखा जस्ता सबै कुरा पार्टी नेतृत्वले निर्धारण गर्दछ र संघर्षको कार्य दिशा भने सामाजिक आन्दोलनमा थोपर्ने र त्यसो हुनाले आफूलाई प्रत्यक्ष असर गर्ने मामिलामा उनीहरुलाई निर्णय गर्ने अवसर हुँदैन |
१४ निस्कर्षमा, सामाजिक वामपन्थसंग घनिष्ट सम्वन्ध बनाउनको निम्ति राजनीतिक वामपन्थले आफैं भित्र विचारधारात्मकरुपले पुनर्नविकरण गर्नु पर्दछ, आफ्नो राजनीतिक संस्कृति र कार्यशैलीलाई परिवर्तन गर्नु पर्दछ र आफ्नो शास्त्रागारमा सामाजिक वामपन्थले उपयोगमा ल्याएका संघर्ष र प्रतिरोधका उन्नत तौर तरिका समाविष्ट गराउनु पर्दछ |

 

मतभिन्नताको सम्मान गर र आफ्ना काम - कार्यवाहीमा लचिलो होऊ

१ मतभिन्नतालाई सम्वोधन गर्ने बारेमा वामपन्थमा अझै पनि कठिनाईहरु छन् | अतितमा, राजनीतिक संगठनहरुमा, खासगरी आफूलाई श्रमजीवी वर्गको पार्टी भनेर घोषणा गर्ने पार्टीहरुमा आफूले राजनीतिक काम गर्ने सामाजिक आधारलाई एकनासे बनाउने प्रवृत्ति रह्यो | विगतको श्रमजीवी वर्गको पहिचान र एकानासेपनको कारणले यो दृष्टिकोण विचारणीय भए पनि अहिले श्रमजीवी वर्ग स्वयं विल्कुलै विविधिकृत भएको, र रङ्गी-विरङ्गी नयाँ नयाँ सामाजिक शक्तिहरुको उद्भव भएको हुँदा आज उक्त दृष्टिकोण कालातित भएको छ | आज हामीले झन् झन् बढ्ता विविधतामा आधारित एकताको बारेमा व्यवहार गर्नु परेको छ - हामीले जातीय तथा सांस्कृतिक,लैंगिक विविधताको र खास खास सहकारीमा भएको सम्वन्धन भावको सम्मान गर्नु परेको छ |

२ स्वयं संघर्षमा लाग्न उत्सुक रहेका हरेक क्षेत्रको यथार्थ सम्भावनालाई मध्यजजर गरेर र यहाँ सम्मकि प्रत्येक व्यक्तिको सम्भावनालाई हेरेर उनीहरुको प्रतिवद्धतालाई काम-कार्यवाहीमा लागाउन सुरु गर्नु जरुरी छ | त्यसो गर्दा ती अभियन्ताहरुलाई एकनासे बनाउन भने खोज्नु हुँदैन | संघर्षको साझा मंच खडा गर्ने हेतुले सहमतिका यथा सम्भव साझा विन्दु पत्ता लगाउन विशेष संवेदनशीलता हुनु जरुरी छ |

पहिला पहिलाको जस्तो भिन्न भिन्न उद्धेश्यलाई लिएर एउटै संदेश प्रवाह गर्ने पुरानो शैलीबाट हामीले पीण्ड छुट्याउनै पर्दछ | हामीले अरुलाई निराकार थुप्रोको रुपमा सोच्नु हुँदैन ; उनीहरु पनि हामी जस्तै आखिर विभिन्न स्थानमा बसोबास गरेका, विभिन्न काममा लागेका तथा विभिन्न विचारधारात्मक प्रभावमा परेका व्यक्ति न हुन्, महिला या पुरुष हुन् |

३ मतभिन्नता बारेको यस्तो सम्मान हाम्रा बहसमा देखिनु पर्दछ | पहिला पहिलाको जस्तो भिन्न भिन्न उद्धेश्यलाई लिएर एउटै संदेश प्रवाह गर्ने पुरानो शैलीबाट हामीले पीण्ड छुट्याउनै पर्दछ | हामीले अरुलाई निराकार थुप्रोको रुपमा सोच्नु हुँदैन ; उनीहरु पनि हामी जस्तै आखिर विभिन्न स्थानमा बसोबास गरेका, विभिन्न काममा लागेका तथा विभिन्न विचारधारात्मक प्रभावमा परेका व्यक्ति न हुन्, महिला या पुरुष हुन् | हाम्रो संदेशले लचिलो तरिका अपनाउनु पर्दछ ताकि यो यी वास्तविक जन साधारण कहाँ पुग्न सहज होस् |

४ हाम्रा भाषण र संदेश एउटै कपडा र एउटै आकारमा सिलाइएको लुगा जस्तो हुनु हुँदैन र तिनलाई एकै ढंगले, उनै शब्दमा, उनै भाखामा या उसै माइकबाट सप्रेषण पनि गर्नु हुँदैन | वर्षौं बितिसक्दा पनि उनै पोष्टर र उनै नारा रहिरहने हो भने हाम्रो बोलीको कुनै मूल्य रहदैन | त्यसले कसैको पनि कल्पनाशिलतालाई छुदैन |

५ हामीले आफ्ना सन्देशलाई वैयत्तिकरण त गर्नु पर्दछ तर सामुहिक लक्ष देख्न छाड्नु हुँदैन |

६ मेरो विश्वास छ, यस मुद्धाले आन्दोलन(activism)मा आएको संकटमाथि प्रकाश पार्न मद्दत गर्नेछ | अझ, सबैलाई ज्ञात भएकै कुरो हो कि विगत केही वर्ष यता आन्दोलनमा निक्कै नै व्यापक संकट आएको छ | त्यो वामपन्थी पार्टीमा मात्र सीमित नभएर मुक्तिको निम्ति अभिप्रेरित धर्म शास्त्र(liberation theology)को प्रभावमा आएर सामाजिक आन्दोलन र जनस्तरका समुदायमा समेत देखा परेको छ | यसको व्याख्या दुनियाँले भोग्नु परेको परिवर्तनबाट मात्रै गर्न सकिन्छ | यति हुँदा हुँदै पनि, हाम्रा धेरै जसो मुलुकमा आन्दोलनको यस संकटको संगसंगै समानान्तर रुपमा समाजमा वामपन्थको प्रभाव बढेको छ र जनसमुदायबीच प्रगतिशील भावनाको विकास भएको छ |

७ यसले हामीलाई के निस्कर्ष निकाल्न मद्दत गर्दछ भने यो संकट उत्पन्न हुनुको पछिल्तिरको एउटा कारण भनेको संगठित राजनीतिक गतिविधिमा सलग्न हुन उनीहरु योग्य हुनको निम्ति जनताका सामुन्ने अघि सारिएको मागको प्रकृति हो | हामीले जाँचपड्ताल गर्नु पर्ने कुरा भनेको के वामपन्थीहरु आन्दोलनको ढोका खोल्न र समाजमा हुर्कदो प्रगतिशील भावनालाई मलजल गर्न सक्षम भएका छन् भन्ने नै हो | सबै मानिसहरुको एउटै आन्दोलनकारी पेशा हुँदैन, न त सबैमा स्थायी रुपमा आन्दोलनमा लाग्ने भावना नै हुन्छ | ऐन मौकाको राजनीतिक वातावरणले गर्दा मानिसको लागावमा तलवितल भई रहन्छ |यसलाई अनादेखी गर्नु र सबैबाट एकनासको आन्दोलनकारी भूमिका खोज्नु भनेको आफैंलाई साँघुरो बनाउनु र राजनीतिक संगठनलाई कमजोर पार्नु मात्रै हो |

८ उदाहरणको निम्ति, कोही कोही यस्ता मानिसहरु हुन्छन् जो खास खास मुद्धामा मात्रै आन्दोलनमा सरिक हुन चाहन्छन्, जस्तो कि स्वास्थ, शिक्षा र संस्कृतिका मुद्धामा, त्यो पनि आफ्नो कार्यालय परिसर या आफ्नो समुदायको आसपासमा होइन | अर्का खाले यस्ता मानिसहरु पनि हुन्छन् जो वर्षै भरि नभएर खास खास घटना क्रममा मात्रै सकृय हुन रुचाउँछन्, जस्तो कि चुनावको बेलामा | तिनलाई महत्त्वपूर्ण राजनीतिक संघर्षको बेलामा जहिल्यै गणना गरे हुन्छ, ती हाजिर हुन्छन् | तिनले आफ्ना दैनिक जीवनमा वामपन्थी परियोजना र मुल्यको प्रवर्धन गरी रहेका हुन्छन् |

आन्दोलनमा सरिक हुन चाहाने सबै मानिसलाई एउटै कायदा कानुनमा बाँधेर एउटै डालामा राख्न खोज्नु भनेको सम्भाव्य कार्यकर्तालाई आन्दोलनबाट बाहिर घचेट्नु हो |

९ आन्दोलनमा सरिक हुन चाहाने सबै मानिसलाई एउटै कायदा कानुनमा बाँधेर एउटै डालामा राख्न खोज्नु भनेको सम्भाव्य कार्यकर्तालाई आन्दोलनबाट बाहिर घचेट्नु हो | यो कायदा कानुन त्यस्तो हो जस अनुसार सब-का-सबले आन्दोलनका खातिर समान रुपमा अहोरात्र खटिनु पर्ने हुन्छ |

१० हामीले त्यस्तो किसिमको संगठन निर्माण गर्नु पर्दछ जसमा यथाशक्य विविध पक्षका जुझारु मानिसहरु अटाउन सकुन, तिनलाई विविध स्तरको सदस्यता दिन सकियोस | यी विभिन्न तहहरुबीच उँच निचको संरचना नबनाई तिनका कार्यकर्ताको प्रतिवद्धतालाई सदुपयोग गर्नको निम्ति संगठनको आंगिक संरचनाले अररोपन छोड्नु पर्दछ र बढ्ता लचिलो हुनु पर्दछ |

११ विभिन्न तहको आन्दोलनलाई मलजल गर्नको निम्ति तिनले आफ्ना राजनीतिक क्रियाकलाप संचालन गर्न सुगम हुने हिसाबले तिनको वरिपरिको वातावरणसंग मिल्दोजुल्दो सांगठानिक संरचना बनाउनु र जनस्तरका ईकाई निर्माण गर्नु जरुरी हुन्छ |

 

वामपन्थीहरु बीच एकता निर्माण गर्ने रणनीति

१ आफ्नो वरिपरि नव उदारवाद विरोधी व्यापक ब्लक निर्माण गर्न सक्षम हुनको निम्ति समस्त वामपन्थी शक्ति र अभियन्ताहरुबीच एकता निर्माण गर्नु पर्ने आवस्यकताको बारेमा मैले माथि नै चर्चा गरेकी छु | तैपनि, यो उद्धेश्य मनोगत ढंगले हासिल गर्न सकिदैन | मनोगत ढंगले माथिबाट समन्वय समिति त बनाउन सकिन्छ तर त्यो तल टाउका टाउकाको जोडजाडमा सिद्धिन्छ |

२ मेरो विश्वास के छ भने यो एकता साझा उद्धेश्यको निम्ति ठोस संघर्षबाट मात्रै प्राप्त गर्न सकिन्छ | यसैकारण, यदि हामीले पुँजीवाद विरोधी संघर्षको नयाँ रणनीतिलाई व्यवहारमा ढाल्यौं भने त्यसको निम्ति बेहत्तर अवस्था सृजना गर्न सक्छौं |

बुझ्नु पर्ने एउटा कुरा चाहिँ पुँजीवादी प्रभुत्वको नयाँ स्वरुप आर्थिक तथा राजकीय मामिला भन्दा धेरै भित्र सम्म पुगेको छ र त्यसले समाजका भए भरका दरार भित्र आफ्नो डेरा डण्डा जमाएको छ |

३ म त्यस्तो रणनीतिको चर्चा गरी रहेकी छु जसले विगत केही समयदेखि दुनियाँमा देखापरेका महत्त्वपूर्ण सामाजिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक रुपान्तरणलाई ख्याल गर्नु पर्दछ | बुझ्नु पर्ने एउटा कुरा चाहिँ पुँजीवादी प्रभुत्वको नयाँ स्वरुप आर्थिक तथा राजकीय मामिला भन्दा धेरै भित्रसम्म पुगेको छ र त्यसले समाजका भए भरका दरारभित्र आफ्नो डेरा डण्डा जमाएको छ | त्यसले यो काम मुलतः त्यस्ता आम संचारबाट गर्ने गरेको छ जसको पहुँच समाजका सबै क्षेत्रका घर घरमा पुगेको छ | यो काम गरेर त्यसले संघर्षको अवस्था नै बदलिदिएको छ |

४ अरु कुनै बेलाको भन्दा बढ्ता आज हामीले पुँजीवादीहरुको राजनीतिक दादागिरीका उपकरणहरुको सामना मात्र गरी रहनु परेको छैन, पुँजीवादी सामाजिक व्यवस्थालाई मोटामोटी मन्जुर गर्न लगाउने नागरिक समाजका संयन्त्र र संस्थाको पनि सामना गर्नु परेको छ | पुँजीवादी सम्भ्रान्तहरु महत्त्वपूर्ण जन क्षेत्रहरुमा उल्लेख्य प्रभुत्व हासिल गर्न चाहनछन् - त्यो भनेको समाजमा वास्तविक सांस्कृतिक नेतृत्व हासिल गर्न चाहनु हो | तिनमा जनताका विभिन्न तप्कालाई विचारधारात्मक रुपमा कज्याउने क्षमता छ | यी तप्कामा त्यस्ता पनि परेका जो खासमा शोषणको मारमा परेका छन् | जस्तो कि चम्स्कीले भनेका छन्, डण्डा नै सर्वसत्तावादी राज्यको लोकतन्त्र भए जस्तै प्रोपोगन्डा नै पुँजीवादीहरुको लोकतन्त्र हो |

५ अनुदारवादी वर्गको मुट्ठी भित्र सरकार भएका लेटिन अमेरिकी मुलुकहरुमा हामीमा रहेको चुनौती भनेको पुँजीवादी लोकतन्त्रका अवस्था भित्र क्रान्तिकारी रणनीति तर्जुमा गर्नु हो |यस रणनीतिलाई जन समुदायको एउटा ठुलो हिस्साले स्वीकार्न सकोस ताकि उनीहरु कुनै दमन नझेली त्यलाई थेग्न सकुन | अझ महत्त्वपूर्ण कुरा त के छ भने हामीले यस तथ्यलाई मानेर आफ्नो काम सुरु गर्नु पर्छ कि अझै पनि जन समुदायको एउटा ठुलो हिस्सा यस प्रक्रियामा पुँजीवादी नेतृत्वलाई सिक्काको एउटा असल पाटो मान्दै आएको छ |

६ यसै कारण वैकल्पिक समाजको निम्ति सामान्य प्रोपगण्डा मात्र पर्याप्त छैन | पुँजीवादीहरुको प्रभुत्वले राज्य इतरका ठुल-ठूला हथकंडा खडा गरेको छ र तिनले जनता माझ विभाजनको उत्पादन र पुनरुत्पादन गर्ने र जनसाधारणको नजरमा वामपन्थीहरुले अघि सारेका विचार र परियोजनालाई अवैध बनाउने प्रयत्न पनि गरेका छन् | यस वृहत्तर जटिलताको अर्थ हो, हामीले हरहालतमा आफ्ना कर्म र वाणीमा एकरुपता देखाउन सक्नु पर्दछ |

हामीले वामपन्थीहरुले जितेका क्षेत्र र ठाउँमा पुँजीवाद विरोधी जन निर्माणको प्रक्रिया विकास गर्नु पर्दछ, त्यसले पुँजीवादले लाँधेको मुनाफाका तर्क र सम्वन्धलाई खण्डन गर्न खोज्नु पर्दछ र ऐक्यवद्धतामा आधारित मानवतावादी तर्क सिकाउनु पर्दछ |

७ त्यसो गर्नको निम्ति हामीले वामपन्थीहरुले जितेका क्षेत्र र ठाउँमा पुँजीवाद विरोधी जन निर्माणको प्रक्रिया विकास गर्नु पर्दछ, त्यसले पुँजीवादले लाँधेको मुनाफाका तर्क र सम्वन्धलाई खण्डन गर्न खोज्नु पर्दछ र ऐक्यवद्धतामा आधारित मानवतावादी तर्क सिकाउनु पर्दछ |

८ हामीले खाली आर्थिक मागमा मात्र सीमित नभएका संघर्ष उठाउन कोशिस गर्नु पर्दछ, यद्यपि तिनलाई पनि समावेश गर्नु पर्दछ | ती संघर्ष भनेका त्यस्ता विश्वव्यापी तथा सामाजिक परियोजानको विकासमा फड्को मार्ने खालका हुन् जसले जनस्तरबाट हुने भरपर्दो शक्तिलाई प्रोत्साहित गर्दछ |

९ हामीले चर्चा गरी रहेको विषय भनेको पुँजीवादी लोकतन्त्र भन्दा प्रस्टै देखिने उन्नत स्तरको जन लोकतन्त्र (popular democracy)मा गरिने अनुभवजन्य निर्माणको विषय हो | उदाहरणको निम्ति स्थानीय सरकारको मातहतमा रहेको कुनै शहर विशेषमा मानवतावादी तथा ऐक्यवद्धतामा आधारित शहर निर्माण सम्वन्धि परियोजनाको तर्जुमा | त्यसको निर्माणमा सबैलाई विविध स्थान दिन सकियोस र स्थानीय निवासीहरु आफूलाई आफ्नो समुदायको सक्रीय सदस्य महसुस गर्न सकुन | या, सामुदायिक ग्रामिण आवासकै निर्माणको कुरा गरौँ, त्यहाँ किसानहरु नयाँ समाजको झझल्को दिने मोडलको आधारमा कृषिमा मात्रै नभएर आफ्ना उत्पादनको औद्योगिकीकरण र व्यापारीकरणमा, आफ्ना बालबालिकाहरुको पठन पाठनमा र आफ्ना कर्मचारीहरुको गठनमा प्रक्रियामा आपसी सहयोगका विविध रुपहरु स्थापित गर्न सक्दछन् | या, विद्यार्थी फेडरेसनको गठनकै कुरा गरौँ, तिनले समाज प्रति प्रतिवद्धता भएको विश्व विद्यालयको संचालनमा विद्यार्थीहरुको लोकतान्त्रिक सहभागिताको विषयलाई लिएर लड्न सक्छन् | या ट्रेड युनियन महासंघको गठनकै कुरा गरौँ, त्यसले जनस्तरबाट अलगथलग भएको नोकरशाही नेतृत्वको अन्त्य गरेर सामाजिक-राजनीतिक युनियनवादको पक्षपोषण गर्ने छ, त्यो विशुद्ध अर्थावाद भन्दा माथि उठ्ने छ, र त्यसले आफ्नो लक्षको रुपमा सामाजिक रुपान्तरणको निम्ति संघर्षमा सक्रिय सहभागिता प्रस्तावित गर्ने छ |

१० यस किसिमको रणनीतिले, पार्टी सदस्य हुन् या सामाजिक आन्दोलनका अभियन्ता हुन्, सबै किसिमका वामपन्थी तप्कालाई एकजुट हुन अत्यधिक रुपमा मलजल गर्न सक्दछ | किनभने यसले बेग्लै ढंगको आन्दोलनको आह्वान गर्दछ | सक्रिय हुनको निम्ति कसैले पनि पार्टीको, जन संगठनको या कुनै न कुनै आन्दोलनको सदस्यै हुनु पर्छ भन्ने केही छैन, कोही पनि वैकल्पिक मोडलको परियोजनालाई व्यवहारमा उतार्न सहभागी भएर सिधै अभियन्ता हुन् सक्दछन् |

११ प्रोपगन्डामा उछालिएको राम राज्य (utopia) भन्दा भिन्न हामी त्यस्ता जन लोकतान्त्रिक सन्दर्भका विषयहरुमा चर्चा गरी रहेका छौं जसले भिन्न व्यवहार देखाउने हो भने नयाँ नयाँ तप्कालाई आकर्षण गर्न कुनै हम्मे पर्दैन | अरुले वहु प्रचारित गरेको राम राज्य जन साधारणको मन मस्तिष्कलाई बाँझो बनाउन नजानिदो ढंगले घुसाइएको छ र त्यसलाई बढ्याई- चढ्याई गरेर प्रबुद्ध शिक्षाको रुपमा अघि सारिएको छ | ठोस निर्माणमा भने त्यसको कुनै प्रयोजन हुँदैन |

१२ यसका अतिरिक्त, यस्ता व्यवहारबाट मात्रै धेरै भन्दा धेरै मानिसहरुले बुझ्ने छन् कि मानवतावादी तथा ऐक्यवद्धतामा आधारित परियोजना विस्तार गर्नको निम्ति पुँजीवादी प्रणाली स्वयंको अन्त्य गर्नु जरुरी छ | मुनाफाको तर्कमा आधारित पुँजीवादी प्रणालीले त अर्को कुनै पनि वैकल्पिक मोडलको विरुद्धमा हुन सम्मका तगाराहारू खडा गर्दछ |

१३ यसै कारण छोटो बाटोको या भवितव्यको 'कार्यनीति'लाई अन्त्य गर्नु र जनस्तर देखि नै लोकतान्त्रिक संघर्षको प्रवर्द्धनमा केन्द्रित हुने गरी व्यवहारिक चाँजो-पाँजो मिलाउनु तात्कालिक प्राथमिकताको विषय हो | स्थानीय तहमा सत्ता र जन लोकतन्त्रको स्वरुप निर्माण गर्दा त्यसले हामीलाई निर्वाचन तथा अन्य किसिमका संघर्षको अभिप्राय र समय निर्धारण गर्न मद्दत गर्नु सक्नु पर्दछ | अन्यथा, हामीले गर्ने व्यवहारले विगतमा लामो समय सम्म भोग्नु परेको तात्कालिकतावाद (immidiatism)को व्यापक पहुँचमाथि विजय हासिल गर्न सक्ने छैनौं |

१४ परन्तु, हामीले जनस्तरवाद(grassrootism), स्थानीयतावाद , अराजनीतिकता र संघवाद(corporatism)माथि विजय हासिल गर्नु जरुरी छ | यिनले जन समुदायको संघर्षलाई ट्रेड युनियनको क्षितिज भित्र अर्थात आर्थिक संघर्षमा मात्रै सीमित गर्दछन् |

 

सदिच्छा एउटा कुरा हो, वास्तविकता अर्को : यसमा भ्रम पाल्नु हुँदैन

१ दुर्भाग्यबस, राजनीतिक परिस्थितिको बारेमा हामीले गर्ने गरेको विश्लेषणमा अझै पनि मनोगतवादको पर्याप्त छायाँ छँदैछ | के कुरा देखिने गरेको छ भने नेताहरु आफ्ना क्रान्तकारी भावनाले गर्दा सदिच्छा र वास्तविकताबीच भ्रम पाले जस्तो देखिन्छन् | एकातिर, वस्तुगत परिस्थितिको मुल्याङ्कन गरिएको हुँदैन भने अर्कातिर शत्रुलाई अवमुल्यन गरेर आफ्नो क्षमताको बढाई-चढाई गरी अति मुल्याङ्कन गरे जस्तो पाइन्छ |

२ त्यति मात्र होइन, नेताहरु अति क्रान्तिकारी कार्यकर्ता र जनस्तरका जन साधारणको मनोभावना बीच दिग्भ्रमित भए जस्तो लाग्दछ | कुनै क्षेत्रमा रहेका हुन् या कुनै सामाजिक क्षेत्रमा काम गरेका हुन् अधिकांश जसो राजनीतिक नेतृत्वमा जनताको मनोभावनालाई आफ्नो वैयत्तिक अनुभवको आधारमा या आफ्ना वरिपरि रहेका सदावहार अति क्रान्तिकारी तप्काको बुझाईको आधारमा जनताको मनोभावना सामान्यीकरण गर्ने चलन छ |

३ बढ्ता जागृति भएका तप्कामा काम गर्ने र कम राजनीति गर्ने तप्कामा काम गर्ने मानिसहरुको बीच देशको भविष्य बारेको दृष्टिकोणमा भिन्नता हुन्छ | जुझारु टोल-छिमेकमा काम गर्ने क्रान्तिकारी कार्ययाकर्ताहरुमा देशको भविष्य बारेको दृष्टिकोण मध्यम वर्गीय तप्कामा काम गर्नेको भन्दा भिन्न हुन्छ |

४ यहीं कुरो युद्ध क्षेत्र र वैधानिक राजनीतिक काम गर्न पाइने क्षेत्र भएको मुलुकको हकमा पनि लागू हुन्छ | सैनिक विजय मार्फत खास खास क्षेत्र आफ्नो अधिनमा राख्न सफल भएका शत्रुसंग युद्धरत गुरिल्लाहरु के सोच्न पुग्छन् भने सत्ताको विचारधारात्मक शक्ति र सैनिक नियन्त्रण हावी हुँदा हुँदै पनि वैधानिक राजनीतिक काम गर्न अनुकुल हुने ठूला शहरी क्षेत्रको भन्दा आफू कहाँ क्रान्तिकारी प्रक्रिया बढि परिपक्क छ |

५ नेतृत्व कार्यकर्ताको मनोभावनामा बहकिएर होइन बरु अधिकांश मानिसहरुको मनोदशालाई प्रस्थान विन्दु बनाएर, शत्रु पंक्तिको मनोदशा र अन्तराष्ट्रिय वास्तविकताको यथोचित मुल्यांकन गर्न सक्षम भए मात्र त्यस्तो गल्ति नगर्ने सुनिश्चिता प्रदान गर्न सकिन्छ | एक पटक मुल्यांकन गरी सके पछि समग्र परिस्थिको फाईदा उठाउने हिसाबले उपयुक्त उपायहरु तर्जुमा गर्नु जरुरी हुन्छ |

६ नेताहरुले अरुका कुरा सुन्न सिक्नु जरुरी छ भन्ने कुरा स्वयं सिद्ध छ जस्तो लाग्दछ | यो अति महत्त्वपूर्ण छ भन्ने हाम्रो विश्वास छ | तैपनि केही नेताहरु समसामयिक परिस्थिति, स्थिति के छ, के गर्न सकिन्छ र के गर्न सकिदैन भन्ने विषयमा पूर्वाग्रही विचारमा यति जकडिएका लाग्छन् कि आफ्ना आसेपासेसंगको उठबसमा तिनीहरु जनताको यथार्थ मनोभावना संचार गर्ने भन्दा पनि आफ्नै बुझाई थोपार्न मरिहत्ते गरेर लागेको देखिन्छन् |

७ त्यस्तो ढर्राको परिणाम भने परिस्थितिको विश्लेषण गर्दा गल्ति हुने सम्भावना रहन्छ, त्यो गल्ति सूचनाको अभाव भएर होइन कि जनस्तरबाट समयमै सही सूचना सम्प्रेषण हुँदाहुँदै पनि नेतृत्वले त्यसलाई अनुभूति गरेकै हुने गर्दछ |

८ जनस्तरका कार्यकर्ता र मध्यम स्तरीय नेतृत्व सूचना प्रवाह गर्दा अत्यन्त वस्तुवादी हुनु जरुरी छ | कहिलेकाहीं तिनले गलत सूचना पनि दिन सक्छन् जस्तो कि आन्दोलनमा परिचालित जनशक्तिको संख्या अथार्थ नभएर बढाई चढाई गरेको हुन्छ |

९ आफैंलाई भ्रमित पार्ने, जन परिचालन, बैठक, हड्ताल र संगठनको शक्ति जस्ता विषयमा तथ्यलाई तोडमरोड गर्ने प्रवृत्ति राजनीतिमा आम प्रचलन नै हुन्छ | उदाहरणको निम्ति भन्नलाई हजारौंको जुलुस निकालियो भनिन्छ यथार्थमा त्यो एकाध सय हुन्छ |

१० यो अजयवादी जोड(triumphalist focus) गलत चिन्तनको दुष्परिणाम हो | यस चिन्तनमा हामी संधैं सही छौं, हामी सधैं उत्कृष्ट छौं, र हामी जे गर्छौं त्यसको परिणाम सकारात्मक नै हुन्छ भन्ने हुन्छ |

११ यस्तो किसिमको आत्म भ्रम संख्याको विषयलाई लिएर मात्र नभएर प्रस्तावित कामको मुल्याङ्कनको विषयमा पनि हुने गरेको छ | संसदीय निर्वाचनमा जति संख्यामा प्रतिनिधित्व गर्ने लक्ष राखिएको थियो तद अनुरुप जित्न नसकिदा अपेक्षा गरिएको भन्दा कम भोट आएको कुरालाई नस्वीकारी अक्सर गरेर के दलिल पेश गरिन्छ भने यति भए पनि जितिएकै हो | उदाहरणको निम्ति, आत्म तुष्टिको खातिर के भनिन्छ भने अघिल्लो निर्वाचन भन्दा यस पाली बढी भोट ल्याउन सफल भयौं | यदि कुनै राष्ट्रिय स्तरको हड्ताल आयोजना गरियो तर आंशिक रुपमा मात्रै सफल भयो भने त्यसलाई हारको रुपमा स्वीकार गरिदैन, बरु हडतालको सफलताको डंका पिटिन्छ र भनिन्छ यस पालीको आन्दोलनमा पहिला पहिलाको भन्दा कता हो कता धेरै श्रमिक काममै गएनन् |

१२ जनताको आवाज सुन्न नेताहरुमा ठुलो क्रान्तिकारी नम्रता चाहिन्छ | यदि उनीहरुमा त्यस्तो नम्रता भएन र गलत सूचना लिन थाले भने झुटा भाव-भूमिलाई प्रस्थान विन्दु बनाएर खडा गरिएका कार्ययोजना यथार्थमा रहेका शक्तिहरुको वास्तविक सम्भावनामा मेल नखाने हुन्छ | त्यसो त, शक्तिहरुको यथार्थपरक सहसम्बन्धमा आधारित नरहेका लडाईहरु लज्जास्पद पराजयमा टुंगिन्छन् |

-------- समाप्त  --------

२०७६ जेठ ३२ गते क्यान्सर रोगका कारण निधन भएकी मार्टा हर्नेकरका प्रस्तुत रचनाहरुको अनुवाद वामपन्थी नेता टंक कार्कीले गर्नुभएको हो र उहाँसँगको अनुमतिमा यो पुनःप्रकाशन गरिएको हो । यस लेखको पहिलो भागजेठ ८ गते, दोस्रो भागजेठ ९ गते प्रकाशित गरिएको छ भने सोही श्रृङ्खलाको अन्तिम भाग यहाँ प्रकाशित गरिनेछ ।–सम्पादक

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...