०५८ सालमा परिवार गुमाएका एमबीबीएस विद्यार्थी शिशिरले गुगल सर्च गरेर यसरी गरे आत्महत्या

८ दिनदेखि हराइरहेका काठमाडौं मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत शिशिर खनालको शव शनिबार कीर्तिपुरस्थित पुष्पलाल पार्क नजिकै जंगलमा भेटिएको छ ।
अर्घाखाँची स्थायी बसोबास भएपनि लामो समयदेखि काठमाडौंको कोटेश्वरमा १८ वर्षीय भाईसँग घरमा बस्दै आएका शिशिर गत जेठ १७ गतेदेखि सम्पर्कविहिन भएका थिए ।
शिशिर चढ्दै आएको मोटरसाइकल केही दिनअघि प्रहरीले कीर्तिपुरको पुष्पलाल पार्कमा भेटेको थियो । तर, शिशिरलाई भने भेटाउन सकिरहेको थिएन् ।
चार–पाँच दिनदेखि सोही क्षेत्रलाई आधार बनाएर खोजी गर्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीको प्रहरी टोलीले शनिबार दिउँसो शिशिरको शव फेला पारेको हो ।
केही दिन अगाडि नै मृत्यु भएका कारण शव सडेको अवस्थामा भेटिएको प्रवक्ता बोगटीले पुष्टि गरे ।
२०५८ सालमा सवारी दुर्घटनामा शिशिरले आफ्ना आमाबुबा, दिदीलाई गुमाएका थिए । शिशिर भने सो दुर्घटनामा सकुशल बाँचेको प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी बोगटीले जानकारी दिए ।
डिप्रेसनको औषधी खाँदै आएका शिशिर पढाईमा अब्बल रहेको समेत बताइएको छ ।
विष खाएर आत्महत्या
प्रहरीको प्रारम्भिक अनुसन्धानमा शिशिरले विष सेवन गरेर आत्महत्या गरेको पाइएको छ । शिशिरले कोटेश्वरमा रहेको एक एग्रोभेटबाट उक्त विष किनेका थिए ।
शव फेला परेको नजिकै शिशिरले प्रयोग गरेको विषको खाली डब्बा पनि भेटिएको बताइएको छ । प्रवक्ता बोगटीले भने, ‘शिशिरले कुन विष खाँदा मृत्यु हुन्छ भनेर आफ्नो ल्यापटपमा विषहरुको नाम पनि सर्च गरेको खुल्न आएको छ ।’
यस्तै शिशिरले आत्महत्या कसरी गर्ने भनेर पनि ल्यापटपमा सर्च गरिएको भेटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
८ दिनपछि कीर्तिपुरको जंगलमा मृत अवस्थामा भेटिए एमबीबीएस विद्यार्थी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता