मार्टा हर्नेकरको संघर्षका लागि विचार : ‘भावी वामपन्थी आन्दोलनको चेक लिष्ट’
(मार्टा हर्नेकर | चिलीमा जन्मिएकी | विख्यात वामपन्थी लेखिका, अन्वेषक तथा पत्रकार | ८० वटा पुस्तक र अनगिन्ती आलेखकी लेखिका | फ्रान्समा रहँदा बीसौं शताब्दीका प्रकाण्ड मार्क्सवादी दार्शनिक लुइस आल्थुसरकी शिष्य | सन् १९६८मा स्वदेशमा फर्केपछि मार्क्सवाद-लेनिनवादको प्रचार प्रसारमा सक्रिय सहभागी | सन् १९७३मा चिलीमा त्यहाँका पहिलो मार्क्सवादी राष्ट्रपति साल्भाडोर एलेण्डे विरुद्धमा भएको सैनिक विद्रोहपछि उनले क्युवामा आएर एउटा अनुसन्धान प्रतिष्ठान (Memoria Popular Latinoamerican)को निर्देशकको हैशियतमा लामो समय सम्म काम गरिन् | सन् २००४ देखि २०११ सम्म भेनेजुयलामा आएर बसिन् | त्यहाँ रहँदा सन् २००६ देखि २०१० सम्म एउटा अनुसन्धान संस्था (Centro International Miranda research institute)मा काम गरिन् | उनले राष्ट्रपति ह्युगो चाभेजको सल्लाहकारको रुपमा पनि काम गरिन् |
भनिरहनु परेन, उनी आफैं एक मार्क्सवादी चिन्तक र अभियन्ता | लेटिन अमेरिकी वामपन्थी आन्दोलनकी प्रत्यक्ष साक्षी पनि | उक्त आन्दोलनको सुक्ष्म अध्ययनपश्चात मार्टाले भावी वामपन्थी आन्दोलनको संरचनात्मक स्वरुप र आन्दोलनको दिशा कस्तो हुनु पर्दछ भनेर तलको लेखमा विचारोत्तेजक समसामयिक विचार पस्केकी छन् | लेटिन अमेरिकी वामपन्थी आन्दोलनको अनुभवलाई चियाउन र सिक्न पनि यो लेख धेरै नै सान्दर्भिक छ - यो आफैंमा भावी वामपन्थी आन्दोलनको चेक लिष्ट पनि हो |
प्रस्तुत लेख Monthly Review बाट साभार गरिएको हो | त्यसमा प्रकाशित १२ लेखमध्ये यहाँ ११वटा मात्रै अनुदित रुपमा प्रस्तुत गरिएको छ | लेखमा लेखिकाले केही आधारभूत विचार अघि सारेकी छन्, तिनमा बहस हुनु, विचार बनाउनु र आन्दोलनको पुनर्नवीकरण गर्नु हामी कहाँको वामपन्थी आन्दोलनको निम्ति पनि जरुरी छ | अनु.)
कतिपय त त्यस्ता विषयमा छलफलै नचाहनेहरु पनि छन् । तिनीहरुको त्यस्तो अडान हुनुको पछाडिको कारण भने तिनीहरुले अंगालेको लोकतन्त्रविरोधी, सर्वसत्तावादी, नोकरशाही तथा जाली राजीतिक व्यवहार नै हो । यस किसिमका प्रवृतिले धेरै जसो वामपन्थी पार्टीमा काम पनि गरेको छ ।
१ जन विद्रोह या क्रान्ति ? राजनीतिक उपकरणको भूमिका
१ हालसालै र अलिक अघिदेखि दुनियाँका कतिपय मुलुकमा भएका जन विद्रोहले प्रष्ट देखाएका छन् जनताको पहलकदमी आफैंमा विद्यमान व्यवस्थालाई पराजित गर्न सक्षम नरहेको प्रष्ट देखिएको छ |
२ शहरी तथा ग्रामीण भेगका मानिसहरु आन्दोलनमा सरिक भए, राजमार्ग, साना शहर र छिमेकी टोलवस्ती आफ्नो नियन्त्रणमा लिए, पसल उँधो तोडफोड गरे, संसद भवनमा ढुँगामुडा गरे | लाखौँ मानिसहरुलाई परिचालन गर्न सक्षम भए | फेरि पनि तिनीहरुको यो तागत या जुझारुपन जनविद्रोहलाई क्रान्तिमा रुपान्तरण गर्न अधुरै रह्यो | तिनीहरु राष्ट्रपतिलाई घोक्रेठ्याक लगाउन त सफल भए तर सत्तामाथि विजय हासिल गर्न र गम्भीर सामाजिक रुपान्तरण सुरुवात गर्न सक्षम भएनन् |
३ अर्कातिर, विजय भएका क्रान्तिका इतिहासले उपयुक्त राजनीतिक उपकरण भएमा के कुरा हासिल गर्न सकिँदैन र भन्ने कुरा प्रष्टसंग देखाएका छन् | त्यस्तो उपकरणले साझा उद्देश्यको वरिपरि विभिन्न सामाजिक अभियन्ताहरुको संघर्षलाई एकतावद्ध गर्न सक्षम वैकल्पिक राष्ट्रिय कार्यक्रम तर्जुमा गर्न सक्नु पर्दछ जसले उनीहरुलाई एकजुट हुन मदत गरोस् र विद्यमान शक्ति सन्तुलनको विश्लेषणका आधारमा मार्ग प्रशस्त गर्न सकोस् | यसो गरेर मात्रै शत्रुहरुको श्रृङ्खलाको कम्जोर कडीलाई पहिल्याउँदै ठीक समय र ठीक स्थानमा संघर्षलाई अघि बढाउन सकिन्छ |
४ यस किसिमको राजनीतिक उपकरण भनेको स्वचालित यन्त्रको पिस्टन जस्तै हो | जसले तताउने भाँडोमा रहेको वाष्पलाई दवाएर राख्दछ र ऐन मौकामा त्यसलाई प्रवल शक्तिको रुपमा बदल्छ | निश्चय नै, ट्रटस्कीले भने झैं त्यस्तो प्रक्रियालाई अघि बढाउने भनेको पिस्टन या तताउने भाँडो नभएर यथार्थतामा स्वयम् वाष्प नै हो |
५ राजनीतिक संघर्ष प्रभावकारी हुनको निम्ति, विरोध प्रदर्शन, प्रतिरोध र संघर्षले साँच्चिनै स्थितिलाई परिवर्तन गर्नको निम्ति, जनविद्रोहलाई क्रान्तिमा बदल्नको निम्ति शोषित र उत्पीडितहरुको छितरिएको र विभाजित शक्तिलाई एकजुट गर्न सक्ने राजनीतिक उपकरण चाहिन्छ | त्यसले भिन्नताका वावजुद साझा शत्रु भएका शक्तिहरुलाई एकै ठाउँमा ल्याउने आधारभूमि तैयार गर्न सक्नु गर्दछ, त्यसले राजनीतिक परिस्थितिको विहंगम विश्लेषणको आधारमा चालु संघर्षलाई सुदृढ गर्ने र अन्य शक्तिलाई पनि उनीहरुका काम कारवाहीमा दिशानिर्देश गर्दै सामेल गराउन सक्नु पर्दछ | त्यसले प्रतिरोध र संघर्षका विविध अभिव्यक्तिहरुलाई एउटै मालामा उन्न सक्नु पर्दछ |
६ त्यस्ता विचारमा फरक फरक बुझाइ हुन सक्छ भन्ने कुरामा हामी सचेत छौं | कतिपय त त्यस्ता विषयमा छलफलै नचाहनेहरु पनि छन् | तिनीहरुको त्यस्तो अडान हुनुको पछाडिको कारण भने तिनीहरुले अंगालेको लोकतन्त्रविरोधी, सर्वसत्तावादी, नोकरशाही तथा जाली राजीतिक व्यवहार नै हो | यस किसिमका प्रवृतिले धेरै जसो वामपन्थी पार्टीमा काम पनि गरेको छ |
७ मलाई लाग्दछ,यस किसिमको आत्मगत अवरोधबाट उन्मुक्ति पाउनु अत्यन्त जरुरी छ | हामीले उठाएको राजनीतिक उपकरण भनेको जस्तोतस्तो राजनीतिक उपकरण होइन, यो त नयाँ जमाना सुहाउँदो राजनीतिक उपकरण हो | त्यसलाई हामी सबै मिलेर बनाउनु पर्दछ |
८ यस किसिमको राजनीतिक उपकरणको निर्माण या नवीकरण गर्नको निम्ति वामपन्थीहरुले आफ्नो राजनीतिक संस्कृति र राजनीतिक दुरदृष्टिमा परिवर्तन भने गर्नै पर्दछ | त्यस्तो संस्कृति र राजनीति भनेको संसद या स्थानीय सरकारमा आफ्नो वर्चश्व कसरी कायम गर्ने, कस्ता विधि-विधान बनाउने या कसरी चुनाव जित्ने भन्ने विषयमा मात्रै उल्झिनु होइन | राजनीतिको प्रचलित अवधारणाले जनसमुदाय र उनीहरुको संघर्षलाई पूर्णतया उपेक्षा गर्दछ | राजनीतिलाई सम्भावनाको कलामा मात्रै सिमित गर्नु पनि हुँदैन |
वामपन्थीहरुको निम्ति राजनीति भनेको असम्भवलाई सम्भव बनाउने कला पनि हो ।
९ वामपन्थीहरुको निम्ति राजनीति भनेको असम्भवलाई सम्भव बनाउने कला पनि हो | यहाँ हामी मनोगत घोषणाको कुरा गरिरहेका छैनौं | हामीले उठाएको विषय भनेको जन आन्दोलनको पक्षमा शक्ति संतुलनलाई डोर्याउन सक्ने सामाजिक तथा राजनीतिक शक्तिको निर्माण गर्ने कलाको रुपमा राजनीतिलाई बुझ्ने कुरा हो | त्यो भनेको आज असम्भव लाग्ने कुरालाई भोलि सम्भव बनाउनु हो |
१० हामीले राजनीतिको बारेमा सोच्दा त्यसले शक्ति निर्माण गर्ने कलाको रुपमा सोच्न पर्दछ | सामाजिक शक्ति निर्माण नगरी राजनीतिक शक्ति निर्माण गर्ने पुरानो र गम्भीर गल्तीलाई सच्याउनु पर्दछ |
११ दुर्भाग्यवश, हाम्रा धेरैजसो लडाकुहरुमाझ आफ्ना अभिव्यक्तिमा क्रान्तिकारी लफ्फाजी भएको अतिवादी क्रान्तिकारिता छ | विद्यमान परिस्थितिलाई परिवर्तनकारी बनाउने हो भने त्यो काम शक्तिको निर्माणबाट मात्रै सम्भव छ भन्ने कुरामा म भने विश्वस्थ छु | जसले आमुल परिवर्तनको डाँका पिटाएका छन् तिनले निम्न प्रश्नको उत्तर दिनु पर्दछ : त्यस्तो प्रक्रियालाई अघि बढाउन आवश्यक पर्ने कस्तो राजनीतिक तथा सामाजिक शक्ति तिमीहरु निर्माण गरिरहेका छौ ?
१२ परन्तु त्यस्तो शक्तिको निर्माण स्वतस्फुर्त ढंगले हुन सक्दैन | त्यसको निम्ति सचेततापूर्वक आवश्यक शक्ति निर्माण गर्न सक्षम राजनीतिक उपकरणको आवश्यकता पर्दछ |
१३ मैले परिकल्पना गरेको यस्तो राजनीतिक उपकरण भनेको त्यस्तो संगठन हो, जो एउटा राष्ट्रिय परियोजनामा तर्जुमा गरेर नव उदारवादलाई विरोध गर्ने सम्पूर्ण तप्कालाई एकतावद्ध गर्न र तिनको बीचमा कम्पासको रुपमा काम गर्न सक्दछ | संगठनको रुपमा त्यो समाजमुखी हुनेछ | त्यसले सामाजिक आन्दोलनलाई आफ्नो इसारामा ननचाएर त्यसको स्वायत्ततालाई सम्मान गर्दछ | त्यसका नेता र कार्यकर्ता आफ्नो सांस्कृतिक परम्पराबाट प्राप्त जनतामा अन्तरनिहित ज्ञान र उनीहरुले आफ्नो अस्तित्वको निम्ति गरेको दिनानुदिनका संघर्षबाट प्राप्त भएको शिक्षालाई राजनीतिक संगठनले उपलब्ध गराउने विस्तृत ज्ञानसंग मिलाउन प्रोत्साहित गर्ने इमान्दार जनप्रेमी शिक्षक हुनेछन् | त्यसो गर्न सकिएमा त्यो काम सामाजिक आन्दोलनको सेवामा दिशा निर्देशक तथा एकताको सेतु बन्ने छ |
२ बिस्वास दिलाउँ, लाध्ने काम न गर
१ जन आन्दोलन र, अझ आमरुपमा, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नव उदारवादी भूमण्डलीकरणका विरुद्धमा हुने गरेका संघर्षमा लागेका विविध सामाजिक हस्तीहरु उचितै कारणले आन्दोलनमाथि नियन्त्रण गर्ने या त्यसमा आफ्नो वर्चश्व थोपर्ने दृष्टिकोणलाई अस्विकार गर्दछन् | कुनै कुनै राजनीतिक तथा सामाजिक संगठनले आफ्नो तुलनात्मक बलियो संगठनात्मक क्षमताको फाइदा उठाएर तथा आफ्नो राजनीतिक स्थितिलाई एकलौटी बनाएर आन्दोलनमा तलबितल गर्नको निम्ति प्रयास गर्न चाहे जस्तो तिनीहरु बल मिच्याई गर्ने नीति स्वीकार्दैनन् | तिनीहरु माथिबाट लाधिने सर्वसत्तावादी नेतृत्व स्वीकार गर्दैनन्, जतिसुकै सही भए पनि खाली आदेशकै भरमा आन्दोलनको नेतृत्व गर्ने हर्कतलाई अनुसरण गर्दैनन् |
तिनीहरु माथिबाट लादिने सर्वसत्तावादी नेतृत्व स्वीकार गर्दैनन्, जतिसुकै सही भए पनि खाली आदेशकै भरमा आन्दोलनको नेतृत्व गर्ने हर्कतलाई अनुसरण गर्दैनन् ।
२ यस्ता तौरतरिकाले विभिन्न शक्तिहरुलाई एकजुट होइन, विभाजित गर्दछ | एकातिर, तिनले अन्य संगठनमा असन्तुष्टि बढाउँछ, तिनीहरु आफूलाई फ़ुस्ल्याएको र आफू सहभागी नभएको निर्णय मान्नुपर्ने बाध्यता भएको ठान्दछन्, र अर्कातिर, त्यसले सम्भाव्य सहयात्रीको संख्यालाई घटाउँछ | त्यसो भएमा त्यस्तो कार्यशैलीमा हुर्केको संगठनले जनताका विभिन्न तप्काको वास्तविक हितलाई प्रतिनिधित्व गर्न सक्दैनन् र त्यसले प्राय:जसो उनीहरु बीच शंका उपशंका बढाउँछ |
३ तर प्रभुत्व लाध्ने अडानका विरुद्ध जुझ्नुको तात्पर्य प्रभुत्व हासिल गर्ने संघर्षलाई त्याग्नु भने होइन | प्रभुत्व हासिल गर्न संघर्ष गर्नु भनेको अरुको मन जित्नु हो, हाम्रा मापदण्डको सहीपना र हाम्रा प्रस्तावहरुको ग्राह्यता बारे सम्झाउनु बुझाउनु हो |
४ प्रभुत्व हासिल गर्न सुरुमा धेरै मानिस चाहिन्छन् भन्ने छैन |
इतिहासमा यस्ता थुप्रै उदाहरण छन् जसले क्रान्तिकारी परिस्थितिमा स्पष्ट विचार भएको सानो समुहले विवादमा रहेकाका शक्तिहरुको आपसी संतुलनको सही विश्लेषणको आधारमा सही रणनीति र कार्यनीति निर्धारण गरेर तथा आफ्ना विचारलाई व्यवहारमा लागू गर्न ठूलो धैर्यता र संकल्प साथ उद्दत रहेमा कसरी छोटै समयमा लाखौँ मानिसहरुको एक सशक्त आन्दोलन गर्न सक्दछ भनी देखाएका छन् |
५ थुप्रै कार्यकर्ता भएको शक्तिशाली पार्टी बनाउनुभन्दा जनताका बढी सम्वेदनशील आकांक्षा प्रतिविम्वित गर्ने राजनीतिक परियोजना बनाउनु बढ्ता जरुरी हुन्छ | जनताको समर्थन र समाजको बहुसंख्यक हिस्सामा सम्मति हासिल गर्न सक्षम हुने पार्टीको राजनीति चाहिँ ठूलो हो |
६ कुनै कुनै पार्टीहरु आफूसँग थुप्रै कार्यकर्ता भएकोमा धाक लगाउँछन् | तर यथार्थमा भने तिनीहरु संख्याको मात्रै नेतृत्व गर्दछन् | मुख्य कुरा भनेको पार्टी कति ठुलो या सानो छ भन्ने नभएर जनता उसका प्रस्तावसंग आफूलाई गाँस्छन् कि गाँस्दैनन् भन्ने चाहिँ हो |
हाम्रो परियोजना अरुमा लाद्नु या त्यसमा फ़स्ल्याङ्ग फ़ुस्लुङ्ग पार्नुभन्दा उनीहरुलाई त्यस बारेमा विश्वस्त पार्नु जरुरी हुन्छ । अरुलाई सम्मान गर्नेले, अरुसंग जिम्मेवारी बाँडचुड गर्नेले मात्रै जनतालाई गोलबन्द गर्न सक्दछ ।
७ हाम्रो परियोजना अरुमा लाद्नु या त्यसमा फ़स्ल्याङ्ग फ़ुस्लुङ्ग पार्नुभन्दा उनीहरुलाई त्यस बारेमा विश्वस्त पार्नु जरुरी हुन्छ | अरुलाई सम्मान गर्नेले, अरुसंग जिम्मेवारी बाँडचुड गर्नेले मात्रै जनतालाई गोलबन्द गर्न सक्दछ |
८ आजभोलि, बामपंथभित्रका महत्वपूर्ण तप्का भने आफ्नो पार्टीको झण्डामा आउन न माने पनि आफ्ना प्रस्तावमा धेरै भन्दा धेरै जनसमुदाय तान्न सकिएमा मात्रै आफ्नो वर्चश्व ठूलो हुन्छ भन्ने महसुस गर्न थालेका छन् | हामीले हाम्रो झण्डा उठाउन साहस गर्ने अन्य संगठनको विरुद्धमा बौद्धिक सम्पत्ति अधिकारको माग गर्ने जस्तो गएगुज्रेको, गलत व्यवहार भने सच्याउनै पर्दछ |
९ जनस्तरका थुप्रै नेताहरुलाई यी विचारमा मनाउन सकियो भने तिनीहरुको सामाजिक आधार पनि सजिलै प्रभावित हुनेछन् भन्ने मान्नु स्वाभाविक नै हुनेछ | विशिष्ट राष्ट्रिय व्यक्तित्वहरुलाई पनि यस परियोजनामा तान्नु उत्तिकै जरुरी छ, किनभने तिनीहरु सार्वजनिक विचार बनाउँदछन् | तिनीहरु हाम्रा प्रस्तावलाई प्रवर्धन गर्ने र नयाँ समर्थकहरुलाई आकार्षित गर्ने प्रभावकारी उपकरण हुन सक्दछन् |
१० संगठनले हासिल गरेको प्रभुत्वको स्तर नाप्ने राम्रो मापदण्ड भनेको त्यसका विचार अङ्गीकार गरेर त्यसमा रहेका स्वाभाविक नेता र व्यक्तित्वको संख्या, र आमरुपमा, ती विचारमा आफूलाई उभ्याएका मानिसहरुको संख्या नै हो |
११ संगठनले हासिल गरेको प्रभुत्वको मापदण्ड त्यसले आफूले हासिल गरेको राजनीतिक पदबाट निर्क्यौल गर्न सकिँदैन | गाँठी कुरो चाहिँ विविध आन्दोलन र संगठनमा नेतृत्वदायी पदमा बसेका मानिसहरु आफैं सम्बन्धित नभए पनि संगठनले व्याख्या गरेका प्रस्तावलाई आफ्नै जस्तो गरेर कार्यान्वयन गर्छन कि गर्दैनन् भन्ने नै हो |
राजनीतिक संगठनले आफ्नो वर्चश्व लाद्न इमान्दारितापुर्वक नखोज्ने हो भने अब्बल मानिसहरुलाई विभिन्न पदमा जिम्मेवारी दिन सक्नु पर्दछ, भलै ती आफ्ना पार्टीका सदस्य हुन्, स्वतन्त्र हुन् या अन्य पार्टीका सदस्य नै किन न हुन् । जनता बीच राजनीतिक संगठनको साख भनेको धेरै हदसम्म उसले अघि सार्ने व्यक्तित्वमा भर गर्दछ ।
१२ राजनीतिक संगठनले आफ्नो वर्चश्व लाद्न इमान्दारितापुर्वक नखोज्ने हो भने अब्बल मानिसहरुलाई विभिन्न पदमा जिम्मेवारी दिन सक्नु पर्दछ, भलै ती आफ्ना पार्टीका सदस्य हुन्, स्वतन्त्र हुन् या अन्य पार्टीका सदस्य नै किन न हुन् | जनता बीच राजनीतिक संगठनको साख भनेको धेरै हदसम्म उसले अघि सार्ने व्यक्तित्वमा भर गर्दछ |
जति बढी राजनीतिक स्थिति सबल हुँदै जान्छ, आफ्नो प्रभुत्व लाद्ने या आफ्नो नियन्त्रण कस्ने कुराबाट त्यति नै बढी जोगिन पनि जान्नु पर्दछ ।
१३ निश्चय नै यसो गर्न चाहिँ भने जति सजिलो छैन | अक्सर गरेर आफू बलियो भएको बेलामा संगठनले अरुको योगदानलाई अवमूल्यन गर्ने र आफ्ना विचार लाद्ने खतरा रहन्छ | अन्यथा खतरा मोल्नुभन्दा अरुको योगदानलाई अवमुल्यन गर्नु कता हो कता सजिलो हुन्छ तर त्यसो गर्नाले जनताको मन जित्ने कुरामा चुनौती आउन सक्दछ | जति बढी राजनीतिक स्थिति सबल हुँदै जान्छ, आफ्नो प्रभुत्व लाद्ने या आफ्नो नियन्त्रण कस्ने कुराबाट त्यति नै बढी जोगिन पनि जान्नु पर्दछ |
१४ यसका अतिरिक्त, जीवनको आफ्नै गति भए झैं समयको अन्तरालमा नयाँ नयाँ समस्याहरु र ती संगै नयाँ नयाँ चुनौती पनि देखा पर्छन\ | प्रभुत्व भनेको एकै चोटी र सदासर्वदाको निम्ति सुदृढ गर्ने विषय होइन | यसलाई थेग्नको निम्ति निरन्तर पुनर्प्राप्ति गर्नु पर्ने प्रक्रियाबाट गुज्रनु पर्ने हुन्छ |
Main photo: https://sfo2.digitaloceanspaces.com
२०७६ जेठ ३२ गते क्यान्सर रोगका कारण निधन भएकी मार्टा हर्नेकरका प्रस्तुत रचनाहरुको अनुवाद वामपन्थी नेता टंक कार्कीले गर्नुभएको हो र उहाँसँगको अनुमतिमा यो पुनःप्रकाशन गरिएको हो । यस लेखका बाँकी अंशहरु क्रमशः प्रकाशित गरिनेछ ।–सम्पादक
मार्टा हर्नेकरको संघर्षका लागि विचार : ‘भावी वामपन्थी आन्दोलनको चेक लिष्ट’
तेस्राे भाग : आम जनसाधारण राजनीति सफा होस्, पारदर्शी र सहभागितामूलक होस् र राजनीतिमाथिको विश्वासमा पुनर्जागरण हुन सकोस् भन्ने चाहन्छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इमरान खानका समर्थकले अस्थायी रूपमा फिर्ता लिए प्रदर्शनका कार्यक्रम
-
भारतलक्षित ज्ञवालीको टिप्पणी : द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन
-
राष्ट्रिय चलचित्र पुरस्कार : विपिन र स्वस्तिमा उत्कृष्ट
-
पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै
-
पर्साबाट सुनसहित एक जना पक्राउ
-
महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न कुलमानको पत्राचार